Sajhamanch Archive

पर्सा र चितवनमा थप तीनजना संक्रमितको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पर्सा र चितवनमा थप तीनजना संक्रमितको मृत्यु.

काठमाडौं । आज पर्सा र चितवनमा गरी तीनजना कोरोना संक्रमितको ज्यान गएको छ। पर्सास्थित सुगौली बिर्ताका कोरोना संक्रमित ५८ वर्षीय पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षीय पुरुषको गएराती र आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ। प्रशासन कार्यालयका अनुसार दुवै जनाको वीरगञ्ज हेल्थ केयर (नारायणी कोभिड अस्पताल) मा मृत्यु भएको […]

सवारी चालक अनुमति पत्र छपाइ सकियो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on सवारी चालक अनुमति पत्र छपाइ सकियो.

काठमाडौँ । गत चैत महिनादेखिको बन्दाबन्दीका कारण प्रिन्ट गर्न बाँकी रहेका सवारीसाधन चालक अनुुमति पत्र (लाइसेन्स) को छपाइ कार्य पूरा भएको छ । बन्दाबन्दीले गर्दा नयाँ लाइसेन्सको आवदेन रोक्का गरेपछि विभागले पुुराना छाप्न गर्न बाँकी लाइसेन्स सबै छापिइसकिएको विभागले जनाएको छ । नयाँ लाइसेन्सको आवेदन र परीक्षा रोकिएका कारण बाँकी काम सम्पन्न गर्न सहज भएको […]

कोरोनाले विश्वमा ८ लाख २ हजारको मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले विश्वमा ८ लाख २ हजारको मृत्यु.

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख २ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख २ हजार ३६३ को मृत्यु भइसकेको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । हालसम्म विश्वमा संक्रमितको संख्या […]

कोरोना भाइरस नियन्त्रणमा १३ अर्ब ३६ करोडभन्दा बढी खर्च

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना भाइरस नियन्त्रणमा १३ अर्ब ३६ करोडभन्दा बढी खर्च.

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि १३ अर्बभन्दा बढी रुपैयाँ खर्च गरेको छ । बिहीबारको मन्त्रिपरिषद्‌को बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि गरेको खर्चको विवरण सार्वजनिक गरेका हुन् । उनका अनुसार कोरोना नियन्त्रणमा चैतदेखि साउन मसान्तसम्ममा १३ […]

क्‍वारेन्टिनमा रहेका व्यक्तिलाई अँगालो हालेको भन्दै एकजनालई जेल सजाय

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on क्‍वारेन्टिनमा रहेका व्यक्तिलाई अँगालो हालेको भन्दै एकजनालई जेल सजाय.

एजेन्सी । न्युजिल्यान्डमा क्‍वारेन्टाइनको नियम उल्लंघन गरेको भन्दै ३३ वर्षीय पुरुषलाई ६ हप्ताका लागि जेल सजाय तोकिएको छ । यस महिनाको सुरुवातमा जेसी कोर्टनी वेल्स अस्ट्रेलियाबाट आएर अकल्यान्डस्थित क्‍वारेन्टिनमा रहेका आफ्नो साथीलाई भेट्‍न त्यहाँ पुगेका थिए । न्युजिल्यान्डको नियमानुसार कुनै आफन्त तथा साथीभाइलाई भेट्‍न क्‍वारेन्टिनमा जानु हुँदैन । न्युजिल्यान्डको एक अदालतका न्यायाधीशले क्‍वारेन्टिनमा जानु नै […]

प्रदेश १ मा थपिए ८९ जना नयाँ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ८९ जना नयाँ कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा शुक्रबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये ३८ महिला र ५१ जना पुरुष छन् । मोरङमा ४४, सुनसरीमा २९, झापामा सात, इलाममा चार, पाँचथर र उदयपुरमा एक-एक जना र प्रदेश बाहिरका तीन जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज २९ जनामा संक्रमित थपिएका छन् […]

दुनियाँका चार देश, जहाँ पुलिससँग हतियार हुँदैन, तर पनि छैन अपराध

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on दुनियाँका चार देश, जहाँ पुलिससँग हतियार हुँदैन, तर पनि छैन अपराध.

एजेन्सी । नागरिकको जीउधन तथा देशको सम्पत्तिसमेतको सुरक्षा गर्ने र कानुनी व्यवस्था र शान्ति सुरक्षा कायम गराउनका लागि जुनसुकै देशमा पनि पुलिसलाई जिम्मा दिइएको हुन्छ । यस्तो कार्यका लागि स्वभावतः पुलिसलाई हतियार चाहिन्छ । शान्ति सुरक्षा कमजोर भएका देशहरुमा पुलिसहरु हतियारले सुसज्जित भएर गस्तीमा निस्कन्छन् ता कि अपराधीहरु तर्सियुन् । तर यो दुनियाँमा यस्ता केही […]

तेह्रथुममा एक साता निषेधाज्ञा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तेह्रथुममा एक साता निषेधाज्ञा.

विराटनगर । एकैदिन नौ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय तेह्रथुमले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बिहीबार सूचना जारी गर्दै गए राति १२ बजेबाट भदौ ११ गतेसम्म निषेधाज्ञाको घोषणा गरेका हुन् । कन्ट्याक्ट ट्रेसिङका क्रममा तेह्रथुममा सरकारी कर्मचारी, वकिललगायत नौ व्यक्तिमा सङ्क्रमण देखिएपछि एक साताका […]

पीसीआर गर्न सहज भएका देशबाट भदौ १६ देखि नियमित हवाई उडान

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on पीसीआर गर्न सहज भएका देशबाट भदौ १६ देखि नियमित हवाई उडान.

काठमाडौं । सरकारले पीसीआर गर्न सहज भएका देशबाट भदौ १६ देखि नियमित रुपमा हवाई उडान गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले नियमित हवाई उडानको तालिका बनाउन संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मा दिएको छ । सरकारले मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश […]

चार महिनामा चट्याङबाट ५२ जनाको मृत्यु, १६५ घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चार महिनामा चट्याङबाट ५२ जनाको मृत्यु, १६५ घाइते.

काठमाडौं । नेपालमा चट्याङबाट ज्यान गुमाउने र घाइते हुनेहरुको संख्या अत्यधिक देखिएको छ । वैशाखयता मात्रै चट्याङबाट ५२ जनाको ज्यान गएको छ भने १६५ जना घाइते भएका छन् । गृहमन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण ताथ व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि भदौ ४ गतेसम्मको तथ्यांकअनुसार २१७ जना चट्याङबाट पीडित बनेका हुने, जसमध्ये ५२ जनाको ज्यानै […]