Sajhamanch Archive

होम क्वारेन्टाइनमा बस्न दिने मेचीनगरको निर्णय

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on होम क्वारेन्टाइनमा बस्न दिने मेचीनगरको निर्णय.

मेचीनगर । भारत तथा तेस्रो मुलुकबाट पीसीआर गरेर आएका व्यक्तिलाई मेचीनगरपालिकाले होम क्वारेन्टाइनमा बस्न दिने निर्णय गरेको छ । भारत तथा तेस्रो मुलुकबाट पीसीआर गरेर आएका नगरबासीलाई मेचीनगरले टोल समिति र वडा कार्यालयको सिफारिसमा होम क्वारेन्टाइनमा बस्न दिने निर्णय गरेको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यदलको सोमबार बसेको बैठकले होम क्वारेन्टाइन ब्यवस्थापन मापदण्ड–२०७७ […]

एसईईको नतिजा सार्वजनिक

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on एसईईको नतिजा सार्वजनिक.

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करिब १० हजार जनाको परीक्षा विभिन्‍न कारणले रद्द भएको बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । गत ६ चैतका लागि […]

प्रदेश १ मा थपिए ८३ जना नयाँ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ८३ जना नयाँ कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा सोमबार ८३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेशबाहिरका एकजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा २९ जना संक्रमित थपिएका छन् । तीमध्ये १३ महिला र १६ पुरुष छन् । बेलबारीमा सात महिला र तीन पुरुष, बूढीगंगामा एक महिला, तीन […]

इलाममा क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on इलाममा क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ.

इलाम । इलामको क्वरेण्टीनमा रहँदा ज्यान गुमाएका युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरको क्वरेण्टीनमा ज्यान गुमाएका युवकको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । ती युवकको आइतबार राति ११ बजे ज्यान गएको थियो । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए । रिपोर्ट नेगेटिभ आएकाले […]

थप ५८१ जनामा कोरोना संक्रमण, १६० जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ५८१ जनामा कोरोना संक्रमण, १६० जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५२० जनाको परीक्षणमा ५८१ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २७ हजार २४१ जना पुगेको छ । नेपालमा […]

धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु.

जनकपुरधाम । धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको धनौजी गाउँपालिका वडा नं.३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार ती पुरुष बिरामी परेर गत साउन २६ गते अस्पताल भर्ना […]

त्रिविका क्याम्पस भदौ १५ गतेसम्मका लागि बन्द

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on त्रिविका क्याम्पस भदौ १५ गतेसम्मका लागि बन्द.

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस भदौ १ देखि १५ गतेसम्म बन्द गर्ने भएको छ। त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले आइतार सूचना जारी गरी शिक्षक तथा कर्मचारीले आफ्नो प्रमुखसँग सम्पर्कमा रही घरबाटै काम गर्ने, भर्चुअल कक्षा सञ्चालन गर्ने र जनसम्पर्क हुने सेवाका कार्य बन्द गर्ने जनाएका हुन्। […]

अष्ट्रेलियामा ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी बेरोजगार

Published: in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on अष्ट्रेलियामा ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी बेरोजगार.

अष्ट्रेलिया । कोभिड–१९ को महामारी पछि अष्ट्रेलियाको व्यवसायमा परेको असरका कारण करिब ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरु बेरोजगार भएका छन् । देशैभरिका करिब ५ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा गरिएको एक अध्ययन अनुसार करिब ३९ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरुसँग आफ्नो न्युनतम आवश्यकता पूरा गर्न खर्चसमेत छैन । युनियन्स एनएसडब्लुले मार्च र मे महिनामा गरेको अध्ययन अनुसार करिब ३४ प्रतिशत […]

सोमबारको मौसम पूर्वानुमान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सोमबारको मौसम पूर्वानुमान.

काठमाडौं । मनसुनी न्यून चापीय रेखा हाल दक्षिणतर्फ रहेकाले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएका कारण वर्षा भइरहेको हो । अहिले देशभर आंशिक देखि सामान्य बदलीको रही प्रदेश ५ तथा कर्णाली प्रदेशका केही स्थान र बांकी प्रदेशका एक/दुई स्थानहरुमा […]

अमेरिकामा कसले जित्दा आप्रवासीलाई फाइदा ?

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकामा कसले जित्दा आप्रवासीलाई फाइदा ?.

डेमोक्रेटिक पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार जोए बाइडेनले ‘एच–वान बी’ भिसा प्रक्रियामा सुधार ल्याउने बताएका छन् । चुनावअघि इन्डियन–अमेरिकन समुदायलाई लक्षित गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । साथै उनले ग्रीन कार्डका लागि आरक्षण हटाउने पनि बताएका छन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका लागि अभियान जारी रहँदा नेता बाइडेनले यस्तो बताएका हुन् । […]