Sajhamanch Archive

१०२ दिनपछि न्यूजील्याण्डमा फेरि देखापर्यो कोरोनाभाइरस

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on १०२ दिनपछि न्यूजील्याण्डमा फेरि देखापर्यो कोरोनाभाइरस.

एजेन्सी । कोरोना भाइरसमाथि विजय पाएको १०२ दिनपछि न्यूजील्याण्डमा फेरि कोरोनाभाइरसको संक्रमण देखापरेको छ । मुलुककै सबैभन्दा ठूलो शहरमध्येका एक अउकल्याण्डमा आजै मंगलबार एउटै परिवारका चारजनामा कोरोनाभाइरसको संक्रमण फेला परेको छ । अझैसम्म स्रोत फेला पर्न नसकेको कोरोनाभाइरसका संक्रमणको सो केस देखापरेपछि न्यूजील्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डनले घरमै बस्नुपर्ने गरी लकडाउनको आदेश जारी गरेका छन् । […]

आईसीयूमा उपचाररत संक्रमित कुन प्रदेशमा कति ?

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on आईसीयूमा उपचाररत संक्रमित कुन प्रदेशमा कति ?.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार पछिल्लो चौबीस घण्टामा आईसीयू र भेन्टिलेटरमा ८८ संक्रमित उपचाररत छन् । जसमध्ये ८५ संक्रमितको आईसीयूमा र तीनजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । प्रदेश १ मा एकजना, प्रदेश २ मा ४३ जना, वाग्मती प्रदेशमा ३५ जनाको आईसीयू र तीनजनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यसैगरी, प्रदेश ५ […]

सरकारले चौरजहारी घटनाका मृतकको परिवारलाई १० लाख दिने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारले चौरजहारी घटनाका मृतकको परिवारलाई १० लाख दिने.

काठमाडौं । पश्चिम रुकुम चौरजहारीको सोतीमा गत जेठ १० गते भएको घटनामा हत्या भएकाहरुका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । मंगलबार मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थमन्त्रीसमेत रहेका सञ्चारमन्त्री डाक्टर युवराज खतिवडाले मृतकका परिवारलाई आर्थिक सहायता र घाइतेहरुको उपचार गर्ने निर्णय भएको जानकारी दिए । उक्त घटनामा […]

कोरोनाले जागिर खाइदिएको भन्दै निर्वस्त्र प्रदर्शनमा उत्रिए मजदुर

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on कोरोनाले जागिर खाइदिएको भन्दै निर्वस्त्र प्रदर्शनमा उत्रिए मजदुर.

एजेन्सी । विश्वमा फैलिरहेको कोरोना भाइरस महामारीका कारण अर्थतन्त्र तहसनहस पारिरहेको छ । करोडौँ मानिसहरुले रोजगारी गुमाइसकेका छन् । करोडौँ मजदुरहरुले रोजगारी गुमाइरहेको बेला करोडौँ मालिकहरु समेत टाट उल्टिरहेका छन् आफ्नो व्यवसाय बन्द हुँदा । कोरोनाका कारण आफ्नो व्यवसाय ठप्प भएको तथा आम्दानी गुमेको भन्दै रुसमा रेष्टुरेन्ट मजदुर तथा रेष्टुरेन्ट मालिकहरु निर्वस्त्र आन्दोलनमा उत्रिएका छन् […]

प्रदेश १ मा थपिए ९८ जना नयाँ कोरोना संक्रमित

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ९८ जना नयाँ कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा ९८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिनेमध्ये ६१ जना मोरङका छन् । विराटनगरमा कूल ५० जना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा २१ महिला र २९ पुरुषमा संक्रमण देखिएको हो । यसैगरी बुढीगंगा गाउँपालिकामा १० जना र बेलबारी नगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ […]

भक्तपुरको केमिकल उद्योगमा आगलागी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भक्तपुरको केमिकल उद्योगमा आगलागी.

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं.६ निकोसेरास्थित युनाइटेड केमिकल प्रालिमा आगलागी भएको छ । सेनिटाइजर, साबुन, हार्डपिक, गिल्सरिन बनाउँदै आएको कारखानामा मंगलबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट कारखानाको टहरा पूर्णरुपमा क्षति भएको छ । जुद्ध बारुद यन्त्र भक्तपुर, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको हो । आगलागीबाट करिब १ करोड […]

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द.

काठमाडौं । शैक्षिक संस्थाहरु अनिश्चितकालसम्मका लागि बन्द हुने भएका छन् । सरकारले कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द रहने जनाएको हो । सोमवार बसको मन्त्रिपरिषद्का निर्णयहरु आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा.युवराज खतिवडाले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय एवं शैक्षिक संस्थाहरु बन्द रहने जानकारी दिएका हुन् । ‘शैक्षिक संस्था, सेमिनार, […]

थप ६३८ जनामा कोरोना संक्रमण, १७१ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ६३८ जनामा कोरोना संक्रमण, १७१ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४६२ जनाको परीक्षणमा ६३८ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ जना पुगेको छ । नेपालमा […]

वीपी स्वास्थ्य प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on वीपी स्वास्थ्य प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द.

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको छ । प्रतिष्ठान परिसरभित्र कोरोना संक्रमण देखिएको भन्दै भोलि बुधबारदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय भएको अस्पतालका सहायक निर्देशक डा. विकास साहले जानकारी दिए । कोरोना संक्रमणका कारण स्थानीय सरकारले समेत सात दिन […]

झापामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका युवकको मृत्यु

Published: (Updated: ) in समाज, स्वास्थ्य by . Leave a Comment on झापामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका युवकको मृत्यु.

झापा । झापाको मेची प्रदेशीक अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक युवकको आज बिहान मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका वडा नं. ५ का १७ वर्षीय एक युवकको मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन डाक्टर पिताम्बर ठाकुरले जानकारी दिए । केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएका युवालाई सोमबार साँझ मेची अस्पताल पु¥याइएको थियो […]