Sajhamanch Archive

थप ३१५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २० हजार नाघ्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ३१५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २० हजार नाघ्यो.

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ९९३ जनाको परीक्षणमा ३१५ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ । […]

कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ८३ हजार

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ८३ हजार.

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ८३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ८३ हजार ४९१ जनाको मृत्यु भएको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । त्यस्तै, विश्वमा कोरोना […]

सामूहिक बलात्कारको आरोपमा ट्रक चालकसहित तीनजना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on सामूहिक बलात्कारको आरोपमा ट्रक चालकसहित तीनजना पक्राउ.

रौतहट । रौतहटमा युवतीलाई सामूहिक बलात्कारको आरोपमा ट्रक चालकसहित तीनजना पक्राउ परेका छन् । फतुवा बिजयपुरमा ट्रकभित्रै युवतीलाई बलात्कार गरेको आरोपमा चालक र दुुईजना सहचालकलाई प्रहरीले पक्राउ गरेको हो। चितवनको गैँडाटारबाट भुस लिन फतुवा विजयपुर नगरपालिका बरगिनियाचौक गएको ना २ ख ६७४६ नम्बरको ट्रकमा २१ वर्षीय युवती बलात्कृत भएको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको इन्सपेक्टर […]

श्रम प्रमुख सञ्जेलमाथि कार्यकक्षमै आक्रमण

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्रम प्रमुख सञ्जेलमाथि कार्यकक्षमै आक्रमण.

विराटनगर ।  श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं नेपाल सरकारका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि शनिबार आफ्नै कार्यकक्षमा आक्रमण भएको छ । भ्रष्टाचार विरोधी अभियन्ता एवं सरकारी कर्मचारीको छवि बनाएका सञ्जेलमाथि कार्यालयका सहयोगी कर्मचारीहरु नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कुटपिट गरेको प्रहरीले जनाएको छ । दुवै जना कार्यालयका करारका कर्मचारी हुन् । दुवै जना […]

व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमण अस्वीकार्य : मन्त्री भट्टराई

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमण अस्वीकार्य : मन्त्री भट्टराई.

काठमाडौं । पर्यटन सँस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बर्द्धन गर्ने बताएका छन् । उनले व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमणलाई भने स्वीकार नगर्ने स्पष्ट पारेका छन् । सामाजिक सन्जाल ट्वीटरमार्फत् मन्त्री भट्टराईले यी धारणा सार्वजनिक गरेका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘पशुपति […]

सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि.

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ६१ जना पुरूष र ३ जना महिला रहेका छन् । संक्रमित हुनेहरुमा १५ वर्षका बालक देखि ६८ वर्षकी वद्घ […]

कोरोना कालका यी मास्क जसले चर्चा बटुले

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on कोरोना कालका यी मास्क जसले चर्चा बटुले.

कोरोनाको कहर जारी छ । पूरा संसार यो खतरनाक भाइरसको चपेटमा आएको छ । सरकार यसबाट बच्नका लागि अनेकौं उपाय अपनाइरहेका छन् । विश्व स्वास्थ्य संगठनले पनि लगातार यसबारे जागरुकता फैलाइरहेको छ । संसारभरीका मानिसहरुले मास्क लगाएर आफ्नो सुरक्षा गरिरहेका छन् । यही सिलसिलामा मास्कका विभिन्न तस्बिर पनि सार्वजनिक भइरहेका छन् । हेरौं रमाइला तस्बिरः

प्रदेश १ सहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ सहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बाँकी स्थानमा सामान्य बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । विभागले आज राति प्रदेश १, प्रदेश २, प्रदेश ५ र […]

पहिरोले एकै घरका चार जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पहिरोले एकै घरका चार जनाको मृत्यु.

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं. ५ आटिपाटामा पहिरो जाँदा एकै घरका चार जनाको मृत्यु भएको छ । शुक्रबार राती करिब ९ बजेतिर घर माथिबाट आएको पहिरोका कारण बिना माझी उनका २ छोरा र एक छोरीको मृत्यु भएको वडा अध्यक्ष हरि ज्ञवालीले जानकारी दिए । विस्तृत बिबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले […]

स्थानीयको विरोधपछि हतियारसहित आएको भारतीय एसएसबी टोली फर्कियो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्थानीयको विरोधपछि हतियारसहित आएको भारतीय एसएसबी टोली फर्कियो.

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं.८ पचुइमा हुलाकी सडक निर्माण कार्य रोक्न हतियारसहित आएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोली स्थानीयको विरोधपछि फिर्ता भएको छ। सीमा स्तम्भ नम्बर ३५ नजिकको हुलाकी राजमार्गमा पर्ने एक हजार दुई सय मिटर नेपाली भूभाग स्ट्रिप नक्साका आधारमा भारतमा पर्ने दाबी भारतीय पक्षको छ। इलाका प्रहरी कार्यालय बेलौरीका […]