Sajhamanch Archive

थप ६८१ जनामा कोरोना संक्रमण, १२० जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ६८१ जनामा कोरोना संक्रमण, १२० जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५२२ जनाको परीक्षणमा ६८१ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २८ हजार ९३८ जना पुगेको छ । नेपालमा […]

निर्वाचन आयोगमा नेकपा एमाले दर्ता

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on निर्वाचन आयोगमा नेकपा एमाले दर्ता.

काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले नामक पार्टी दर्ता भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले दर्ता भएको बताएका छन् । एमालेको चुनाव चिन्ह उदाउँदो सूर्य रहेको पनि श्रेष्ठले जानकारी दिए । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो । […]

हेटौंडामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on हेटौंडामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि.

मकवानपुर । हेटौँडामा ज्यान गुमाएका ६१ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं.१ को जरुवाटोलका ६१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ती पुरुषमा हेपटाइटिस, रक्तचाप लगायतको स्वास्थ्य समस्या रहेको थियो । हेटौँडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा परीक्षणका क्रममा कोरोना […]

बाढीले वडा कार्यालय बगायो

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह by . Leave a Comment on बाढीले वडा कार्यालय बगायो.

सुर्खैत । जाजरकोटमा अविरल वर्षासँगै आएको बाढीले वडा कार्यालय बगाएको छ । गएराति आएको बाढीले शिवालय गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन बगाएको हो । जाँत खोलामा आएको बाढीले वडा कार्यालय भवनका साथै नजिकै रहेको ट्रस पुल पनि बगाएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी राजेशनाथ वास्तोलाले जानकारी दिए । वडा नम्बर ६ […]

दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते.

पोखरा । गस्तीमा रहेका प्रहरीलाई बोलेरो (जिप) ले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । सँगै रहेका प्रहरी हवल्दार भने घाइते भएका छन् । गएराति साढे १ बजे जिरोकिमिबाट बागलुङ बसपार्कतर्फ गइरहेको प्रहरीको गस्ती टोलीलाई सोही दिशामा गइरहेको जिपले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट वडा प्रहरी कार्यालय बैदाममा कार्यरत पाल्पा घर भएका […]

संसद सचिवालयले फिर्ता गर्‍यो सांसदको लोगो

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसद सचिवालयले फिर्ता गर्‍यो सांसदको लोगो.

काठमाडौं । सांसदहरुलाई वितरण गर्न बनाइएको लोगो त्रुटीपूर्ण भएको भन्दै आलोचना भएपछि संसद सचिवालयले घरेलु कार्यालयलाई फिर्ता गरेको छ । फेरि नयाँ लोगो बनाएर ल्याउन भन्दै संसद सचिवालयले बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई ती लोगोहरु फिर्ता पठाएको हो । मंगलबार सभाभुखसहित बसेको संसद सचिवालय र घरेलु कार्यालयका अधिकारीको बैठकले पुनः नयाँ […]

पर्यटनमन्त्री भट्टराईलाई थाहै नदिई उद्धार उडान स्थगित !

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पर्यटनमन्त्री भट्टराईलाई थाहै नदिई उद्धार उडान स्थगित !.

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफूसँग परामर्श नै नगरी उद्धार उडान स्थगित गरेको भन्दै असन्तुष्टि जनाएका छन् । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले संक्रमण बढेको र होटल क्वारेन्टिनको व्यवस्था नभएको भन्दै सोमबार उद्धार उडान स्थगित गर्ने निर्णय गरेको थियो । त्यही कारण चार्टर फ्लाइटका लागि दुबई पुगेको नेपाल एयरलाइन्सको विमान रित्तै […]

आज कुशे औसी, बुबाको मुख हेर्ने दिन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज कुशे औसी, बुबाको मुख हेर्ने दिन.

झापा । भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन […]

मृत्युको संवेदनशीलतामा खेलाँची नगरौँ : स्वास्थ्य मन्त्रालय

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मृत्युको संवेदनशीलतामा खेलाँची नगरौँ : स्वास्थ्य मन्त्रालय.

झापा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको शव उनकै परिवारका व्यक्तिले स्वास्थ्यका मापदण्ड अपनाएर अन्त्येष्टि गर्न सकिने बताएको छ । कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शवबाट निस्कने तरल पदार्थबाट त्यसको प्रत्यक्ष सम्पर्कमा जाने व्यक्तिलाई कोरोना सर्ने सम्भावना रहेकोले तोकिएको स्वास्थ्य मापदण्ड अपनाएर परम्पराअनुसार अन्त्येष्टि गर्न सक्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी […]

भाले बासेर निन्द्रा खल्बलिएको भन्दै छिमेकीको उजुरी, मालिकमाथि २ सय डलर जरिवाना

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on भाले बासेर निन्द्रा खल्बलिएको भन्दै छिमेकीको उजुरी, मालिकमाथि २ सय डलर जरिवाना.

बिहान ४ बजेर ३० मिनेटमा भाले बास्नु नौलो होइन । तर इटलीमा यसरी बिहानै भाले बासेपछि निन्द्रा खल्वलिएको भन्दै प्रहरीमा उजुरी परेको छ । छिमेकीहरुल उजुरी गरेपछि भाले मालिकले बाध्य भएर २ सय डलर जरिवानातिर्नुप(यो । ८३ वर्षीय एन्जेलो बोलेट्टी इटलीको लोम्बार्डी क्षेत्रस्थित कास्टिरागा भिडार्डोका बासिन्दा हुन् । भाले बासेको विषयमा उजुरी परेपछि उनी जरिवाना […]