Sajhamanch Archive

भोलिदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भोलिदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा.

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । उपत्यकमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रशासन सो निर्णयमा पुगेको हो । निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक […]

इजरायलले बनाउँदैछ दुनियाँकै महँगो मास्क !

Published: (Updated: ) in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on इजरायलले बनाउँदैछ दुनियाँकै महँगो मास्क !.

 कोरोना भाइरस महामारीले विश्वलाई नै तहसनहस बनाइरहँदा भाइरसविरुद्धको खोपको अन्वेषण चलिरहेको छ । कोरोना भाइरसविरुद्धको खोप कहिले पत्ता लाग्ने हो टुंगो छैन । तर यहीँ मौकामा इजरायलले चाहिँ करोडौँ मूल्य पर्ने दुनियाँकै महँगो मास्क बनाउँदैछ । इजरायलको एक गहना कम्पनीले हिरा तथा सुनजडित कोरोना भाइरस मास्क बनाउन लागेको हो, जसको मूल्य १५ लाख डलर अर्थात् […]

मंगलबार रातिबाट संखुवासभामा  लकडाउन

Published: in विविधा by . Leave a Comment on मंगलबार रातिबाट संखुवासभामा  लकडाउन.

संखुवासभा । संखुवासभा जिल्लामा एक प्रहरीसहित तीन जनामा कोरोना संक्रमण देखिएपछि मंगलबार राति १२ बजेबाट लकडाउन गर्ने निर्णय गरिएको छ । मंगलबार बसेकोे जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले १० दिन लकडाउन गर्ने निर्णय गरेकोे प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए। बैठकले जिल्लामा हुने सम्पूर्ण भेला, सभा, जुलुस, गोष्ठी, तालिम सेमिनारमाथि प्रतिबन्ध लगाएको छ भने […]

विपतमा मृत्यु भएकाको परिवारलाई दई लाख दिइने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विपतमा मृत्यु भएकाको परिवारलाई दई लाख दिइने.

काठमाडौं । सरकारले प्राकृतिक विपतका घटनामा परी मृत्यु हुने व्यक्तिको परिवारलाई तत्कालै नगद राहत दिने भएको छ । मन्त्रिपरिषद बैठकले विपतमा मृत्यु हुनेको परिवारलाई दुई लाख रुपैयाँ दिने भएको छ । यदि एकै परिवार एक भन्दा बढीको मृत्यु भएमा एक जनाको दुई लाख र अन्यको हकमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ दिने निर्णय गरेको हो […]

प्रदेश १ मा थपिए १४५ जना कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए १४५ जना कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा मंगलबार १४५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । मोरङमा १०८, झापामा २१, सुनसरीमा आठ, संखुवासभामा तीन, उदयपुरमा दुई, ओखलढुङगा,खोटाङ र पाँचथरका एक- एक जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ९६ जना संक्रमित थपिएका हुन् । जसमा ३१ महिला र ६५ पुरुष छन् ।  त्यस्तै.प्रदेश १ बाट […]

बुद्धशान्तिमा स्वाव संकलन गरिएका पुरुषमा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बुद्धशान्तिमा स्वाव संकलन गरिएका पुरुषमा कोरोना.

बुद्धशान्ति । बुद्धशान्तिमा स्वाव संकलन गरिएका एक जनाको रिपोर्ट पोजेटिभ आएको छ । बुद्धशान्तिमा रहेको लघुवित्त संस्थामा कार्यरत २३ बर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनी बुद्धशान्ति बाहिरको रहेको बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले जानकारी दिए । साउन २७ गते बुद्धशान्तिबाट ८१ जनाको पिसिआर टेष्टका लागि स्वाव संकलन गरिएको थियो । जसमध्ये ८० […]

सीसीएमसीको बैठक बस्दै, कोरोना भाइरस नियन्त्रण गर्न रणनीति बनाउने तयारी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सीसीएमसीको बैठक बस्दै, कोरोना भाइरस नियन्त्रण गर्न रणनीति बनाउने तयारी.

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी, ओपीएस)को बैठक बस्दैछ । बैठक साँझ पाँच बजे सिंहदरबारमा बस्ने लागेको सीसीएमसीमा रहेका एकमन्त्रीले जानकारी दिए । बैठकमा पाँच सयभन्दा बढी सक्रिय केस रहेका जिल्लामा थप कडाइ र कोरोनाको प्रकोप नियन्त्रणमा चाल्नुपर्ने कदमबारे छलफल हुने र प्रस्ताव तयार पार्ने ती मन्त्रीको भनाइ छ । “काठमाडौं उपत्यकालगायत सहरी […]

थप १०१६ जनामा कोरोना संक्रमण, ८५ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १०१६ जनामा कोरोना संक्रमण, ८५ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ७६१ जनाको परीक्षणमा १०१६ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २८ हजार २५७ जना पुगेको छ […]

नेकपा कार्यदलको बैठक जारी

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा कार्यदलको बैठक जारी.

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न सुझाव दिन गठित कार्यदलको छलफल जारी रहेको छ । पार्टीका महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक पार्टी कार्यालय धुम्बाराहीमा जारी रहेको र विवाद समाधानका विभिन्न विकल्पमाथि छलफल भइरहेको स्रोतले जानकारी दियो । कार्यदलमा पूर्वमाओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् । माधव नेपाल […]

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएपछि प्रहरीले थाल्यो अनुसन्धान

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएपछि प्रहरीले थाल्यो अनुसन्धान.

काठमाडौं । युट्युबबाट सार्वजनिक भएको एक म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाइएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । मंगोल होप नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा राष्ट्रिय झन्डासमेत जलाएको पाइएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार भिडियो निर्माण गर्ने समूहको खोजीका लागि टोली परिचालन भइसकेको छ । सो टोली […]