Sajhamanch Archive

ओली–प्रचण्डबीच तीन घण्टा वार्ता

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओली–प्रचण्डबीच तीन घण्टा वार्ता.

काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार करिव तीन घण्टा छलफल भएको छ । साउन १३ को ओलीले एकपक्षीय रुपमा बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षमा बहुमत सदस्यहरुसहित स्थायी कमिटी बैठक राखेको ६ दिनपछि दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । प्रचण्ड वरिष्ठ नेता […]

उदयपुरको बेलकामा प्रहरी र प्रदर्शनकारीबीच झडप

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उदयपुरको बेलकामा प्रहरी र प्रदर्शनकारीबीच झडप.

विराटनगर । कोरोना उच्च जोखिम रहेको उदयपुरको बेलका नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा नगरपालिका तनावग्रस्त बनेको छ। स्थानीय जनप्रतिनिधि र कर्मचारीले मनलाग्दी र अनियमितता गरेको भन्दै नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले नगरपालिका घेराउ गरेर प्रदर्शन गरेपछि झडप भएको हो। प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख […]

त्रिभुवन विमानस्थलबाट साढे ५५ हजार जनाको आवत–जावत,

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on त्रिभुवन विमानस्थलबाट साढे ५५ हजार जनाको आवत–जावत,.

काठमाडौं । गएको चैत ११ गतेयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५५ हजार जना यात्रुले आवत जावत गरेका छन् । विमानस्थल कार्यालयका अनुसार चैत ११ गतेदेखि लकडाउन भए पनि नेपालमा अड्किएका विदेशीको उद्धार र विदेशमा रहेका नेपालीको उद्धार गरेर नेपाल ल्याउने काम चलिरहँदा विमानस्थल व्यस्त रहेको महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । लकडाउनपछिका सुरुवाती दिनमा नेपालमा […]

थप २४६ जनामा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप २४६ जनामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८६१ जनाको परीक्षणमा २४६ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २० हजार ३३२ जना पुगेको छ । […]

पहिलोपटक प्लाज्माथेरापीबाट कोरोना संक्रमितको सफल उपचार

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पहिलोपटक प्लाज्माथेरापीबाट कोरोना संक्रमितको सफल उपचार.

काठमाडौं । नेपालमा पहिलो पटक कोभिड-१९ संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ । ६५ वर्षीय संक्रमितलाई त्रिवि शिक्षण अस्पतालमा प्लाज्माथेरापी विधिबाट उपचार गरिएको हो । उनलाई कोरोना संक्रमणबाट निको भएका २६ वर्षीय युवकले प्लाज्मा दिएका हुन् । अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक प्रा.डा. सन्तकुमार दासकाअनुसार सुरूमा एण्टीभाइरल रेम्डिसिभिर चलाइएको थियो । त्यसले पनि स्वास्थ्यमा […]

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य.

काठमाडौं । नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई- दुई रुपैयाँले मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए । नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ […]

तीन युवकले काटिदिए अपाङ्ग बालकको यौनाङ्ग

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on तीन युवकले काटिदिए अपाङ्ग बालकको यौनाङ्ग.

एजेन्सी । भारतको बिहारस्थिती भोजपुर जिल्लामा मानवतालाई लज्जित गर्ने घटना सार्वजनिक भएको छ । यहाँ तीन युवकले ९ वर्षीय अपाङ्गता भएका बालकको यौनाङ्ग काटिदिएका छन् । सुरुमा बालकलाई उपचारका लागि पिएचसी कोइलवर पुर्याएका थिए तर स्थिती गम्भीर भएकोले सदर अस्पताल रिफर गरिएको थियो । बालकको यौनाङ्गमा करिब एक दर्जन बढी टाँका लगाउनुपरेको भारतीय सञ्चार माध्यमले […]

२५९ प्रहरीमा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on २५९ प्रहरीमा कोरोना संक्रमण.

काठमाडौं । काठमाडौंका ८६ प्रहरीसहित देशभर २५९ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यस्तै काठमाडौं उपत्यकाबाहिरका १७३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । हालसम्म संक्रमित प्रहरीमध्ये १०३ जना डिस्चार्ज भएका छन् । संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयका ७३, उपत्यकाका १३, प्रदेश १ का २९, प्रदेश २ का ४२, गण्डकी प्रदेशका ४८, प्रदेश ५ का […]

झाडा पखालाका विरामीको पनि कोरोना टेष्ट गरिने

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on झाडा पखालाका विरामीको पनि कोरोना टेष्ट गरिने.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणसम्बन्धी मापदण्ड परिवर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले नयाँ मापदण्ड बनाएको छ, जसलाई जनस्वास्थ्य विज्ञहरुले सकारात्मक भनेका छन् । नयाँ मापदण्डअनुसार अब ज्वरो, खोकी, सास फेर्न कठिनाइका साथै स्वाद तथा गन्ध थाहा नपाउने र झाडापखालाका विरामीको पनि पीसीआर टेष्ट गरिनेछ । संक्रमितको सम्पर्कमा आएका तथा फ्रन्ट लाइनमा […]

एकता जोगाउने नाममा गलत प्रवृत्तिको ढाकछोप नगरौं : प्रचण्ड

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एकता जोगाउने नाममा गलत प्रवृत्तिको ढाकछोप नगरौं : प्रचण्ड.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताएका छन् । कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा आयोजिक कार्यक्रममा अध्यक्ष प्रचण्डले गलत विचार र प्रवृतिहरुको ढाकछोप नगरी फछ्र्यौट गर्नुपर्ने बबताए । कुनै पनि बाहानामा पार्टी विभाजन हुनुहुँदैन भन्ने […]