Sajhamanch Archive

आज रातिदेखि मेचीनगरमा लकडाउन

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on आज रातिदेखि मेचीनगरमा लकडाउन.

मेचीनगर । समुदायमा कोरोना संक्रमण ह्वात्तै बढे पछि मेचीनगर नगरपालिकामा ७ दिनका लागि लकडाउन गरिएको छ । आज राति १२ बजेदेखि भदौ ३ गतेसम्म मेचीनगर नगरपालिकामा लकडाउन गर्ने मेचीनगर नगरपालिकाले निर्णय गरेको छ । नगरपालिकाको निर्णय अनुसार नगर भित्रका अत्यावश्यक सेवा वाहेकका सबै प्रकारका उद्योग, व्यवसाय, सेवा, शैक्षिक संस्था, कार्यालय, व्यापार, होटल, पसल र सपिङ […]

विदेशबाट ५० हजार नेपाली फर्किए

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विदेशबाट ५० हजार नेपाली फर्किए.

काठमाडौं । कोरोना भाइरसको महामारीपछि गत जेठबाट सरकारले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । अहिलेसम्म विभिन्न चार्टर्ड उडानमार्फत ३० देशबाट ५० हजार १०७ नेपाली स्वदेश आइपुगेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा समस्यामा परेका श्रमिकको उद्धारका लागि ३१९ चार्टर्ड उडानमार्फत उनीहरू नेपाल फर्किएका […]

मेचीनगरमा चिकित्सकसहित थप चार जनामा कोरोना संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा चिकित्सकसहित थप चार जनामा कोरोना संक्रमण पुष्टि.

झापा । मेचीनगर नगरपालिकामा एक चिकित्सक सहित चार जना समुदायस्तरका मानिसमा कोरोना संक्रमण पुष्टी भएको छ । केहीदिन अघि मेचीनगर नगरपालिका वडा नं.१० धुलावारी बजारका १५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको थियो । त्यस लगत्तै संक्रमित युवाका परिवार सहित उनीसंग सम्पर्कमा आएका र अन्य शंकाष्पद ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ […]

प्रदेश १ सहित ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: in प्रदेश तह, समाज by . Leave a Comment on प्रदेश १ सहित ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका अधिकांश भूभागमा समान्य देखि पूर्ण बदली रहेको छ । विभागले आज दिउँसो प्रदेश नं ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र […]

भारतको बैंगलोरमा प्रदर्शनः प्रहरीको गोली लागि दुईको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on भारतको बैंगलोरमा प्रदर्शनः प्रहरीको गोली लागि दुईको मृत्यु.

एजेन्सी । सामाजिक सन्जाल फेसबुकमा गरिएको एक विवादित पोष्टका कारण भारतको बैंगलोरमा हिंसा भड्किँदा दुई जनाको मृत्यु भएको छ । ६० जनाभन्दा धेरै प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको हो । हिंसा शहरको डिजे हल्ली र केजी हल्ली प्रहरी थाना क्षेत्रमा भएको हो । हाल यी […]

बस दुर्घटना हुँदा तीनको मृत्यु, ३१ जना घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बस दुर्घटना हुँदा तीनको मृत्यु, ३१ जना घाइते.

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं.१ खिरसैनमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भारतबाट आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख २५२९ नं. को बस बुधवार बिहान करिब ५:३० वजे दुर्घटना भएको हो । दुर्घटनामा परि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी […]

किस्ट अस्पतालमा  कोरोना संक्रमित महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on किस्ट अस्पतालमा  कोरोना संक्रमित महिलाको मृत्यु.

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । पाठकका अनुसार ती महिलाको बुधबार बिहान नै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । उनलाई […]

भट्टलाई लगानी बोर्डमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भट्टलाई लगानी बोर्डमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश.

काठमाडौं । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको पाटन उच्च अदालतका प्रवक्ता शम्भु रेग्मीले जानकारी दिए । […]

१८३ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on १८३ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण.

काठमाण्डौ । नेपालमा अहिलेसम्म एक सय ८३ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश १ मा आठ जना, प्रदेश २ मा ७८ जना, वाग्मती प्रदेशमा १६ जना र गण्डकी प्रदेशमा २० जना रहेका छन् । यस्तै, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा २२ जना र सुदूरपश्चिम […]

र्‍याच फेमिली ट्रष्टद्वारा १६० परिवारलाई राहत सामाग्री वितरण

Published: in लोकप्रिय, समाज by . Leave a Comment on र्‍याच फेमिली ट्रष्टद्वारा १६० परिवारलाई राहत सामाग्री वितरण.

बुद्धशान्ति । र्‍याच फेमिली ट्रष्ट नामक सामाजिक संस्थाले झापाको मेचीनगरका विपन्न परिवारलाई राहत सामाग्री वितरण गरेको छ । र्‍याच फेमिली ट्रष्ट दुवईको आर्थिक सहयोगमा मेचीनगर नगरपालिका वडा नं.२,३ र ४ का विपन्न १६० घरपरिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको हो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने सामान्य तथा अति विपन्न […]