Sajhamanch Archive

संसद् विघटनविरुद्ध जसपाले देशव्यापी प्रदर्शन गर्ने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसद् विघटनविरुद्ध जसपाले देशव्यापी प्रदर्शन गर्ने.

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले देशव्यापी प्रदर्शन गर्ने भएको छ । आज बसेको पार्टी पदाधिकारीको बैठकले देशव्यापी रुपमा प्रदर्शन गर्ने निर्णय गरेको हो । जसपाले फागुन ९ गते देशभरिका सम्पूर्ण महानगर/उपमहानगर/नगर/गाउँपालिकामा जनप्रदर्शन र विरोधसभा तथा जसपा निकट भ्रातृ तथा जनसंगठनहरू र काठमाडौं उपत्यकाका तीनवटै जिल्ला कमिटीले रत्नपार्कमा संयुक्त प्रदर्शन र विरोधसभा […]

अमेरिकालाई पछि पार्दै चीन बन्यो युरोपेली सङ्घको सबैभन्दा ठूलो व्यापार साझेदार

Published: in अर्थतन्त्र, विश्व समाचार by . Leave a Comment on अमेरिकालाई पछि पार्दै चीन बन्यो युरोपेली सङ्घको सबैभन्दा ठूलो व्यापार साझेदार.

एजेन्सी । अमेरिकालाई उछिन्दै चीन युरोपेली संघ (ईयू)सँग सबैभन्दा धेरै व्यापार गर्ने मुलुक बनेको छ । सन् २०२० मा चीन र ईयूबीच सात खर्ब नौ अर्ब डलरको व्यापार भएको थियो । जबकी सो अवधिमा अमेरिकासँगको ईयूको व्यापार ६ खर्ब ७१ अर्ब डलरको थियो । गत वर्षको पहिलो त्रैमासमा चीनको अर्थतन्त्र कोरोना भाइरस (कोभिड–१९) को महामारीको […]

१२५ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १२५ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा नेपालमा थप १२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीन हजार आठ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा एक सय २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ७० जना पुगेको छ । […]

६० वर्षमाथिका नागरिकलाई २३ फागुनदेखि कोरोना खोप

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ६० वर्षमाथिका नागरिकलाई २३ फागुनदेखि कोरोना खोप.

काठमाडौं । सरकारले आगामी २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने भएको छ । बुधबार बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता डा‍.जागेश्वर गौतमले भने, ‘२० लाख खोप सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेर ल्याउँदैछौं । कोभ्याक्समार्फत पनि […]

मूल्यवृद्धि विरुद्ध थाल र ग्यास सिलिन्डर बोकेर प्रदर्शन

Published: (Updated: ) in राजनीति, समाज by . Leave a Comment on मूल्यवृद्धि विरुद्ध थाल र ग्यास सिलिन्डर बोकेर प्रदर्शन.

काठमाडौं । जनता समाजबादी पार्टी (जसपा) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध खाली थाल र खाना पकाउने ग्यासको खाली सिलिन्डरसहित प्रदर्शन गरेको छ । मूल्यवृद्धिसहित प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम, महिला हिंसा र जातिय विभेदविरुद्ध जसपाले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकार विरोधी नारा लेखिएका प्ला कार्ड, रित्तो खाना पकाउने ग्यासको सिलिन्डर र […]

हिमआँधीका कारण २३ जनाको ज्यान गयो

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on हिमआँधीका कारण २३ जनाको ज्यान गयो.

एजेन्सी । अमेरिकामा हिमआँधीका कारण कम्तीमा २३ जनाको ज्यान गएको छ । मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण मानिसहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टेक्सास, लुसियाना, केन्टुकी र मिजौरी, नर्थ क्यारोलाइना, ओरेगन राज्यमा हिमआँधीले असर गरेको छ । टेक्सासमा आपतकाल घोषणा गरिएको छ । राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रमा आवश्यक आपतकालीन् सहयोग […]

सस्तोमा २० लाख डोज खोप खरिद गर्न लागेको मन्त्रीको दाबी

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सस्तोमा २० लाख डोज खोप खरिद गर्न लागेको मन्त्रीको दाबी.

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप सहुलियत दरमा २० लाख डोज खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटबाट खोप खरिद गर्न बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सार्वजनिक खरिद ऐनको प्रावधानले खोप खरिदका क्रममा बाधा अड्काउ देखिएपछि त्यो फुकाउने […]

कस्तो रहनेछ आजको मौसम ?

Published: in समाज by . Leave a Comment on कस्तो रहनेछ आजको मौसम ?.

झापा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षा र हिमपात हुने जनाएको छ । महाशाखाका मौसमविदका अनुसार बुधबार दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ । यस्तै, प्रदेश १ का केही स्थानमा हल्का वर्षा हुनेछ । पश्चिमी वायुको प्रभावको कारण […]

पिएसजीसँग बार्सिलोनाको लज्जास्पद हार

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on पिएसजीसँग बार्सिलोनाको लज्जास्पद हार.

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतको पहिलो लिगमा फ्रेन्च क्लब पिएसजीले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ । गएराति बार्सिलोनाको घरेलु मैदान क्यामनेउमा सम्पन्न खेलमा पिएसजीले बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । ​ पिएसजीको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । एम्बाप्पेले खेलको ३२, ६५ र ८५औ मिनेटमा गोल गर्दै आफ्नो […]

फेरि बढ्यो पेट्रोल, डिजल/मट्टीतेलको भाउ

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on फेरि बढ्यो पेट्रोल, डिजल/मट्टीतेलको भाउ.

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्य बढाएको छ । मङ्गलबार विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजल/मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँ बढेको जनाएको छ । निगमका अनुसार अब पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्य क्रमशः ११४, ९७ र ६७ रुपैयाँ भएको छ । एक हप्ताअघि मात्रै निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा […]