Sajhamanch Archive

कोरोना संक्रमणबाट झापाका एकसहित तीनजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट झापाका एकसहित तीनजनाको मृत्यु.

काठमाडौं । कोरोना भाइरस (कोभिड- १९) को संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका ५८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीका ३३ वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १४९ पुगेको छ । नेपालमा […]

झापाका १० सहित प्रदेश १ मा थपिए ७० जना कोरोना संक्रमित

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on झापाका १० सहित प्रदेश १ मा थपिए ७० जना कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा आज ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् । मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १८ महिला र २४ […]

गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन आग्रह

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन आग्रह.

काठमाडौं । गैरआवासीय नेपाली संघले गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ । संघका अध्यक्ष कुमार पन्तले विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई नेपाल फर्कन सहज वातावरण मिलाउन आग्रह गरेका हुन् । पछिल्लोपटक सरकारले सर्तसहित विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउन उद्धार उडान एवं चार्टर्ड उडान गर्ने निर्णय गर्नु सकारात्मक भए पनि गैरआवासीय नेपालीका […]

थप ८१८ जनामा कोरोना संक्रमण, २८१ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ८१८ जनामा कोरोना संक्रमण, २८१ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप  ८१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार २६ जनाको परीक्षणमा ८१८ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ३१ हजार ९३५ जना पुगेको छ । नेपालमा […]

कमल गाउँपालिकामा थप तीनजना कोरोना संक्रमित थपिए

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on कमल गाउँपालिकामा थप तीनजना कोरोना संक्रमित थपिए.

कमल । झापाको कमल गाउँपालिकामा तीन जनामा कोरोना पोजेटिभ देखिएको छ ।  कमल गाउँपालिका वडा नं.३ स्थित केर्खाबजारको समुदायमा कोभिड १९ पोजेटिभ देखिएका हो । गाउँपालिकाको वडा नं.३ मा स्थायी बसोवास गर्ने ५७ र ४० वर्षीय दुई पुरुष र २० वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । संक्रमित […]

बायर्न र पीएसजीमा कसले मार्ला बाजी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on बायर्न र पीएसजीमा कसले मार्ला बाजी.

एजेन्सी । युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०१९-२० सिजनको फाइनल आइतबार राति हुँदैछ । नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुने खेलमा जर्मन जायन्ट बायर्न म्युनिख र फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) बीच खेल हुनेछ । खेल पोर्चुगलको लिस्वनमा हुनेछ । बायर्न सेमिफाइनलमा लियोन र पीएसजी आरबी लाइपजिगलाई पराजित […]

धाइजन आइसोलेसनमा बसेका डाक्टरसहित चारजनाको रिपोर्ट नेगेटिभ

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on धाइजन आइसोलेसनमा बसेका डाक्टरसहित चारजनाको रिपोर्ट नेगेटिभ.

मेचीनगर । आम्दा मेची अस्पताल धुलाबारीका डाक्टरसहित चार जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । आम्दाका एकजना डाक्टर र धाइजनको आइसोलेसनमा बसेका मेचीनगर नगरपालिका वडा नं.१० का ६० र २४ वर्षीया महिला तथा एक जना १३ वर्षीय बालकको स्वाबको नमुनाको रिपोर्ट नेगेटिभ आएको हो । आइतबार धाइजनको आइसोलेसनमा बसेका  चारै जनालाई मेचीनगरपालिकाका सामाजिक विकास समिति संयोजक […]

दमकमा एक साता लकडाउन लम्बियो

Published: (Updated: ) in लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on दमकमा एक साता लकडाउन लम्बियो.

दमक । सङ्क्रमण तीव्र फैलिँदै गएकाले दमकमा लकडाउनलाई एक साताका लागि थपिएको छ । नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षतामा नगरपालिकामा शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमित बढेको भन्दै लकडाउनलाई भदौ १३ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो । बैठकमा जनप्रतिनिधिहरुसहित राजनीतिक दल, सुरक्षा अधिकारी तथा स्थानीय सामाजिक […]

प्रहरी र सशस्त्रमा सबै बिदा रोक्का

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रहरी र सशस्त्रमा सबै बिदा रोक्का.

काठमाडौं । कोरोना महामारीका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अत्यावश्यकबाहेक सबै बिदा रोक्का गरिएको छ । बिदामा छाड्दा कोरोना जोखिम झन बढ्नसक्ने भन्दै सबैलाई काममा बोलाइएको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले अत्यावश्यकबाहेक सबै बिदामा रोक लगाइएको बताए । उनले भने, “यस्तो बेलामा जनशक्ति तयारी अवस्थामा पनि राख्नुपर्छ । कोरोना जोखिम […]

कोरोनाले हरेक १५ सेकेण्डमा एक जनाको मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले हरेक १५ सेकेण्डमा एक जनाको मृत्यु.

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट हरेक २४ घण्टामा ५ हजार ९०० जनाको मृत्यु भइरहेको पाइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबारसम्म लिइएको पछिल्लो दुई साताको आँकडाका आधारमा यो नतिजा निकालिएको हो । यसआधारमा हेर्दा एक घण्टामा २४६ र प्रति १५ सेकेण्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ । जोन्स हापकिन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना संक्रमणबाट […]