Sajhamanch Archive

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु.

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो । मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो । शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा ४५ वर्षीया महिलाको मृत्यु भएको थियो । […]

कालिका सिमसार प्रवेशमा रोक

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on कालिका सिमसार प्रवेशमा रोक.

मेचीनगर । झापाको मेचीनगरस्थित कालिका सिमसार तथा पर्यापर्यटन क्षेत्रको प्रवेशमा रोक लगाइएको छ । मेचीनगर नगरपालिका वडा नं.११ र १२ मा पर्ने कालिका समुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित उक्त सिमसार अवलोकन तथा भ्रमणमा प्रतिबन्ध गरिएको वनका अध्यक्ष योगराज भट्टराई (योगेश) ले बताए । कोरोना भाइरस (कोभिड- १९) को नेपालमा पनि संक्रमण दर तिव्र रुपमा बढ्दै […]

नेकपाका ६१ सांसदले दिए पार्टी एकताको पक्षमा दबाब

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाका ६१ सांसदले दिए पार्टी एकताको पक्षमा दबाब.

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ६१ जना सांसदले पार्टी एकताको पक्षमा हस्ताक्षर गरी नेतृत्वलाई नैतिक दबाब दिने प्रयास गरेका छन् । दुई अध्यक्षबीचको तिक्तता र मतभेदका कारण पार्टी नै फुटको अवस्थामा पुगेको भन्दै सङ्घीय संसदका सांसदहरूले आइतबार हस्ताक्षर अभियान चलाएका हुन् । हस्ताक्षर गर्नेमा तीन वटै समूहका नेकपाका सांसदहरू छन् । अध्यक्षद्वय केपी […]

ल्यापटप चोर्ने बँदेल लखेट्दै निर्वस्त्र मान्छे दौडिएपछि…

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on ल्यापटप चोर्ने बँदेल लखेट्दै निर्वस्त्र मान्छे दौडिएपछि….

एजेन्सी । प्रकृति प्रेमी मानिहरुलाई प्रकृतिको धेरै नजिक जानु पनि कहिलेकाहीँ महँगो पर्दो रहेछ । बेलायतका एकजना प्रकृतिवादी व्यक्तिलाई हालै यस्तै भएको छ । प्रकृतिमा लीन हुने र निर्वस्त्र घुम्ने प्रकृतिवादी एकजना वृद्ध एउटा जंगली बँदेलको पछि-पछि दौडिएको तस्वीर हालै निकै भाइरल बनेको छ । जंगलमा विश्राम गरिरहेको बेला ती व्यक्तिले आफ्नो नजिकै राखेको झोला […]

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: in प्रदेश तह, समाज by . Leave a Comment on चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अहिले (बिहान) देशका अधिकांश भूभागमा समान्य देखि पूर्ण बदली रही सातवटै प्रदेशका केही स्थानमा बर्षा भइरहेको छ । विभागका अनुसार आज दिउसो प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग […]

भदौ १ गतेबाट हवाई उडान नहुने, लामो दुरीका सवारी साधन सञ्चालनको म्याद पनि लम्बियो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भदौ १ गतेबाट हवाई उडान नहुने, लामो दुरीका सवारी साधन सञ्चालनको म्याद पनि लम्बियो.

काठमाडौं । अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखुल्ने भएको छ । कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले यसलाई १५ दिन पर सार्न सिफारिस गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा […]

प्रदेश १ मा ४० कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ४० कोरोना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आइतबार ४० जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको हो । विराटनगरमा १० महिला र १९ पुरुष, सुनसरीको धरानमा १ महिला र २ पुरुष, ईटहरीमा १ महिला र १ पुरुष, बर्जुमा १ पुरुष, झापाको बार्‍हदशीमा १ महिला […]

अफगानिस्तानको घाज्नीमा बम हमला, सात जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अफगानिस्तानको घाज्नीमा बम हमला, सात जनाको मृत्यु.

एजेन्सी । अफगानिस्तानको घाज्नी प्रान्तमा शनिबार प्रहरी चौकीलाई लक्षित गरी भएको कार बम बिस्फोटमा सात जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता तारेक एरियनका अनुसार सशस्त्र विद्रोहीहरुले बिस्फोटक पदार्थले भरिएको कार घाज्नी शहरको बाहिरी इलाकामा रहेको कोटाल रावा प्रहरी चौकीमा साँझ ७:४५ बजे बिस्फोट गराएका थिए । प्रवक्ता तारेकले […]

 कोरोना संक्रमित महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on  कोरोना संक्रमित महिलाको मृत्यु.

बुटवल । बाँकेमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कोहलपुर नगरपालिका वडा नं.२ घर भएकी ७० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट आइतबार दिउँसो मृत्यु भएको हो । निमोनियाका कारण शुक्रबार उनी अस्पतालमा भर्ना भएकी थिइन् । […]

शरीरमा फलाम तत्वको मात्रा कम हुँदा देखिने लक्षणहरू

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on शरीरमा फलाम तत्वको मात्रा कम हुँदा देखिने लक्षणहरू.

फलाम तत्व शरीरको लागि अत्यावश्यक एक प्रकारको खनिज पदार्थ हो, जुन हाम्रोको स्वास्थ्यका लागि अत्यावश्यक छ । हाम्रो शरीरमा रहेका सबै कोषहरूमा केही न केही मात्रामा फलाम मिसिएको हुन्छ । तर प्रायःजसो फलाम शरीरमा रहेको रातो रक्तकोषमा पाइन्छ । राता रक्तकोषहरूले हाम्रो फोक्सोबाट शरीरभरि अक्सिजन ढुवानी गर्छ । पोषकतत्वबाट ऊर्जा उत्पादन गर्न शरीरमा फलामको भूमिका […]