Sajhamanch Archive

मेयर, नेपाली सेना र ल्याब कर्मचारीसहित ५५ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मेयर, नेपाली सेना र ल्याब कर्मचारीसहित ५५ जनामा कोरोना संक्रमण.

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, मेयर सहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ४७ जना पुरूष र ८ जना महिला रहेका छन् । संक्रमित हुनेमा २२ वर्षका देखि ७४ वर्ष सम्म रहेका छन् । नारायणी अस्पतालका मेडिकल […]

अरुलाई कोरोनाको चिन्ता, प्रधानमन्त्रीलाई ‘अयोध्या’ को !

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अरुलाई कोरोनाको चिन्ता, प्रधानमन्त्रीलाई ‘अयोध्या’ को !.

चितवन । चितवनको माडी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष शिवहरी सुवेदी स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान ११ बजे भरतपुरमा आएर चितवन मेडिकल कलेजमा उपचारका लागि लाइनमा बसिरहेका थिए । सुवेदीलाई काठमाण्डौंको नम्बरबाट फोन आयो । खासै सन्चो नभएकाले फोन उठाएर बोल्ने जाँगर पनि उनलाई थिएन । पहिलो फोन ‘मिस’ भयो । फेरि सोही नम्वरबाट […]

ताप्लेजुङमा हत्या आरोपमा भाइ र भतिजी पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on ताप्लेजुङमा हत्या आरोपमा भाइ र भतिजी पक्राउ.

ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै दाजुको हत्या गरेको अभियोगमा भाइ र भतिजीलाई प्रहरीले पक्राउ गरेको छ। मेरिङ्देन गाउँपालिका वडा नं.५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याबे शेर्पाको हत्या अभियोगमा उनका कान्छा भाइ पेम्बा शेर्पा र भतिजी पासाङ ल्हामु शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवैजनालाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ। आफ्नै गोठमा मृत अवस्थामा भेटिएका फुर्वाको […]

४५ हजारभन्दा बढी नागरिक स्वदेश फर्किए

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ४५ हजारभन्दा बढी नागरिक स्वदेश फर्किए.

काठमाडौं । कोरोना (कोभिड-१९) महामारी सुरू भएयता शुक्रबारसम्म सरकारले विदेशमा अलपत्र परेका ४५ हजार ६ सय ४३ नेपाली कामदारलाई उद्धार गरेको छ। कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार ३० मुलुकबाट नेपाली नागरिकको उद्धार गरिएको हो। पहिलो प्राथमिकतामा रोजगारी गुमाएका, प्रवेशाज्ञा अवधि सकिएका, गर्भवती महिला र वृद्धवृद्धालाई सरकारले उद्धार गरेको हो। विदेशबाट फर्काएकामध्ये बागमती र कर्णाली प्रदेशका […]

कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, एकजना घाइते

Published: in समाज by . Leave a Comment on कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, एकजना घाइते.

बुटवल । रुपन्देहीमा कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको हो। प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार लु २ च ६७५६ नं.को कार रुपन्देही रोहिणी गाउँपालिका वडा नं.४ छिपागडस्थित हुलाकी सडकखण्डमा अनियन्त्रित भई सडकबाट १० मिटर तल पल्टिँदा तीन जनाको मृत्यु भएको […]

श्रीलङ्कामा राजापाक्षको पार्टी अत्यधिक मतका साथ विजयी

Published: in विश्व समाचार by . Leave a Comment on श्रीलङ्कामा राजापाक्षको पार्टी अत्यधिक मतका साथ विजयी.

एजेन्सी । श्रीलङ्कमा बुधबार भएको संसदीय निर्वाचनबाट सत्तारुढ दल अत्यधिक मतका साथ विजयी भएको छ । प्रधानमन्त्री महेन्दा राजापाक्ष नेतृत्वको श्रीलङ्का पुडुजाना पेरामुना (एसएलपीपी) ले संसदमा अत्यधिक बहुमत ल्याएको निर्वाचन आयोगले शुक्रबार घोषणा गरेको छ । सो पार्टीले कुल २२५ सिटमध्ये १४५ सिटमा सफलता हासिल गरेको आयोगको जनाएको छ । यो जित सङ्ख्या सर्वेक्षणकर्ताहरुले देखाएको […]

आजको मौसम पूर्वानुमान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम पूर्वानुमान.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै आज मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । मौसम विज्ञान विभागले प्रदेश नं २ मा र प्रदेश नं ५ का केहि भूभागहरुमा आंशिक बदली रहेको छ भने बांकी भूभागहरुमा समान्य देखि पूर्ण बदली रहेको र बागमती प्रदेश, […]

यस्तो अवस्थामा हुन्छ पीसीआर परीक्षण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on यस्तो अवस्थामा हुन्छ पीसीआर परीक्षण.

काठमाडौँ । ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ, गन्ध हराउनु, स्वाद हराउनु र झाडापखालामध्ये कुनै एक लक्षण देखिएमा, सङ्क्रमितको सम्पर्कमा रहेका, विदेशबाट फर्किने, गम्भीर श्वासप्रश्वास सङ्क्रमण भएका व्यक्ति । अग्रपङ्क्तिमा कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका कर्मचारी, बिरामीको शल्यक्रिया गर्नुपूर्व, हाल सङ्क्रमण धेरै देखिएका स्थानबाट आएका व्यक्ति, सघन उपचार कक्षमा उपचाररत व्यक्ति, दीर्घ रोग भएका मुख्यतः ६० वर्ष […]

दैनिक २२ हजारको परीक्षण गर्न सक्छौं  : स्वास्थ्य मन्त्रालय

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on दैनिक २२ हजारको परीक्षण गर्न सक्छौं  : स्वास्थ्य मन्त्रालय.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक २२ हजार जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्नसक्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारी प्रयोगशालामा १८ हजार ५ सय र बाँकी निजी प्रयोगशालामा गरी दैनिक २२ हजारको परीक्षण गर्न सकिने बताए ।उनले देशभर अहिले ३२ वटा सरकारी र ६ वटा निजी गरी जम्मा ३८ वटा […]

बेरूत विस्फोटका कारण ८० हजार बालबालिका विस्थापित

Published: in विश्व समाचार by . Leave a Comment on बेरूत विस्फोटका कारण ८० हजार बालबालिका विस्थापित.

एजेन्सी । गत मङ्गलबार लेबनानको राजधानी बेरूतमा भएको विस्फोटका कारण करिब ८० हजार बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) ले शुक्रबार जनाएको छ । विस्फोटका कारण धेरै बालबालिकामा मनोवैज्ञानिक प्रभाव परेकोप्रति चिन्ता व्यक्त गर्दै पिडित बालबालिका तथा उनीहरूको परिवारलाई सहयोग पु¥याउने प्रयास भइरहेको यूनिसेफले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । “विगत ४८ घण्टादेखि यूनिसेफले […]