Sajhamanch Archive

प्रदेश १ मा थपिए १०३ जना कोरोना संक्रमित

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए १०३ जना कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा आइतबार १०३ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । मोरङमा ९२ , खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगर महानगरपालिकामा आज ८६  जनामा कोरोनो पुष्टि भएको छ । […]

थप ६४१ जनामा कोरोना संक्रमण, १३४ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ६४१ जनामा कोरोना संक्रमण, १३४ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार २४७ जनाको परीक्षणमा ६४१ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २६ हजार ६६० जना पुगेको छ । नेपालमा […]

आज कति छ सुनचाँदीको भाउ ?

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज कति छ सुनचाँदीको भाउ ?.

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी आइतबार चाँदी १३२५ […]

आजको मौसम पूर्वानुमान

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम पूर्वानुमान.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुनी न्युन चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित रहेको र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकोले देशभर आँशिकदेखि सामान्य बदली भएको जनाएको छ । आइतबार पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै हाल देशभर आँशिकदेखि समान्य बदली भइरहेको जानकारी दिएको छ । […]

अस्पतालका मेसुसहित तीन वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on अस्पतालका मेसुसहित तीन वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण.

चितवन । फ्रन्टलाइनमा बसेर काम गरिरहेका भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित तीन वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार राति गरिएको कोरोना परीक्षणमा डा. तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको अवस्था सामान्य रहेको […]

म्यानचेस्टर सिटीलाई हराउँदै लियोन यूईएफए च्याम्पियन लिगको सेमिफाइनलमा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on म्यानचेस्टर सिटीलाई हराउँदै लियोन यूईएफए च्याम्पियन लिगको सेमिफाइनलमा.

एजेन्सी । फ्रान्सेली लिग वान क्लब लियोन यूईएफए च्याम्पियन लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा प्रीमियर लिग क्लब म्यान्चेस्टर सिटीलाई ३-१ गोलले पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । लिस्बनमा भएको खेलमा लियोनको जितका लागि मोउसा डेम्बेलेले दुई गोल गरे । त्यस्तै म्याक्सवेल कोरेन्टले एक गोल गरेका थिए । […]

सवारीसाधन सुरु बिन्दुबाटै फर्काउन थालियो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सवारीसाधन सुरु बिन्दुबाटै फर्काउन थालियो.

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत जारी गर्ने गरिएको पास वितरण बन्द गर्दै एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतसमेत बन्द गराएपछि काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरिएको हो । काठमाडौं […]

धोनीपछि रैनाले पनि लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on धोनीपछि रैनाले पनि लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास.

एजेन्सी । भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीपछि अब सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान सुरेश रैनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो सन्यासको घोषणा गरेका हुन् । महेन्द्र सिंह धोनीको सन्यास घोषणापछि रैनाले आफू पनि यो यात्रामा सामेल भएको ट्विटरमा लेखेका छन् ।

“सङ्क्रमितको सम्पर्कमा गएको पाँच दिनपछि मात्रै स्वाब दिनुु” : स्वास्थ्य मन्त्रालय

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on “सङ्क्रमितको सम्पर्कमा गएको पाँच दिनपछि मात्रै स्वाब दिनुु” : स्वास्थ्य मन्त्रालय.

झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमितको सम्पर्कमा गएका व्यक्तिलाई सम्पर्कमा गएको पाँच दिनपछि मात्र पीसीआर परीक्षण गराउन आग्रह गरेको छ । शरीरमा भाइरस प्रवेश गरेको पाँच दिन सम्म परिक्षण गर्दा संक्रमण नदेखाउन सक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो । तर पाँच दिन सम्म भने घरमै आइसोलेशनमा बस्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर […]

धोनीद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा

Published: in खेलकुद by . Leave a Comment on धोनीद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा.

एजेन्सी । भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले सबै फ्याम्याटको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनले इन्स्टाग्राममा सन्देश लेख्दै सबैलाई धन्यवाद भनेका छन् । सन् २००७ मा भारतबाट कप्तानी गरेका उनले सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । धोनीले ३० डिसेम्बर २०१४ मा टेष्ट कप्तान […]