झापा । महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ । दर खाने दिनको […]
रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा एक पुजारीको हत्या भएको छ । माधवनारायण -२ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो । बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए । बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
झापा । सरकारले कोरोना भाइरस सङ्क्रमितका लागि तोकेको शय्या नछुट्याएका अस्पतालमा कोरोना परीक्षण गर्न नदिने बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सरकारको निर्देशनअनुसार कोरोना सङ्क्रमितको उपचारका लागि २० प्रतिशत शय्या नछुट्याउने निजी अस्पताल र एक तिहाइ शय्या नछुट्याउने शिक्षण अस्पताललाई कोरोना परीक्षणको अधिकार नदिने निर्णय भएको बताए । यसअघि कोरोना परीक्षणको अनुमति […]
राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार बेलुकी ५ बजेर ५५ मिनेटमा उनकै निवासमा निधन भयो । १०१ बर्षका घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरियो । राष्ट्रकवि घिमिरेले नेपाली सांगीतिक क्षेत्रलाई पनि कालजयी कर्णप्रिय गीतहरु दिएका छन् । उनका गीतहरुमा राष्ट्रियता, प्रेम, भावना, पोखिएका छन् । राष्ट्रकविको शब्दमा सजिएको ‘गाउँछ गीत नेपाली ज्योतीको पंख […]
काठमाडौं । पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण देशका विभिन्न ठाउँमा ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ । बाढी पहिरोमा परेर १७ जना हराइरहेका छन् भने १८ जना घाइते भएका छन् । ३० वटा घर पूर्णरुपमा भत्किएका छन् । बाढी र पहिरोका कारण अछाममा ६, बझाङमा दुई, दैलेखमा दुई, बाजुरा दुई र सुर्खेतमा एक […]
एजेन्सी । अमेरिकामा एकजना पुरुषलाई यस्तो समस्या थियो कि रक्सी नखाइकन पनि उनलाई रक्सीको नशा लाग्दथ्यो । ती व्यक्ति एउटा दुर्लभ स्वास्थ्य समस्याबाट पीडित थिए । गट फर्मेन्टेसन सिन्ड्रोम अर्थात् अटो ब्रुअरी सिन्ड्रोम भनिने उक्त रोग भएका मानिसले खाएका खानेकुराहरु पेटमा पुगेपछि आफै फर्मेन्टेड भएर अल्कोहलको उत्पादन हुने गर्दछ । त्यस्ता व्यक्तिहरुको पेटमा अत्यधिक मात्रामा […]
काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्लिसमा कार्यवाहक अध्यक्षका सम्बन्धमा गरेको सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सरकारले किशोर श्रेष्ठ कार्यवाहक अध्यक्ष रहेकोमा उनलाई हटाउँदै दुर्गा भण्डारीलाई कार्यवाहक अध्यक्ष नियुक्त गरिएको थियो । सो नियुक्ति रोक्न माग गर्दै चेतनाथ धमलाले सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीश ईश्वरराज खतिवडाको एकल इजलाशले अन्तरिम […]
मेचीनगर । एक चिकित्सक र चारजना स्थानीयमा कोरोनाको संक्रमण देखिएपछि मेचीनगर नगरपालिकाले साउन २८ गते मध्यरातिबाट लगाएको लकडाउनलाई केहि मात्रमा खुकुलो पारेको छ । नगरपालिकाले अर्को सुचना जारी नभएसम्मका लागि मेचीनगरको १५ वटा वडामध्ये ६, ७ र ८ नम्बर वडामा लकडाउनलाई निरन्तरता दिएको छ भने अन्य वडाहरुको हकमा भोलिदेखि खुकुलो पारेको हो । तर, मेचीनगरभित्रका शैक्षिक […]
विराटनगर । प्रदेश १ मा बुधबार १२३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा मात्र ५२ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३२ पुरुष र […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनी अहिले कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आइसोलेसनमा छन् । उनमा कुनै लक्षण छैन । र, उनको कन्ट्याक्ट ट्रेसिङ सुरु भएको छ । उनले भने आफू बस्ने ललितपुरको टोलमा एक जनालाई कोरोना संक्रमण भएपछि साउन […]