Sajhamanch Archive

प्रदेश २ प्रमुख झाले लिए सपथ, उपराष्ट्रपति र सभामुखद्वारा बहिस्कार

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on प्रदेश २ प्रमुख झाले लिए सपथ, उपराष्ट्रपति र सभामुखद्वारा बहिस्कार.

काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार साँझ राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुख झाले शपथ लिएका हुन् । नेपालको संविधानको धारा १६७ बमोजिम झाले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, […]

निर्वाचन आयोगप्रति प्रधानमन्त्री ओली असन्तुष्ट

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on निर्वाचन आयोगप्रति प्रधानमन्त्री ओली असन्तुष्ट.

काठमाडौं । निर्वाचन आयोगले मध्यावधि चुनावको तयारी राम्रो नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् । अझैसम्म निर्वाचन कार्यक्रम प्रकाशित नभएको भन्दै उनले घोषित चुनावविरुद्ध कुनै षड्यन्त्र नगर्न चेतावनी दिएका छन् । ‘निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्दछ । मैले ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै […]

हवाई भाडा बढ्यो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on हवाई भाडा बढ्यो.

काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गएको फागुन ४ गतेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ त्यही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने […]

बालबालिकाहरु सामाजिक जीवनबाट कसरी विमुख हुँदैछन् ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बालबालिकाहरु सामाजिक जीवनबाट कसरी विमुख हुँदैछन् ?.

एकआपसमा दुखसुख साझेदार गरेर, सहयोग आदनप्रदान गरे, खुसी–उत्सव मनाएर, आपसी सद्भाव र सहकार्य गरेर बाँच्नुपर्ने हाम्रो नैसर्गिक स्वभाव हो तर, अहिले जो नयाँ पुस्ता छन्, उनीहरु सामाजिक जीवनबाट विमुख भइरहेका छन् । अहिले धेरैजसो घरमा एकल सन्तान हुर्किरहेका छन् । तुलनात्मक रुपमा धेरै सन्तानलाई स्यहार्नु, हुर्काउनु, पढाउनु खर्चिलो एवं झन्झटिलो हुन्छ । जबकी एउटा बच्चा […]

प्रदेश प्रमुख हटाएकोमा कांग्रेसको आपत्ति

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश प्रमुख हटाएकोमा कांग्रेसको आपत्ति.

काठमाडौं । नेपाली कांग्रेसले सरकारले प्रदेश २ को प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्ति गरेकामा विरोध जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखबाट तिलक परियारलाई हटाएर रौतहटका राजेश झालाई नियुक्त गरेकी थिइन् । कांग्रेसले प्रदेश प्रमुखको नियुक्ति बदर गरेर प्रदेश प्रमुखको गरिमा घटाउँदै लगेको बताएको छ । प्रवक्ता विश्वप्रकाश […]

९७ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ९७ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९७ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । जसमा महिला ३१ र पुरुष ६६ जना रहेका छन् । यही अवधिमा थप तीन जनाको मृत्यु भएको छ । भने देशभरबाट थप १ सय १४ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या […]

प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त.

काठमाडौँ । प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट झालाई शुक्रबार प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार नै पदमुक्त गरेपछि झालाई नियुक्त गरिएको हो ।

लुईटेलद्वारा लिखित कृति ‘फल एक स्वाद अनेक’ विमोचन

Published: (Updated: ) in शिक्षा, साहित्य by . Leave a Comment on लुईटेलद्वारा लिखित कृति ‘फल एक स्वाद अनेक’ विमोचन.

मेचीनगर । कवि टिकाराम लुईंटेलको दोस्रो कृति ‘फल एक स्वाद अनेक’ कविता सङ्ग्रहको बिहीबार विमोचन गरिएको छ । मेचीनगर ८ इट्टाभट्टास्थित श्री विष्णु लक्ष्मी मन्दिरमा एक कार्यक्रमबीच कार्यक्रमका प्रमुख अतिथि साहित्यकार पुन्यप्रसाद खरेल,साहित्यकार भगवती ढुङ्गेल, पं शंकर अधिकारी, पं मेघराज भट्टराई लगायतले पुस्तकको  विमोचन गरेका हुन् । गंगाप्रसाद लुईंटेलको सभापतित्वमा भएको कार्यक्रममा पुस्तकको समिक्षा समालोचक […]

केन्द्रीय सदस्यको नागरिकतासहित प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाने तयारी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on केन्द्रीय सदस्यको नागरिकतासहित प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाने तयारी.

काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल समूह) ले केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गरेको छ । बहुमत केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेकाले नेकपाको आधिकारिकता आफूहरुले नै पाउनुपर्ने बताउँदै आएको सो समूह आज निर्वाचन आयोग जाने तयारी गरेको हो । त्यसका लागि केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा मध्याह्न भेला हुन भनिएको छ । गत […]

नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण

Published: in विश्व समाचार by . Leave a Comment on नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण.

एजेन्सी । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । सात महिनाअघि जमिनबाट पठाइएको अन्तरिक्ष यान करिब आधा अर्ब किलोमिटर तय गर्दै आज बिहान मंगल ग्रहमा सफल अवतरण गरेको हो । मंगल ग्रहमा अवतरण गर्नासाथ सो यानले एक तस्वीर ट्वीट गरेको थियो । ‘पिर्जाभियरेन्स मार्स रोभर’ नाम दिइएको अन्तरिक्ष यान मंगल […]