Sajhamanch Archive

आज प्रजातन्त्र दिवस मनाइँदै

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on आज प्रजातन्त्र दिवस मनाइँदै.

काठमाडौं । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । […]

कोरोना खोप किन्‍न नेपालद्वारा ९३ करोड रूपैयाँ भुक्तानी

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना खोप किन्‍न नेपालद्वारा ९३ करोड रूपैयाँ भुक्तानी.

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप खरिद गर्न सरकारले भारतको सेरम इष्टिच्युट अफ इन्डियालाई ९३ करोड रुपैयाँ भुक्तानी दिएको छ । मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्न अग्रिम भुक्तानी दिने निर्णय गरेको भोलिपल्ट बिहीबार स्वास्थ्य सेवा विभागले कोभिशिल्ड खोप खरिदका लागि रकम दिएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले सरकारको निर्णयअनुसार सेरमलाई रकम भुक्तानी […]

वीपी प्रतिष्ठानको उपकुलपति तथा शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी

Published: (Updated: ) in समाज, स्वास्थ्य by . Leave a Comment on वीपी प्रतिष्ठानको उपकुलपति तथा शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी.

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले उपकुलपति तथा शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् । चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजले उपकुलपति डा. ज्ञानेन्द्र गिरी र शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । लामो समयदेखि रोकिएको बढुवा प्रक्रियाको फाइल अगाडि नबढाइएको, कोभिड–१९ उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको भन्दै त्यहाँका चिकित्सकले […]

‘क्युएए’ पाउने प्रक्रियाको अन्तिम चरणमा त्रिदेव

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on ‘क्युएए’ पाउने प्रक्रियाको अन्तिम चरणमा त्रिदेव.

मेचिनगर । उच्च शिक्षाको मूल्य मान्यतालाई अवलम्वन गर्दै सीमित साधन र स्रोतबाट सञ्चालन भईरहेको मेचीनगर-१३ चारआलीमा रहेको त्रिदेव बहुमुखी क्याम्पस शैक्षिक गुणस्तरको विकास गर्ने नयाँ मोडमा प्रवेश गरेको छ । विश्व विद्यालय अनुदान आयोगले आव्हान गरेको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (Quality Assurance and Accredetation -QAA) को अन्तराष्ट्रिय मान्यता प्राप्त गर्ने प्रक्रियाको अन्तिम चरणमा पुगेका हो […]

प्रचण्ड–माधव समूहले मानव साङ्लाे बनाएर टुँडिखेल घेर्‍याे

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on प्रचण्ड–माधव समूहले मानव साङ्लाे बनाएर टुँडिखेल घेर्‍याे.

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहको नेकपाले तीन चरणका विरोध तथा सङ्घर्षका कार्यक्रम सम्पन्न गरिसकेको छ । चौथो चरणको सङ्घर्षको कार्यक्रमअन्तर्गत बिहीवार टुँडिखेललाई मानव साङ्लोले घेरेर […]

आईपीएल अक्शनमा सन्दीप ‘अनसाेल्ड’

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएल अक्शनमा सन्दीप ‘अनसाेल्ड’.

इण्डियन प्रिमियर लिग (आईपीएल) को अक्शनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने ‘अनसोल्ड’ भएका छन् । चेन्नईमा भइरहेको अक्शनमा सन्दीप ‘अनसोल्ड’ भएका हुन् । न्यूनतम अनुबन्ध रकम ४० लाख भारु रहेका सन्दीपलाई कुनै पनि क्लबले अनुबन्ध नगरेको हो । तीन वर्षका लागि दिल्ली क्यापिटल्समा अनुबन्ध भएका सन्दीपलाई दिल्लीले यस वर्ष रिलिज गरेको थियो । सन्दीप अक्शनका […]

प्रचण्डको सुरक्षामा अब पूर्वलडाकु

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्डको सुरक्षामा अब पूर्वलडाकु.

काठमाडौं । सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् । दाहालको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्वलडाकुको विशेष टोली खटिएको हो । पाण्डे स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकु हुन् । सशस्त्र द्वन्द्वकालमा उनी बटालिन कमान्डरसम्म भएका थिए । यसरी […]

पोर्टोसँग युभेन्टस स्तब्ध

Published: in खेलकुद by . Leave a Comment on पोर्टोसँग युभेन्टस स्तब्ध.

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इटालियन च्याम्पियन युभेन्ट्स पोर्चुगिज च्याम्पियन एफसी पोर्टोसँग २–१ ले पराजित भएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा पोर्टोको जितमा मेहेदी तारेमी र मोउसा मरेगाले गोल गरे । फेडरिको चिइसाले गोल गरेपनि हार टार्न सकेन । खेलको पहिलो मिनेटमा नै सम्हालिन नपाउदै पोर्टोले मेहेदी तारेमीको गोलबाट […]

परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध

Published: in शिक्षा, समाज by . Leave a Comment on परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध.

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्ध गरेको छ । बोर्डले मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीले परीक्षा समयमै टिकटक बनाएका थिए । बोर्डले उनको चालु खण्डको परीक्षा रद्ध गरेको छ । साथै विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक […]

विष्णु पौडेलसहित तीनजना मन्त्रीले अझै बुझाएनन् सम्पत्ति विवरण

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on विष्णु पौडेलसहित तीनजना मन्त्रीले अझै बुझाएनन् सम्पत्ति विवरण.

काठमाडौं । ऐनअनुसार सार्वजनिक पद धारण गरेको ६० दिन व्यतीत भइसक्दा पनि तीनजना मन्त्रीहरूले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउनेमा असोज २८ गते अर्थमन्त्री नियुक्त भएका नेकपा ओली समूहका महासचिव विष्णु पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ रहेका छन् । पहिले सहरी विकासमन्त्री नियुक्त भएका श्रेष्ठको मन्त्रालय परिवर्तन भइसक्दा पनि उनले […]