Sajhamanch Archive

आज जनै पूर्णिमा, रक्षाबन्धन र क्वाँटी खाने दिन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज जनै पूर्णिमा, रक्षाबन्धन र क्वाँटी खाने दिन.

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने […]

शैक्षिक सत्रको नयाँ क्यालेन्डर बन्दै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on शैक्षिक सत्रको नयाँ क्यालेन्डर बन्दै.

काठमाडौँ । सरकारले विद्यार्थीको समय खेर जान नदिने गरी चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बनाउने गृहकार्य थालेको छ । भदौ १ बाट नयाँ विद्यार्थी भर्ना, कक्षागत विद्यार्थीको सङ्ख्यात्मक यकिन गर्दै शैक्षिक तथ्याङ्क भराउने गरी विद्यालय खोल्ने गृहकार्यमा जुटेको सरकारले शैक्षिक सत्रलाई व्यवस्थापन गर्दै नयाँ क्यालेन्डर बनाउने तयारी अघि बढाएको हो । २०७७ सालको शैक्षिक सत्रको […]

दुई जिल्लामा ५ सय बढी संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on दुई जिल्लामा ५ सय बढी संक्रमित.

झापा । आइतबारसम्म पाँच जिल्ला कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भोजपुर, संखुवासभा, मुस्ताङ, रसुवा र मनाङ कोरोनमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्। मन्त्रालयका अनुसार दुई जिल्लामा भने कोरोनाका ५ सय बढी बिरामी रहेका छन्। कैलाली र रौतहट दुई जिल्लामा कोरोनाका ५ सय बढी बिरामी रहेका […]

भारतीय गृहमन्त्री शाहलाई कोरोना संक्रमण

Published: in विश्व समाचार, समाज by . Leave a Comment on भारतीय गृहमन्त्री शाहलाई कोरोना संक्रमण.

एजेन्सी । भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । उनले आइतबार दिउँसो ट्‍विट गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । गृहमन्त्री शाहले ट्‍विट गर्दै भनेका छन्, ‘कोरोनाका प्रारम्भिक लक्षण देखिएका छन् । मैले कोरोना जाँच गराए र रिपोर्ट पोजेटिभ आएको छ । मेरो स्वास्थ्य अवस्था अहिले ठिक छ […]

प्रहरीको गाडीमाथि आक्रमण गरी तोडफोड

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रहरीको गाडीमाथि आक्रमण गरी तोडफोड.

विराटनगर । विराटनगरस्थित नेपाल-भारत सीमवर्ती क्षेत्रमा प्रहरीको गाडी तोडफोड भएको छ । गस्तीको क्रममा तस्करको समूहले शनिबार राति गाडिमा आक्रमण गरी तोडफोड गरेको प्रहरीले बताएको छ । गाडी तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१५ रानीबाट दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २६ वर्षीय अनिल साह र २४ वर्षीय मुकेश देव रहेको जिल्ला […]

हिप्पोपोटामस : ‘रगत’ जस्तै पसिना निकाल्ने प्राणी

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on हिप्पोपोटामस : ‘रगत’ जस्तै पसिना निकाल्ने प्राणी.

तपाईंले हिप्पोपोटामस देख्नुभएको छ रु झट्ट हेर्दा सुँगुर जस्तो देखिने तर निक्कै ठूलो शरीर हुने यो जनावर आफ्नो धेरै समय पानीमा नै बस्ने गर्छ । खास गरेर यो अफ्रिकामा पाइने जनावर हो । लाखौं वर्षअघि चाहिँ यो यूरोप, एशिया र अफ्रिकामा पनि पाइने गथ्र्यो । अहिले यसको संख्या डेढ लाख जति मात्रै छ । नेपालमा […]

६० वर्षमाथिका र १२ वर्षमुनिका व्यक्ति घरबाट बाहिर ननिस्कनु : स्वास्थ्य मन्त्रालय

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ६० वर्षमाथिका र १२ वर्षमुनिका व्यक्ति घरबाट बाहिर ननिस्कनु : स्वास्थ्य मन्त्रालय.

काठमाडौं । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घरबाट ननिस्कन आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण दर बढिरहेकोले कोरोनाको उच्च जोखिम रहने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको हो । त्यस्तै. मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आरडीटी परीक्षण नगर्न […]

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु.

सुनसरी । सुनसरीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका बस्ने ४० वर्षीय दीपक मगर रहेका छन् । इनरुवा नगरपालिका वडा नं.४ स्थित सडकमा को.१ च ८३०१ नम्बरको जिपले को.२८ प ४२७३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । मोटरसाइकलका चालक समेत रहेका मगरको […]

एसीको असर : स्वास्थ्यमा अनेक समस्या

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on एसीको असर : स्वास्थ्यमा अनेक समस्या.

गर्मी बढ्दो छ । गर्मीमा कसरी सितलता प्राप्त गर्ने ? अहिले यसका अनेक विकल्प छन् । तपाईं-हामीले आफ्नो वासस्थान, कार्यथलो आदिलाई वाताअनुकुलित बनाएर बस्न सक्छौं । किनभने कुलर, एसी जस्ता विधुतिय उपकरण अहिले सहज र सर्वत्र उपलब्ध हुन थालेको छ । गर्मीमा शरीरलाई सितल तुल्याउने कृतिम काइदा हो, एसी । यसले हपहपी गर्मीबाट शरीरलाई केही […]

नेपालकाे नयाँ नक्सा अन्तर्राष्ट्रियकरण गरिँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपालकाे नयाँ नक्सा अन्तर्राष्ट्रियकरण गरिँदै.

काठमाडौं । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहितको नयाँ नक्सालाई नेपालले अन्तराष्ट्रियकरण गर्ने भएको छ। संयुक्त राष्ट्र संघ, भारत र अन्य अन्तराष्ट्रिय समुदायलाई जारी नयाँ नक्सा पठाउने तयारी थालेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल बताएकी छन्। नयाँ नेपाली नक्सा अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपालले कम्तीमा पनि ४ हजार नयाँ नक्सा छाप्‍न […]