Sajhamanch Archive

मोरङका १० स्थानीय तहमा लकडाउन

Published: in समाज, स्थानीय तह by . Leave a Comment on मोरङका १० स्थानीय तहमा लकडाउन.

विराटनगर । संक्रमणको स्रोत नखुलेका कोरोना संक्रमित भेटिन थालेपछि मोरङका १० वटा स्थानीय तहले लकडाउन घोषणा गरेका छन् । मोरङको विराटनगर महानगरपालिका, रंगेली, रतुवामाई, सुनबर्षी, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी र उर्लाबारी नगरपालिकाले लकडाउन घोषणा गरेका छन् । त्यस्तै धनपालथान र कानेपोखरी गाउँपालिकाले पनि लकडाउन गरेका छन् । मोरङमा १७ वटा स्थानीय तह छन् । तीमध्ये १० […]

प्रदेश १ मा ३०० आइसोलेसन बेड थपिने

Published: in प्रदेश तह, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३०० आइसोलेसन बेड थपिने.

विराटनगर । प्रदेश १ सरकारले मोरङ र सुनसरीमा लक्षण नदेखिएका संक्रमितलाई राख्नका लागि चार स्थानमा आइसोलेसन केन्द्र निर्माण गर्ने निर्णय गरेको छ । आइतबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले मोरङका दुई र सुनसरीका दुई स्थानमा आइसोलेसन केन्द्र निर्माण गर्ने निर्णय गरेको हो । चार ठाउँमा निर्माण हुने आइसोलेसन केन्द्र […]

आइतबार थपिए ३८० जना कोरोना संक्रमित, ४० जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आइतबार थपिए ३८० जना कोरोना संक्रमित, ४० जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५१५ जनाको परीक्षणमा ३८० जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २२ हजार ९७२ जना पुगेको छ । नेपालमा […]

लिखित सम्झौतासँगै अभियन्ता ई:ले २३औं दिनमा तोडे अनशन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लिखित सम्झौतासँगै अभियन्ता ई:ले २३औं दिनमा तोडे अनशन.

काठमाडौं‌ । कोरोना नियन्त्रणमा प्रभावकरी कार्य गर्न भन्दै अनशनमा बसेका ‘इनफ इज इनफ’ का अभियन्ता ईः ले २३ दिनका दिन अनशन तोडेका छन्। आज स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएपछि उनले अनशन तोडेका हुन्। ​ कोरोनाको प्रभावकारी व्यवस्थापनको माग गर्दै ईः दोस्रो पटक सत्याग्रहमा बसेका थिए। यस अघि उनी […]

अस्पताल चहार्दाचहार्दै ज्यान गुमाएकी युवतीमा कोरोना संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on अस्पताल चहार्दाचहार्दै ज्यान गुमाएकी युवतीमा कोरोना संक्रमण पुष्टि.

वीरगञ्ज । वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो । मृतक वीरगञ्ज–२ छपकैया बस्ने २० वर्षीया महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डाक्टर मदन उपाध्यायले जानकारी दिए । स्वास्थ्यमा समस्या भएपछि २० […]

बीपीका दुईजना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बीपीका दुईजना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि.

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत दुईजना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  दुई जना पुरुष डाक्टरहरू ईएनटीका एडिसनल प्रोफेसर र बायोक्यामेस्ट्रि विभागका एसोसिएट प्रोफेसरमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित दुवै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । इएनटीका डाक्टर केही दिन अघि जनकपुर गएर आएको पाइएको छ […]

भक्त चेपाङको घर जलाउने अनि भगवान् रामको मन्दिर बनाउने : प्रवक्ता शर्मा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भक्त चेपाङको घर जलाउने अनि भगवान् रामको मन्दिर बनाउने : प्रवक्ता शर्मा.

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चितवनको माडीमा पर्ने अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशनप्रति आपत्ति जनाएका छन् । उनले आइतबार बिहान ट्‍विट गरेर चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री ओलीले माडी नगरपालिकाका जनप्रतिनिधिलाई दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन् । “भक्त चेपाङको घर जलाउने अनि भगवान् रामको मन्दिर बनाउने […]

चितवनको माडीमा रामको भब्य मन्दिर बनाउन प्रधानमन्त्रीको निर्देशन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चितवनको माडीमा रामको भब्य मन्दिर बनाउन प्रधानमन्त्रीको निर्देशन.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याधामको मास्टर प्लान बनाउन माडी (चितवन) का जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले टेलिफोन गरेर बोलाएपछि माडी नगरपालिकाका जनप्रतिनिधिहरु शनिबार साँझ बालुवाटार पुगेका थिए । झण्डै दुई घण्टा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले लामो व्याख्या गर्दै रामको जन्मभूमि माडीको अयोध्यापुरी […]

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ७ लाख २९ हजार नाघ्यो

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ७ लाख २९ हजार नाघ्यो.

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख २९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका हालसम्म कोरोनाले विश्वमा ७ लाख २९ हजार ५६८ को मृत्यु भइसकेको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । त्यस्तै,विश्वमा कोरोना संक्रमित हुनेको संख्या एक […]

प्रदेश १ सहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ सहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशका केही स्थानमा बर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका एक -दुई स्थानमा भारी वर्षा भइरहेको छ । देशका अधिकांश भू-भागमा समान्यदेखि पूर्ण बदली रहेको विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली […]