Sajhamanch Archive

प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारजनलाई १० लाख क्षतिपूर्ति दिन अनेरास्ववियूको माग

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारजनलाई १० लाख क्षतिपूर्ति दिन अनेरास्ववियूको माग.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले बाढी, पहिरो र डुवानजस्ता विपतमा परी मृत्यु हुनेको परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिन माग गरेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गरी अनेरास्ववियूले बेपत्ता भएकाहरुको खोजी कार्य तीब्रताका साथ गर्न, घाइते र विस्‍थापितहरुलाई उपचार र राहतको काम तत्कालै अघि बढाउन पनि सरकारलाई आग्रह गरेको […]

प्रदेश १ मा थपिए ४२ जना नयाँ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ४२ जना नयाँ कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा बिहीबार ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा १३ महिला र २९ पुरुष छन् । सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ३ महिला र ३ […]

थप ७०७ जनामा कोरोना संक्रमण, २६४ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ७०७ जनामा कोरोना संक्रमण, २६४ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ८३२ जनाको परीक्षणमा ७०७ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २९ हजार ६४५ जना पुगेको छ । नेपालमा […]

निषेधाज्ञामा बैंकका कर्मचारीलाई अब प्रहरीले नरोक्ने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निषेधाज्ञामा बैंकका कर्मचारीलाई अब प्रहरीले नरोक्ने.

काठमाडौं । कार्यालय हिँडेका वा कार्यालयबाट घर फर्किएका बैंकका कर्मचारीहरुलाई अब प्रहरीले नरोक्ने भएको छ । बिहीबारदेखि जारी निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा कार्यालय जान र आउन दिने आदेश भएको थियो । तर बिहीबार बिहानै प्रहरीले बैंकका कर्मचारीहरुलाई रोकेपछि बैंकहरु आक्रोशित बनेका थिए । प्रहरीले दुःख दिएको भन्दै नेपाल बैंकर्स संघले बैंकका शाखा […]

निको भएर घर फर्किंदै थिइन्, एम्बुलेन्सबाट खसेर ज्यान गुमाइन्

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on निको भएर घर फर्किंदै थिइन्, एम्बुलेन्सबाट खसेर ज्यान गुमाइन्.

दाङ । एम्बुलेन्सबाट खसेर घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ। एम्बुलेन्सबाट खसेर घाइते भएकी दाङ राजपुर गाउँपालिका वडा नं. ७ भैंसाही निवासी ३५ वर्षीया कमला विकको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रज्वल थपलियाका अनुसार उनको बुधबार बेलुका सवा ९ बजेतिर मृत्यु भएको हो। बाँकेबाट […]

प्रहरी र स्थानीयको विवादले रंगेलीमा तनाव

Published: in समाज by . Leave a Comment on प्रहरी र स्थानीयको विवादले रंगेलीमा तनाव.

विराटनगर । प्रहरीले लकडाउनमा कडाइ गर्न खोज्दा मोरङको रंगेली नगरपालिका वडा नं.५ आँपगाछी बुधबारराति तनावपूर्ण बनेको छ । लकडाउनमा खुलेका मदिरा पसल बुधबार राति बन्द गराउँदा स्थानीय व्यवसायी आन्दोलित हुँदै प्रहरी चौकी घेराउ गर्न पुगेका थिए । प्रहरीले लाठी चार्ज गरेपछि बुधबार राति ७ बजेदेखि ११ बजेसम्म आँपगाछी तनावग्रस्त बनेको थियो । कोरोना भाइरसको महामारी […]

सिन्धुपाल्चोक पहिरो : आज थप तीन शव भेटिए, मृतकको संख्या २८ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिन्धुपाल्चोक पहिरो : आज थप तीन शव भेटिए, मृतकको संख्या २८ पुग्यो.

सिन्धुपाल्चोक । गत शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं.२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ । एक बालक र दुई महिलाको शव आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको […]

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना.

काठमाडौं । भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा पनि देशभर परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित छ । विभागका अनुसार आज देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भूभागका […]

धरानमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on धरानमा मृत्यु भएका युवकमा कोरोना पुष्टि.

सुनसरी । धरानमा मंगलबार मृत्यु भएका सप्तरीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक राजविराज वडा नं. ४ का २८ वर्षीय युवक हुन् । ज्वरो आएको र सास फेर्न गाह्रो भएका युवकलाई सुरुमा उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । अवस्था गम्भीर रहेको भन्दै सो अस्पतालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर […]

बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा

Published: in खेलकुद by . Leave a Comment on बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा.

एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको उपाधिको लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र जर्मन क्लब बायर्न म्युनिखबीच भिडन्त हुने भएको छ । बुधबार राति भएको खेलमा बायर्नले फ्रेन्च क्लब लियोनलाई पराजित गर्दै पीएसजीसँगको भेट पक्का गरेको हो । लिस्बनमा भएको दोस्रो सेमिफाइनल खेलमा बायर्नले लियोनलाई ३-० गोलले पराजित गरेको हो । बायर्नको जितका लागि […]