Sajhamanch Archive

दुई जिल्लामा ५ सय बढी संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on दुई जिल्लामा ५ सय बढी संक्रमित.

काठमाडौं । बुधबारसम्म पाँच जिल्ला कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संखुवासभा, भोजपुर,मुस्ताङ, रसुवा र मनाङ कोरोनमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्। मन्त्रालयका अनुसार दुई जिल्लामा भने कोरोनाका ५ सय बढी बिरामी रहेका छन्। कैलाली र रौतहट दुई जिल्लामा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् […]

मोरङका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मोरङका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु.

विराटनगर । धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो विराटनगरबाट रेफर गरिएका कोरोना संक्रमितको उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोनाका कारण मृत्यु भएका व्यक्ति मोरङको सुनवर्षी नगरपालिकाका हुन् । […]

६ कारण, जसले हामीलाई रोगी बनाउँछ !

Published: in टिप्स/जानकारी by . Leave a Comment on ६ कारण, जसले हामीलाई रोगी बनाउँछ !.

रोग लाग्नु वा रोगी जीवन बाँच्नु आफैमा पीडादायक अवस्था हो । परिवारमा एक जना व्यक्ति मात्र रोगी हुँदा सम्पूर्ण सदस्यको दैनिकी प्रभावित हुन्छ । मानसिक तनाव बढ्छ । हामी चाहन्छौं, स्वस्थ जीवन बाँचौं । सधै निरोगी भएर बाँचौं । सधै तन्दुरुस्त भएर बाँचौं । दीर्घ जीवन बाँचौं । तर, हाम्रो कामना विपरित अनेकथरी रोगले हामीलाई […]

बिर्तामोडमा निषेधाज्ञाको तयारी, बेलुका ५ बजेपछि बजार बन्द

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा निषेधाज्ञाको तयारी, बेलुका ५ बजेपछि बजार बन्द.

बिर्तामोड । कोरोना भाइरसको संक्रमण उच्च भएपछि बिर्तामोड नगरपालिकाले आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ । सम्भावित जोखिमलाई आँकलन गर्दै नगरपालिकाले निषेधाज्ञा अर्थात् कर्फ्यू लगाउनेसम्म तयारी गरेको हो । झापाको बाह्रदशी गाउँपालिकाका दुई जना कोरोना संक्रमित व्यवसायिक कामका सिलसिलामा बिर्तामोड आएको पुष्टि भएपछि समुदायमा संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । कोरोना भाइरस […]

करेन्ट लागेर तामाङको मृत्यु

Published: in समाज by . Leave a Comment on करेन्ट लागेर तामाङको मृत्यु.

बिर्तामोड । झापामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार करेन्ट लागेर आज बिर्तामोड नगरपालिका वडा नं.७ खालवारीका ५० वर्षीय सम्शेर तामाङको मृत्यु भएको हो । निर्माणाधीन घरमा मोटरबाट पानी लगाउने क्रममा आज दिउँसो तामाङलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई […]

संसद सचिवालयमा दिउँसो युट्युब र फेसबुक नचल्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on संसद सचिवालयमा दिउँसो युट्युब र फेसबुक नचल्ने.

काठमाडौं । संघीय संसद सचिवालयमा दिउँसोको समयमा युट्युब र सामाजिक सञ्जाल नचल्ने बनाइएको छ । खासगरी युट्युब र फेसबुक प्रयोगकर्ता बढी हुँदा अन्य काम गर्न इन्टरनेटको गति सुस्त भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म युट्युब र सामाजिक सञ्जाल बन्द गरिएको सचिवालयले जनाएको छ । ‘कार्यालय समय सुरु भएको एक घण्टा पछिदेखि दिउँसो ३ बजेसम्म […]

नेपालमा थप २१० जनामा कोरोना संक्रमण, १४६ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on नेपालमा थप २१० जनामा कोरोना संक्रमण, १४६ जना डिस्चार्ज.

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । ६ हजार ३७ जनामा परीक्षण गर्दा २१० जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा नेपालमा थप १४६ जना कोरोना संक्रमित निको […]

नेपाल पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपाल पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक.

काठमाडौं । आज अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा पनि मनाइँदै छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाइका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपालमा पनि २९ जुलाइको दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने गरिन्छ । सन् २०२२ भित्र बाघको संख्या दोब्बर पुर्याउने प्रतिबद्धता […]

पहिरोले पुरिएर आमा-छोरीको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पहिरोले पुरिएर आमा-छोरीको मृत्यु.

दाङ । दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले पुरिएर आमा–छोरीको मृत्यु भएको छ। वडा नम्बर ५ साकिनेमा घरमाथिबाट मंगलबार राति पहिरो आउँदा २४ वर्षीय बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुस्माको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वली जानकारी दिए। पहिरो आउँदा घरको आधा भाग भत्किएको अध्यक्ष वलीले बताए। घरमा पाँचजना बस्ने भए पनि आमा छोरी सुतेको […]

कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ६३ हजार

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले मृत्यु हुनेको संख्या ६ लाख ६३ हजार.

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ६३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ६३ हजार ४६५ जनाको मृत्यु भएको छ । त्यस्तै, हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या एक करोड ६८ लाख ९३ हजार २९३ रहेको छ भने कोरोना जितेर […]