Sajhamanch Archive

पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न नेविसंघको माग

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न नेविसंघको माग.

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयबाट पक्राउ परेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गरी साउन २७ गते विश्वविद्यालय परिसरबाट पक्राउ गरेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न माग गरेका हुन् । प्रहरीले साउन २७ गते विश्वविद्यालयमा तोडफोड गरेको आरोप लगाउँदै […]

कोशी अस्पतालमा मृत्यु भएका युवकको पहिलो रिपोर्ट नेगेटिभ, दोस्रो पोजेटिभ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोशी अस्पतालमा मृत्यु भएका युवकको पहिलो रिपोर्ट नेगेटिभ, दोस्रो पोजेटिभ.

विराटनगर । कोशी अस्पताल विराटनगरमा अर्का एक ३० वर्षीय युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर महानगरपालिका वडा नं.१५ का ३० वर्षीय गुप्ता थरका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । विराटनगरका युवकलाई बिहीबार बिहान कोशी अस्पताल भर्ना गरिएको थियो । उनको बेलुका आइसोलेसनमा मृत्यु भएको र कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट […]

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले  देशभर समान्य बदली रही प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । विभागअनुसार आज दिउँसो बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर सामान्य बदली रही […]

एट्लेटिकोलाई स्तब्ध बनाउँदै लाइपजिग च्याम्पियन्स लिगको सेमिफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on एट्लेटिकोलाई स्तब्ध बनाउँदै लाइपजिग च्याम्पियन्स लिगको सेमिफाइनलमा.

एजेन्सी । स्पानिस क्लब एट्लेटिको मड्रिडलाई स्तब्ध बनाउँदै जर्मन क्लब आरबी लाइपजिग पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । टेलर एडम्सले खेल सकिन दुई मिनेटअघि निर्णायक गोल गरेपछि लाइपजिगले एट्लेटिकोलाई २-१ ले पराजित गरेको हो । लाइपजिगले अब फाइनल प्रवेशका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग खेल्नेछ । पोर्चुगलको लिस्वनमा भएको खेलको […]

सामाजिक सञ्‍जालले यसरी लिन्छ ज्यान

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सामाजिक सञ्‍जालले यसरी लिन्छ ज्यान.

काठमाडौं । परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुप¥यो। चितवन कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको साबिती बयानअनुसार बोहोराले उनलाई पटकपटक ब्ल्याकमेलिङ गरेर यौनसम्बन्ध राख्दै आएका थिए। हुर्केकी छोरीसम्मलाई बोहोराले गलत नजरले हेर्न थालेपछि आफू उक्त अपराध गर्न […]

कोशी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोशी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु.

विराटनगर । कोशी अस्पताल विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार सिराहको विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो । गम्भिर अवस्थामा कोशीमा भर्ना भएका उनलाई बिहीबार नै कोरोना पोजेटिभ देखिएको थियो । बिहीबार राति करिब सवा ८ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले […]

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो.

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने महिला भन्दा पुरुषको संख्या दोब्बर बढी छ। कोरोना पुष्टि भई मृत्यु हुने पुरुषको संख्या ७३ र महिलाको संख्या २२ रहेको छ । हालसम्म प्रदेश २ मा २८ पुरुष, ११ महिला, बागमतीमा १३ पुरुष, पाँच महिला ,प्रदेश ५ मा ९ पुरुष, तीन महिला, प्रदेश १ मा आठ पुरुष, गण्डकी […]

बम विस्फोट हुँदा चारजनाको मृत्यु, ६ जना घाइते

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बम विस्फोट हुँदा चारजनाको मृत्यु, ६ जना घाइते.

एजेन्सी । अफगानिस्तानको कान्दाहार सहरको एक सडकमा बम विस्फोट हुँदा त्यसमा परी चार जना सर्वसाधारणको ज्यान गएको छ भने अरु छ जना घाइते भएका छन् । सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ । बिहीबार सडकको किनारमा राखिएको बम अकस्मात विस्फोट हुदा बाटो हिँडीरहेका सर्वसाधारण नागरिकको ज्यान गएको हो । अफगानिस्तानको टोलो न्युजले […]

विराटनगरमा भदौ ५ गतेसम्म लकडाउन

Published: in प्रदेश तह, समाज by . Leave a Comment on विराटनगरमा भदौ ५ गतेसम्म लकडाउन.

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा एकसाताको लागि लकडाउन थप भएको छ । विराटनगर महानगरपालिकामा समुदायस्तरमा कोरोना फैलिएपछि महानगरले गत साउन १६ देखि ३० गतेसम्म लकडाउन घोषणा गरेको थियो । तर, अवस्था झन् भायवह हुँदै गएको भन्दै महानगरले आज निर्णय गरी भदौ ५ गतेसम्म लकडाउन थपेको हो । महानगरले सूचना जारी गरी भदौ ५ गतेसम्म लकडाउन […]

सञ्जय दत्त र आलियाको ‘सडक टु’ लाई रेकर्डस्तरको ‘डिसलाइक’ किन ?

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सञ्जय दत्त र आलियाको ‘सडक टु’ लाई रेकर्डस्तरको ‘डिसलाइक’ किन ?.

सञ्जय दत्त र आलिया भट्ट स्टारर फिल्म ‘सडक टु’ को ट्रेलर बुधबार बिहान रिलिज भयो र रिलिज भएको केही घण्टा भित्रै यसले युट्युबमा हज्जारौं डिसलाइक पायो । ठूलो ब्यानरका, अझै त्यसमाथि ठूल्ठूला कलाकारको नाम भएका फिल्मको ट्रेलरले डिसलाइकभन्दा लाइक बढी पाउँथ्यो । तर सडक टुमा ठिक विपरित भयो । यो समाचार तयार पर्दासम्म फिल्मको ट्रेलर […]