Sajhamanch Archive

इलामका १६ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on इलामका १६ सशस्त्र प्रहरीमा कोरोना संक्रमण.

इलाम । इलाममा बिहीबार एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना संक्रमण देखिएको हो । साउन १८ गते ४२ सशस्त्र र अन्य गरी ६८ […]

प्रदेश १ मा थपिए ६६ कोरोना संक्रमित, १८ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ६६ कोरोना संक्रमित, १८ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा २१ सहित प्रदेशभर बिहीबार ६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनसार मोरङमा सबैभन्दा धेरै २४, सुनसरीमा १९, इलाममा १५ र झापामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । विराटनगरमा ११ पुरुष र १० महिला गरी जम्मा २१ जनामा संक्रमण पुष्टि भएको छ । […]

थप ३६० जनामा कोरोना संक्रमण, २३३ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ३६० जनामा कोरोना संक्रमण, २३३ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६२२ जनाको परीक्षणमा ३६० जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २१ हजार ७५० जना पुगेको छ । […]

कोभिड-१९ अस्पतालमा आगलगाी हुँदा आठजनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोभिड-१९ अस्पतालमा आगलगाी हुँदा आठजनाको मृत्यु.

एजेन्सी । भारतमा कोभिड-१९ अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । भारतको पश्‍चिमी सहर अहमदावादमा रहेको कोभिड अस्पतालमा बिहीबार आगलगाी हुँदा सीसीयूमा रहेका आठजनाको मृत्यु भएको हो । फायर डिपार्टमेन्टका वरिष्ठ अधिकारी राजेश भाटले सर्ट सर्किटका कारण एक कर्मचारीको पीपीई किटमा आगो टिप्दा सिंगो अस्पतालमा नै आगो फैलिएको हो । ‘ती स्टाफ आत्तिएर […]

‘एसईईको नतिजा प्रकाशन केही दिन ढिलो हुने’

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on ‘एसईईको नतिजा प्रकाशन केही दिन ढिलो हुने’.

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन प्राविधिक कारणले केही दिन ढिलो हुने जनाएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएकाले नतिजा प्रकाशन गर्न केही दिन लाग्ने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराजा खकुरेलले जानकारी दिए । ‘विद्यार्थीको नाम थर, प्राप्तांक आदि रुजु भइरहेको छ’ परीक्षा नियन्त्रक […]

३१९ प्रहरीमा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ३१९ प्रहरीमा कोरोना संक्रमण.

काठमाडौं । मुलुकका विभिन्न स्थानका ३१९ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ११९ जना डिस्चार्ज भइसकेका छन् । संक्रमितमा सबैभन्दा बढी प्रहरी प्रधान कार्यालयका मात्रै ८५ जना छन् । प्रहरी प्रवक्ता (एसएसपी) कुवेर कडायतका अनुसार हाल प्रहरी प्रधान कार्यालयका ८५, काठमाडौं उपत्यकाका ९, प्रदेश १ का २७, प्रदेश २ का २९, गण्डकी प्रदेशका ४०, […]

मोरङका स्थानीय निकायहरुमा धमाधम लकडाउन

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह by . Leave a Comment on मोरङका स्थानीय निकायहरुमा धमाधम लकडाउन.

मोरङ । समुदायमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिएपछि मोरङका स्थानीय निकायहरुले धमाधम लकडाउन गर्न थालेका छन । कोरोनाको संक्रमण र रोकथामका लागि बिहिबार बिहानबाट सुन्दरहरैचा नगरपालिका र बिहिबार मध्यरातिबाट बेलबारी नगरपालिकाले लकडाउन घोषणा गरेका छन । बिराटनगर महानगरपालिकाले चार दिनअघिदेखि नै लडकाउन गरिसकेको छ भने रतुवामाई नगरपालिकाले समेत बुधबारबाट लकडाउन गरिसकेको छ । […]

ओली-प्रचण्ड संवाद अनिश्चित

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओली-प्रचण्ड संवाद अनिश्चित.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको संवाद अनिश्चित बनेको छ । दुई अध्यक्ष र साक्षीका रूपमा छलफलमा सहभागी हुँदै आएका वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ बुधबार छलफलमा जुट्ने सहमति भएको थियो । तर, सचिवालयका चारजना, पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टी प्रवक्ता […]

कोरोनाको शैक्षिक असर : विद्यार्थी, शिक्षक, सञ्चालक देखि समुदाय सम्म

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, by . Leave a Comment on कोरोनाको शैक्षिक असर : विद्यार्थी, शिक्षक, सञ्चालक देखि समुदाय सम्म.

बिर्तामोड । विश्व यतिबेला कोभिड १९ को अत्यन्त विषम परिस्थितीबाट गुज्रीरहेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा आर्थिक,सामाजिक,सांस्कृतिक क्षेत्रमा मात्र नभएर शैक्षिक क्षेत्रमा समेत नकारात्मक असर परेको छ । नेपाल सरकारले कोरोना भाइरस फैलिन नदिन चैत ११ गतेबाट गरेको बन्दाबन्दी १२० दिनपछि श्रावण ७ गतेबाट अन्त्य भएपनि शिक्षा क्षेत्रमा भने अझै पनि […]

कुशलतापूर्वक गरिएको कामले दुःखी बनाउँदैन

Published: in टिप्स/जानकारी by . Leave a Comment on कुशलतापूर्वक गरिएको कामले दुःखी बनाउँदैन.

हामी केही न केही काम गरिरहेका छौं । तर, उक्त कामबाट अपेक्षाकृत नतिजा हासिल भइरहेको हुँदैन । व्यापार–व्यवसाय गरिरहेका हुन्छौं, सोचेजस्तो प्रतिफल मिलिरहेको हुँदैन । खेतीपाती गर्छौं, सोचेजस्तो अन्न–उब्जनी भइरहेको हुँदैन । कलाकारिता गरिरहेका हुन्छौं, सोचेजस्तो सफलता मिलिरहेको हुँदैन । केही न केही त गरिरहेकै हुन्छौं तर त्यसबाट सन्तुष्ट प्राप्त गरिरहेका हुँदैनौं । त्यही कारण […]