Sajhamanch Archive

विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाइने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाइने.

काठमाडौं । सरकारले विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यालय भवन परिसरलाई क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने निर्णय भएको जानकारी दिए । यदि क्वारेन्टिन र आइसोलेसन रहेको भए तत्काल हटाउने र ती […]

उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की !

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उद्योगमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की !.

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको बताएका हुन् । ‘अस्ती मलाई एउटा फोन […]

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि कोसी अस्पतालको ओपीडी सेवा बन्द

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि कोसी अस्पतालको ओपीडी सेवा बन्द.

विराटनगर । विराटनगरको कोसी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको बहिरंग (ओपीडी) सेवा बन्द भएको छ । अस्पतालले सूचना टाँस गरी ओपीडी सेवा बन्द गरिएको सर्वधारणलाई जानकारी गराएको छ । कोसी अस्पतालका चार स्वास्थ्यकर्मीमा कोभिड १९ पुष्टि भएको छ । अस्पतालले गेटमै सूचना टाँस गरी संक्रमणको कारण सेवा दिन नसकिने जनाएको हो । अस्पतालले ओपीडी […]

स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैं संलग्न हुनु कानुनविपरीत’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैं संलग्न हुनु कानुनविपरीत’.

काठमाडौं ।  विभागीय प्रमुखले गर्ने स्वास्थ्य सामग्री खरिदको निर्णयमा स्वास्थ्यमन्त्री आफैं संलग्न हुनु कानुनविपरीत देखिएको छ। प्रधानमन्त्री कार्यालयमातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीसँगको सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष निकाल्दै प्रतिवेदन संसद्मा पठाएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका सल्लाहकार डा. खेम कार्कीको संलग्नतामा ओम्नी समूहसँग महँगो मूल्यमा स्वास्थ्य सामग्री खरिदको निर्णय २०७६ चैत २० […]

इटहरी उपमहानगरपालिकाका कर्मचारीमा कोरोना पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on इटहरी उपमहानगरपालिकाका कर्मचारीमा कोरोना पुष्टि.

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीको रिपोर्ट पोजेटिभ आएपछि उपमहानरको आकस्मित बैठक बस्ने तयारी भईरहेको छ । केही दिन अघि १० जना कर्मचारीको स्वास्थ्य परीक्षणका लागि स्वाव संकलन गरीएकोमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । इटहरीलाई लकडाउन गर्ने कि नगर्ने भन्ने […]

सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा.

काठमाडौं । प्रहरीले १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातु सम्बन्धी अनुसन्धान विवादमा तानिएको छ । यसमा काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको गम्भिर लापरबाही देखिएको छ । प्रकरणको छानविनका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज यादवको नेतृत्वमा गठन गरेको समितिले पनि अनुसन्धान अधिकृतको कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष […]

रेबिजको खतरा

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on रेबिजको खतरा.

अहिले सर्वत्र कोरोनाको त्रास छ । सबैको ध्यान कोरोनामा केन्द्रित छ । कसरी कोरोनाबाट बच्ने, कस्तो सावधानी अपनाउने इत्यादि । कोरोना नयाँ भाइरस भएकाले हामी यसप्रति बढी सचेत र सर्तक छौं । तर, यससँगै अन्य किसिमको संक्रमण र रोगहरुबाट पनि हामीले उत्तिकै जागरुक हुन आवश्यक छ । जस्तो कि, रेबिज । पशु खासगरी कुकुरको टोकाइबाट […]

आजको मौसम पूर्वानुमान

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम पूर्वानुमान.

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण देशभर सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ । साथै, नेपालको पूर्वी तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । बिहीबार मौसम पूर्वानुमान महाशाखा, मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानमा अनुसार अहिले देशभर नै सामान्य बदली भइरहेको छ । यसैगरी, आज दिउँसो देशभर सामान्य बदली […]

कक्षा ११ को वार्षिक परीक्षा माघ अगाडि नै

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा ११ को वार्षिक परीक्षा माघ अगाडि नै.

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–११) महामारीका कारण स्थगित कक्षा ११ को परीक्षा आउँदो माघ महिना भन्दा अगाडि लिइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी कार्यविधिमा ढिलोमा २०७८ सालको वैशाख/जेठमा सञ्चालन हुने कक्षा १२ को परीक्षाको आवेदन फर्म भर्नुपूर्व नै कक्षा ११ को परीक्षा लिइसक्नुपर्ने व्यवस्था गरिएको छ । ‘बोर्डले सञ्चालन गर्ने कक्षा १२ […]

सिँचाइ कुलोमा सुवेदी मृत फेला

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सिँचाइ कुलोमा सुवेदी मृत फेला.

पाँचथर ।  फिदिमका एक व्यक्ति सिँचाइ कुलोमा मृत फेला परेका छन् । फिदिम नगरपालिका वडा नं.४ जोरसालका ५१ वर्षीय जगन्नाथ सुवेदी वडा नं. २ स्थित थाङसाङ खोलाबाट आफ्नो गाउँतर्फ लगिएको कुलोको पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् । सुवेदीलाई आज बिहान करीब ७ः३० बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेपछि प्रहरीमा खबर गरेका थिए । घटनाको […]