Sajhamanch Archive

विराटनगरमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in समाज, स्वास्थ्य by . Leave a Comment on विराटनगरमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि.

विराटनगर । शनिबार विराटनगरमा थप २५ जना कोरोना संक्रमित थपिएका छन । कोशी अस्पताल विराटनगरमा जाँच गर्दा ८ महिलासहित थप २५ जनामा संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । नयाँ थपिएका संक्रमितहरु ८ वर्षदेखि ६६ वर्ष उमेर समूहका छन् । विराटनगर महानगरपालिकाका अनुसार विराटनगर १ मा एकजना, विराटनगर ३ […]

सचिवालय बैठक बोलाउन खनाल, नेपाल र श्रेष्ठको माग

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सचिवालय बैठक बोलाउन खनाल, नेपाल र श्रेष्ठको माग.

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यदलबारे नयाँ विवाद देखापरेको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलको कार्यदेश प्रष्ट नभएको र कार्यदल गठनको आवश्यकता किन पर्‍यो भनेर पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र […]

 छिमेकीको फलामे गेटले किचेर बिर्तामोडमा ११ वर्षीय बालिकाको मृत्यु

Published: in समाज by . Leave a Comment on  छिमेकीको फलामे गेटले किचेर बिर्तामोडमा ११ वर्षीय बालिकाको मृत्यु.

बिर्तामोड । झापाको बिर्तामोडमा निर्माणाधीन घरको गेटले थिचेर एक बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिका घाईते भएकी छन् । छिमेकीले बनाउँदै गरेको घरको गेटले थिचेर बिर्तामोड नगरपालिका वडा नं.१ को देवी पञ्चकन्यामा शुक्रबार साँझ दुई बालिका गम्भिर घाइते भएका थिए । घाइते दुवैलाई बिर्ता सिटी हस्पिटलमा उपचारका लागि ल्याइएकोमा ८ वर्षकी एन्जल सुनारको […]

सिन्धुपाल्चोकमा पहिरोमा हराइरहेकाहरुको खोजीमा समस्या

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सिन्धुपाल्चोकमा पहिरोमा हराइरहेकाहरुको खोजीमा समस्या.

सिन्धुपाल्चोक । पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं.२ मा आज हल्का पानी परिरहने भएकाले हराइरहेकाहरुको खोजीमा समस्या हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज पहिरो प्रभावित क्षेत्रमा ठूलो पानी नपरे पनि हल्कादेखि मध्यम खालको पानी पर्दै रोकिँदै पर्ने क्रम चलिरहनेछ । त्यहाँ राति पनि पानी परेको उनले जानकारी दिए । […]

आजको मौसम पूर्वानुमान

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम पूर्वानुमान.

काठमाडौं । मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले अझै वर्षाको सम्भावना रहेको औँल्याएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती […]

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु.

वीरगन्ज । वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा थप एकजना कोरोना संक्रमितको मृत्युु भएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली घर भएका ६० बर्षीय वृद्धको नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा शुक्रबार बेलुका मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक उदयनारायण […]

बायर्नसँग बार्सिलोनाको लज्जास्पद हार

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on बायर्नसँग बार्सिलोनाको लज्जास्पद हार.

एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोर्दै बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । शुक्रबार लिस्बनमा बायर्नले उत्कृष्ट प्रदर्शनका साथ ८-२ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमै ४ गोल गरेको बायर्नका लागि थोमस मुलर र फिलिपे कोउटिन्होले २ गोल गरे । जोशुआ किम्मिच, सर्ज जिनाब्री, रोबर्ट […]

सङ्क्रमित कर्मचारीको उपचार बैङ्कले नै गर्नुपर्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सङ्क्रमित कर्मचारीको उपचार बैङ्कले नै गर्नुपर्ने.

काठमाडौँ । बैङ्कमा कार्यरत सङ्क्रमित कर्मचारीलाई आवश्यकता अनुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैङ्क तथा वित्तीय संस्थाले नै बेहोर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन दिएको छ । बैङ्कका काम गर्दागर्दा सङ्क्रमणमा परेका कर्मचारीलाई आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका सङ्क्रमित कर्मचारीको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्र कार्यालय आउने व्यवस्था गर्नसमेत निर्देशन दिएको […]

पछिल्लो आठ दिनमा कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पछिल्लो आठ दिनमा कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु.

काठमाडौं । पछिल्लो आठ दिनमा कोरोना भाइरसको संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार साउन २३ गते देखि साउन ३० गतेसम्म अर्थात आठ दिनमा ३४ जनाले ज्यान गुमाएका हुन् । आठ दिनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा ६ जना पर्सा जिल्लाका, मोरङ्का चार जना, काठमाडौं चार जना, धनुषा पाँच जना, […]

भेनेजुएला हिँडेको इरानी कार्गो ट्याँकर अमेरिकी नियन्त्रणमा

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भेनेजुएला हिँडेको इरानी कार्गो ट्याँकर अमेरिकी नियन्त्रणमा.

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्याँकर नियन्त्रणमा लिएको छ । अमेरिकी अधिकारीहरुले अमेरिकी प्रतिबन्धको सामना गरिरहेका इरान र भेनेजुएलामाथि थप कडा कारबाही गर्न चाहेको बताएका छन् । गत महिना अमेरिकी संघीय न्यायाधीवक्ताले एक व्यापारी महमुद मदानीपोरले व्यवस्था गरेको कार्गो जहाज नियन्त्रणमा लिन अमेरिकी अदालतमा मुद्दा दायर गरेको […]