Sajhamanch Archive

भदौ ७ गतेसम्म सुनसरीमा निषेधाज्ञा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भदौ ७ गतेसम्म सुनसरीमा निषेधाज्ञा.

सुनसरी । सुनसरीमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएपछि  भदौ ७ गतेसम्म जिल्ला भर निषेधाज्ञा घोषणा गरिएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको जिल्ला कोभिड १९ क्राइसिस म्यानेजमेन सेन्टरको बैठकले भदौ ७ गतेसम्म सुनसरीका १२ वटै स्थानीय निकायलाई निषेधित क्षेत्र घोषणा गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिए। सुनसरीका धरान, इटहरी, […]

शैक्षिक सत्र खेर जान नदिइने

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on शैक्षिक सत्र खेर जान नदिइने.

काठमाडौँ । विद्यालय तहको पाठ्यक्रमको भार घटाएर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने गृहकार्यमा सरकार जुटेको छ । शैक्षिक सत्र खेर जाँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने, सरकारको वैकल्पिक शिक्षामा गरिएको लगानी पनि खेर गई समग्र विद्यालय शिक्षामा नै दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पार्ने विश्लेषणपछि सरकार शैक्षिक सत्र सदुपयोग गर्ने तयारीमा जुटेको हो । […]

फेरी बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on फेरी बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य.

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगमले जारी गरेको नयाँ मूल्य अनुसार पेट्रोल १०५ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजल र मट्टीतेल ९१ रूपैयाँ प्रतिलिटर पुगेको छ । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागु हुने भएको छ ।

कोरोना संक्रमणबाट मन्त्री एवं पूर्व क्रिकेटर चौहानको मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट मन्त्री एवं पूर्व क्रिकेटर चौहानको मृत्यु.

काठमाडौं । भारतको उत्तर प्रदेशका मन्त्री एवं भारतीय क्रिकेट टिमका पूर्व ओपनिङ ब्याट्सम्यान चेतन चौहानको कोरोना भाइरसको संक्रमणबाट आइतबार मृत्यु भएको छ । ७३ वर्षीय चौहानलाई कोरोना संक्रमण भएपछि गत महिना दोस्रो साता अस्पतल भर्ना गरिएको थियो । शनिबार उनको अवस्था नाजुक भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो भने त्यसको एकदिनपछि नै उनको मृत्यु भएको हो […]

निर्मलालाई न्याय माग्दै प्रधानमन्त्री ओलीको फोटोमा कमेन्टको ओइरो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निर्मलालाई न्याय माग्दै प्रधानमन्त्री ओलीको फोटोमा कमेन्टको ओइरो.

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्यायको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा कमेन्ट गरिएको छ । प्रधानमन्त्री ओलीको फेसबुक पेजमा रहेको प्रोफाइल पिक्चरमा कमेन्टको ओइरो लागेको हो । पछिल्लो २४ घण्टामा निर्मलाको न्यायको माग गर्दै तस्बिरसहितका कमेन्ट बढी देखिएका छन् । प्रधानमन्त्री ओलीले सन् २०१६ मा राखेको फेसबुक पेजको प्रोफाइल पिक्चरमा कमेन्ट […]

छोराले एन्टेना बनाइदिन भनेपछि बाउले ठड्याइदिए इफेल टावर

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on छोराले एन्टेना बनाइदिन भनेपछि बाउले ठड्याइदिए इफेल टावर.

एजेन्सी । कहिलेकाहीँ मानिसहरुले यस्तो काम गर्दछन् कि त्यसका कारण उनीहरु दुनियाँभर चर्चित बन्दछन् । क्युबाको राजधानी हबानामा बस्ने ५२ वर्षीय जर्ज एनरिक सेलडागोले पनि यस्तै अनौठो काम गरेका छन् । उनले आफ्नै घरको छतमा फ्रान्सको इफेल टावर ठडाइदिएका छन् । नजिकैको पार्कमा रहेको वाइफाइको सिग्नल टिपाउनका लागि एन्टेना बनाइदिन आफ्ना छोराले आग्रह गरेपछि सेलडागोले […]

सरकारको निर्णय विपरीत खुलेको विद्यालयका शिक्षकमा कोरोना

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on सरकारको निर्णय विपरीत खुलेको विद्यालयका शिक्षकमा कोरोना.

हेटौंडा । साउन दोस्रो सातासम्म स्थानीय तहमा कोरोना संक्रमित नभेटिएपछि मकवानपुरगढी गाउँपालिकाले केटाकेटी ‘बरालिने भए’ भन्दै विद्यालयहरु खोल्ने निर्णय गर्‍यो । जोर–विजोर वा सिफ्टमा सुरक्षा उपाय अपनाएर पठनपाठन सुरु गर्न सकिने उसले बताएको थियो । जबकी केन्द्र सरकारले अहिले विद्यालय तथा शैक्षिक संस्थाहरु खोल्न प्रतिबन्ध लाएको छ । तर गाउँपालिकाको शिक्षा समितिले नै विद्यालय खोल्न […]

विराटनगरमा स्वाब लिने स्वास्थ्यकर्मीलाई नै कोरोना, संकलन कार्य रोकियो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विराटनगरमा स्वाब लिने स्वास्थ्यकर्मीलाई नै कोरोना, संकलन कार्य रोकियो.

विराटनगर । विराटनगरमा स्वाब संकलन कार्य रोकिएको छ । आइतबार स्वाब संकलमा खटिएका एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि महानगरमा स्वाब संकलको काम प्रभावित बनेको हो । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार स्वाब संकलन गर्ने काममा सक्रिय स्वास्थ्यकर्मीमा ज्वरो आउने लक्ष्यण देखिएपछि परीक्षण गरिएको थियो । उनको रिर्पोट पोजेटिभ आएको हो । विराटनगरमा […]

यस्तो बन्यो अद्यावधिक नक्सासहित संसदको लोगो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on यस्तो बन्यो अद्यावधिक नक्सासहित संसदको लोगो.

काठमाडौं । संघीय संसदले नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित नयाँ प्रतीक (लोगो) तयार पारेको छ । आइतबार उक्त लोगो संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहाललाई लोगो हस्तान्तरण गरे […]

नेविसंघद्वारा देशव्यापी आन्दोलनको घोषणा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेविसंघद्वारा देशव्यापी आन्दोलनको घोषणा.

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंको कीर्तिपुर र वीरगन्‍जमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ । नेविसंघले आइतबार विज्ञप्ति जारी गरेर गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको हो । अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको […]