Sajhamanch Archive

सबै रुटमा तुरुन्तै सार्वजनिक सवारी खोल्न व्यवसायी र मजदुरहरुको माग

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सबै रुटमा तुरुन्तै सार्वजनिक सवारी खोल्न व्यवसायी र मजदुरहरुको माग.

काठमाडौं । यातायात व्यवसायी र मजदुरहरुले तुरुन्तै सबै खालका लामो, मध्यम र छोटो दूरीका सबै सार्वजनिक सवारी खोल्ने वातावरण बनाउन माग गरेका छन् । सरकारले भदौ १ गतेदेखि लामो र मध्यम दूरीका सवारी पनि चलाउने निर्णय गरेको छ । अहिले सम्बन्धित जिल्ला र काठमाडौं उपत्यकाभित्रको सवारी मात्रै सवारी चलिरहेको छ । यसले गर्दा जिल्लाभित्रको लामो […]

कोरोनाबाट नेपालमा थप तीनजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट नेपालमा थप तीनजनाको मृत्यु.

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक भारतीय नागरिकसहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज बाराको फेटा गाउँपालिका वडा नं.३ का ६० वर्षिय पुरुषको त्रिवि शिक्षण अस्पतालमा आज उपचारका क्रममा मृत्यु भएको हो। उनी निमोमिया, […]

पूर्वाञ्चल विश्वविद्यालयले भन्याे- अवस्था सामान्य नहुँदासम्म परीक्षा हुँदैन

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on पूर्वाञ्चल विश्वविद्यालयले भन्याे- अवस्था सामान्य नहुँदासम्म परीक्षा हुँदैन.

विराटनगर । पूर्वाञ्चाल विश्वविद्यालयले भदौदेखि गर्ने भनेको परीक्षा स्थगित गरेको छ। लकडाउन खुलेसँगै विश्वविद्यालयले भदौ पहिलो सातादेखि परीक्षा गर्ने कार्यतालिका प्रकाशित गरेको थियो। कोरोना संक्रमणका कारण केही जिल्लामा सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा अवस्था सामान्य नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरेको परीक्षा नियन्त्रक प्राध्यापक डाक्टर सूर्यप्रसाद संग्रौलाले बताए। सरकारले लकडाउन खोलेपछि साउन ४ गते विश्वविद्यालयको परीक्षा […]

सडक प्रदर्शन गर्ने इनफ इज इनफको घोषणा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सडक प्रदर्शन गर्ने इनफ इज इनफको घोषणा.

काठमाडौं । इनफ इज इनफ अभियानले भोलिदेखि सडक प्रदर्शन गर्ने भएको छ । १२ दिन लामो अनसन तोड्ने क्रममा भएको सहमतिअनुसार कोरोना परीक्षणसम्बन्धी निर्देशिका संशोधन नभएपछि ईः सहितका युवाहरु फेरि अनसनमा बसेका छन् । बसन्तपुरमा अनसन थालेको १० दिन भइसक्दा पनि सरकार मौन बसेकाले भोलिबाट सडक आन्दोलन गर्न लागिएको अभियानले जनाएको छ । स्रोत : […]

रमाईलो ग्रुपद्वारा वृद्धाश्रममा खाद्यान्न वितरण

Published: in लोकप्रिय, समाज by . Leave a Comment on रमाईलो ग्रुपद्वारा वृद्धाश्रममा खाद्यान्न वितरण.

बिर्तामोड । सामाजिक सञ्जालमार्फत एकजुट भएका युवाहरूको ग्रुपले वृद्धाश्रममा रहेका आमाबुबाका लागि खाद्यवस्तु वितरण गरेका छन् । विश्व आमाबुबा दिवसको उपलक्ष्य पारेर रमाइलो ग्रुप परिवारले बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रमा आश्रित आमाबुबाहरुका लागि चामल, दाल, तेल र फलफूल वितरण गरेको ग्रुपका एडमिन कृष्ण घिमिरेले बताएका छन् । उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्नकै लागि ग्रुपको सुरुवात […]

थप १३९ जनामा कोरोना संक्रमण, ६२६ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १३९ जनामा कोरोना संक्रमण, ६२६ जना डिस्चार्ज.

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त रहनेको संख्या १३ हजार ७५४ पुगेको छ । त्यस्तै, क्वारेन्टिनमा १६ हजार ३७९ जना रहेका […]

किन आवश्यक उमेर अनुसार स्वास्थ्य परीक्षण ?

Published: in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on किन आवश्यक उमेर अनुसार स्वास्थ्य परीक्षण ?.

हामीकहाँ नियमित स्वास्थ्य परीक्षण गर्ने प्रवृत्ति पाइदैन । अस्पताल वा स्वास्थ्य सेवाको पहुँच सहज नभएका कारण पनि धेरैले रोग पालेर बसेका छन् । कुनै न कुनै शारीरिक समस्याबाट गुज्रिरहेका छन् । गंभिर रोग लागिसकेपछि मात्र अस्पताल धाउने गरिन्छ । यद्यपि कुनैपनि रोगले थलिनुअघि नै स्वस्थ्य परीक्षण गरिरहने हो भने संभावित रोगबारे सुरुमै थाहा हुन्छ र […]

आजबाट मनसुन सक्रिय

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजबाट मनसुन सक्रिय.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजबाट शुक्रबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय हुँदा केही जिल्लाहरुमा ‘धेरै भारी’ वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा निरन्तर वर्षा भइरहेको छ । चितवन, धादिङ, […]

मेचीनगरमा कोरोनाको ‘मासटेस्टिङ’

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा कोरोनाको ‘मासटेस्टिङ’.

मेचीनगर । समुदायमा कोरोना सङ्क्रमण फैलिएको आशङ्कामा  मेचीनगरमा आइतबारबाट ‘मास टेस्टिङ’ शुरु गरिएको छ । आइतवार पहिलो दिन फ्रन्टलाइनमा कार्यरत सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, होटल व्यवसायी, पत्रकार, सवारी चालक र सर्वसाधारण गरी ११७ जनाको स्वाव सङ्कलन गरिएको हो । नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नविन बरालले समुदायमा कोरोनाको सङ्क्रमण छ कि छैन भनेर पत्ता लगाउन मास टेस्टिङ […]

कोरोना संक्रमणबाट धनुषामा एक युवकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट धनुषामा एक युवकको मृत्यु.

जनकपुरधाम । धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका वडा नं.८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको थियो । प्रदेश २ को स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय […]