Sajhamanch Archive

मनसुन शुक्रबारसम्म सक्रिय रहने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मनसुन शुक्रबारसम्म सक्रिय रहने.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान काठमाडौं र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पानी परिरहेको छ । काठमाडौंमा सामान्य वर्षा भइरहेको छ भने सुदूरपश्चिमका केही क्षेत्रमा भारी वर्षा भइरहको विभागकी मौसम विद् मञ्जु भासी बताउँछिन् । “मनसुन सक्रिय छ र यो चरण शुक्रबारसम्म रहने भएकाले प्रायः धेरै स्थानमा मौसम बदली रहने छ,” उनी […]

कर्मचारी समायोजनको समस्या अझै उस्तै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कर्मचारी समायोजनको समस्या अझै उस्तै.

काठमाडौँ । सरकारले कर्मचारी समायोजन टुङ्ग्याएको घोषणा गरेको लामो समय बिते पनि कर्मचारीको व्यवस्थापनमा समस्या भने घटेको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा दरबन्दीमा नै समायोजन गरी पठाएका कर्मचारी स्थानीय तहले मन्त्रालयमै फिर्ता पठाउन थालेका छन् । मन्त्रालयले पठाएको कर्मचारी स्थानीय तहमा आवश्यक नभएको भन्दै स्थानीय तहले पुनः मन्त्रालयमै फिर्ता पठाएपछि […]

विषालु च्याउ खाँदा एकै परिवारका चार जनाको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विषालु च्याउ खाँदा एकै परिवारका चार जनाको मृत्यु.

सुर्खेत । विषालु च्याउको तरकारी खाँदा जाजरकोटको कुशे गाउँपालिका वडा नं.१ स्याक्रीका एकै घरका चार जनाको मृत्यु भएको छ । विशालु च्याउको तरकारी खाएपछि ३ वर्षीया अञ्जना चलाउनेको गाउँमै ज्यान गएको थियो भने प्रदेश अस्पताल सुर्खेत ल्याइएका तीन जनाको उपचारका क्रममा ज्यान गएको हो । सोमबार जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा टेकबहादुर चलाउनेसहित परिवारका ८ […]

प्रधानमन्त्री ओली पुगे वामदेव गौतमको निवास

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली पुगे वामदेव गौतमको निवास.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटी पुगेका छन् । उनी केहीबेरअघि गौतमको निवास भैँसेपाटी पुगेका हुन् । नेकपामा देखिएको विवाद बढ्दै गएपछि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीइतर समूहको बैठक बसेको थियो । सो बैठकअघि नेता गौतमले पार्टी एकता कायमै राख्नेगरी ६ बुँदे प्रस्ताव अघि सारेका थिए । त्यसलगत्तै बैठकमा […]

अष्ट्रेलियाको डढेंलो आधुनिक इतिहासकै सर्वाधिक ठूलो वन्यजन्तु प्रकोप

Published: in विश्व समाचार by . Leave a Comment on अष्ट्रेलियाको डढेंलो आधुनिक इतिहासकै सर्वाधिक ठूलो वन्यजन्तु प्रकोप.

एजेन्सी । अष्ट्रेलियामा गत वर्ष निम्तिएको विनाशकारी डढेंलोका कारण झन्डै ३ अर्ब जनावरहरु मारिएको वा अन्यत्र बसाई रहेको अनुमान वैज्ञानिकहरुले लगाएका छन् । यस खोजीको अर्थ यो डढेंलो ‘आधुनिक इतिहासको सबैभन्दा विध्वंशकारी वन्यजन्तु प्रकोप’ रहेको वल्र्डवाइड फन्ड फर नेचर (डब्ल्युडब्ल्युएफ) ले जनाएको छ । यो रिपोर्ट डब्लयुडब्ल्युएफले नै तयार गरेको हो । अष्ट्रेलियाका हरेक राज्यमा […]

धनुषामा किशोरी बलात्कृत

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on धनुषामा किशोरी बलात्कृत.

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक किशोरीमाथि बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारी अनुसार सोमबार राति क्षीरेश्वरनाथ नगरपालिका वडा नं.३ मङ्गलपुर बस्ने १८ वर्षीया एक किशोरीमाथि बलात्कार भएको हो । राति १० बजे शौच गर्न घरबाट निस्केको मौका छोपी आफूलाई डर धाकधम्की दिएर क्षीरेश्वरनाथ नपा–३ मङ्गलपुर बस्ने २८ वर्षीया कलाम राइनले […]

अब रिचार्ज गर्दा २ प्रतिशत स्वामित्व शुल्क

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अब रिचार्ज गर्दा २ प्रतिशत स्वामित्व शुल्क.

काठमाडौं । नेपाल टेलिमको पोस्टपेड सिमकार्ड बाहकलाई केही दिनदेखि सन्देश आइरहेको छ, ‘अब प्रत्येक रिचार्जमा २ प्रतिशत ‘स्वामित्व शुल्क लाग्ने छ ।’ अर्थात् अब पोष्टपेड मोबाइल रिचार्ज गर्दा कर लाग्छ । यस्तो कर रिचार्ज गरेकै बेलामा काटिनेछ । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार यस्तो कर यसअघि प्रिपेड सिमबाहकसँग मात्र लिइन्थ्यो । तर यो वर्ष […]

टिकटकका पाँच जना प्रभावशाली महिला पक्राउ

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on टिकटकका पाँच जना प्रभावशाली महिला पक्राउ.

एजेन्सी । इजिप्टको एक अदालतले पाँच सामाजिक सञ्जालका पाँच जना प्रभावशाली महिलाहरुलाई सार्वजनिक नैतिकता उल्लंघन गरेको आरोपमा २ वर्षको जेल सजाय सुनाएको छ । भिडियो सेयरिङ एप टिकटकमा पोष्ट गरिएको भिडियोका आधारमा हनिन होसाम, मोवाडा अल–अद्दामसहित अन्य तीन जनालाई सो सजय सुनाइएको हो । अलजजिराका अनुसार उनीहरुलाई १८ हजार ७५० डलर जरिवाना पनि सुनाइएको छ […]

सीटीईभीटीको परीक्षा भदौ दोस्रो साताबाट

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on सीटीईभीटीको परीक्षा भदौ दोस्रो साताबाट.

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद् (सीटीईभीटी)ले लकडाउनका कारण स्थगित परीक्षा भदौ दोस्रो साताबाट सुरु गर्ने भएको छ । सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना र भौतिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको सीटीईभीटीद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ । परीक्षाको विस्तृत तालिका भने केही दिनपछि मात्रै प्रकाशित हुने जनाइएको छ । […]

सुनीलबहादुर थापा कांग्रेसमा प्रवेश

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सुनीलबहादुर थापा कांग्रेसमा प्रवेश.

काठमाडौं । गत शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापा मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापालाई पार्टी सदस्यता प्रदान गरे । सो कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार पनि सहभागी थिए ।