Sajhamanch Archive

कालिकोट पहिरो : एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कालिकोट पहिरो : एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु.

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका वडा नं.१ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको छ । घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । आइतबार नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएका थिए । पहिरोमा पुरिएर पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया […]

प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ र प्रदेश २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना […]

जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा थप शुल्क नलाग्ने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा थप शुल्क नलाग्ने.

काठमाडौं । जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ । यसअघि नेपाल राष्ट्र बैंकले कोरोनाको त्रास रहुन्जेलका लागि मात्रै यो व्यवस्था लागू गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । अब सधैँका लागि शुल्क नलिन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले निर्देशन दिएको हो । लकडाउनका बेला बैंकर्स संघले नै शुल्क नलिने बताएको थियो […]

सरकारविरुद्धका प्रदर्शनबारे रिपोर्टिङ गर्ने विदेशी पत्रकारलाई देश निकाला

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on सरकारविरुद्धका प्रदर्शनबारे रिपोर्टिङ गर्ने विदेशी पत्रकारलाई देश निकाला.

एजेन्सी । बेलारुसका अधिकारीहरुलाई केही विदेशी पत्रकारहरुलाई देश निकाला गरेका छन् । बेलारुसमा राष्ट्रपतिको निर्वाचनको परिणामपछि सुरु भएको सरकारविरोधी प्रदर्शनबारे रिपोर्टिङ गर्ने केही विदेशी पत्रकारहरुलाई देश निकाला गरिएको हो । राष्ट्रपति एलेक्सेन्डर लुकाशेन्कोले चुनावी परिणाममा धाँधली गरेको आरोप लगाउँदै पछिल्ला केही सातायता सयौं हजार मानिसहरु सडकमा उत्रिएका छन् । ९ अगस्तमा सार्वजनिक भएको मत परिणाममा […]

नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने.

काठमाडौँ । नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको हो । खोपको विश्वसनीयताका विषयमा थप अध्ययन अनुसन्धान भने जारी रहनेछ । विश्वका हुने विभिन्न विषय र क्षेत्रमा राजनीतिक, आर्थिक, सामरिक लगायत विषय […]

लामो दूरीका गाडी र आन्तरिक उडान भदौ मसान्तसम्म नचल्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लामो दूरीका गाडी र आन्तरिक उडान भदौ मसान्तसम्म नचल्ने.

काठमाडौं । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लम्ब्याएको एक मन्त्रीले बताए । यसअघि अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो । तर, कोरोना संक्रमण […]

प्रदेश १ मा आइतबार थपिए ९५ जना कोरोना संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा आइतबार थपिए ९५ जना कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा आइतबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आइतबार ४२ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार महिला र पुरुष २१-२१ को रिपोर्ट पोजेटिभ आएको हो । मोरङको लेटाङमा […]

बालकलाई सर्पले टोकेपछि मोटरसाइकलमा अस्पताल लाँदै थिए, दुर्घटनामा परी दुबैको ज्यान गयो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बालकलाई सर्पले टोकेपछि मोटरसाइकलमा अस्पताल लाँदै थिए, दुर्घटनामा परी दुबैको ज्यान गयो.

बाँके । बाँकेमा रोकिरहेको ट्रकमा ठोक्किएर मोटसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान पौने ५ बजे राप्तिसोनारी गाउँपालिका वडा नं.८ शमसेरगञ्जस्थित चेकपोष्टमा ना ४ ख २१३९ नम्बरको ट्रक चेकिङको लागि रोकिएको थियो। त्यहीबेला पूर्वबाट पश्चिम जाँदै गरेको भे ८ प २२३८ नम्बरको मोटरसाइकल उक्त ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका डिएसपी […]

थप एक हजार २२१ जनामा कोरोना संक्रमण, २६७ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप एक हजार २२१ जनामा कोरोना संक्रमण, २६७ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ७१७ जनाको परीक्षणमा १२ सय २१ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ३८ हजार ५६१ जना […]

टिच फर नेपालले तयार पार्‍यो लकडाउन लक्षित पाठ्यपुस्तक

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on टिच फर नेपालले तयार पार्‍यो लकडाउन लक्षित पाठ्यपुस्तक.

काठमाडौं । टिच फर नेपालले लकडाउन र निषेधाज्ञाका बेला घरमै बसेर पढ्न मिल्ने ‘वर्कबुक’ तयार पारेको छ । यो पाठ्यपुस्तक सहयोगी पुस्तिका हो । अनलाइन, रेडियो र टेलिभिजनमा पहुँच नभएका विद्यार्थीले पनि घरमै बसेर पढाइलाई निरन्तरता दिन सकिने गरी पुस्तक तयार पारिएको टिच फर नेपालका सह–संस्थापक शिशिर खनालले जानकारी दिए । खनालका अनुसार कक्षा ६ […]