एजेन्सी । इटालियन जाइन्ट युमेन्टस लगातार नवौं सिजन इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । घरेल मैदान एलिएन्ज एरिनामा साम्पडोरियामाथि २–० को जित निकाल्दै युभेन्टस दुई खेल बाँकी छदै सिरी ‘ए’ च्याम्पियन बनेको हो । युभेन्टसलाई च्याम्पियन बनाउन क्रिस्टियानो रोनाल्डो र फेडरिको बर्नरडेस्चीले गोल गरे । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पाहुना टोलीलाई […]
काठमाडौँ । स्थानीय तहले आउँदो भदौदेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्ने आन्तरिक तयारी थालेका छन् । विद्यार्थीलाई मास्क अनिवार्य र सेनिटाइजर विद्यालयले व्यवस्था गर्ने गरी नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले यस्तो आन्तरिक तयारी थालेका हुन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहको परिस्थितिअनुसार विद्यालय खोल्ने तयारी गर्न […]
काठमाडौं । नेपालमा हालसम्म कोरोना भाइस (कोभिड-१९) संक्रमणबाट ६ जिल्ला कोरोनामुक्त भएका छन् भने तीन जिल्लामा पाँच सय बढी बिरामी रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कैलाली, रौतहट र बाजुरामा कोरोना भाइरसका ५ सय बढी बिरामी रहेको छन् भने भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मुस्ताङ र मनाङ कोरोना शून्य रहेको जानकारी दिए। मन्त्रालयका […]
भोक लाग्नुलाई स्वस्थ्य जीवनको सूचक मानिन्छ । भोक नै नलाग्नु वा खानामा अरुची हुनुले स्वास्थ्यमा कुनै गडबडी भएको संकत दिन्छ । भोक लागेपछि हामी केही न केही खान्छौं । भोक मेटिन्छ । त्यसपछि निश्चित समयसम्म हामीलाई भोक लाग्दैन । तर, कहिले काहीँ हामीलाई बारम्बार भोक लागेको महसुष हुन्छ । खाना खाएको केही समयमै फेरी खानेकुराको […]
काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक १८ हजार जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्न सकिने जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा देशभरी रहेका सरकारी र निजी प्रयोगशालाबाट तथ्यांक लिँदा दैनिक १८ हजारको परीक्षण गर्न सकिने बताएका हुन्। ‘प्रयोगशालाहरूको पिसिआर क्षमता सम्बन्धी रेकर्ड लिँदा दैनिक १८ हजारको परीक्षण गर्न सकिने देखिएको […]
काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ६२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ६२ लाख ४५ हजार ५८४ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ४९ हजार २७३ पुगेको छ भने कारोना जितेर ९९ लाख ४३ हजार ९१४ जना […]
काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ मा समग्र वैदेशिक व्यापार घाटामा सुधार देखिएको छ । २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ११ खर्ब ६४ करोड रुपैयाँको व्यापार घाटा भएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो । यो वर्ष व्यापार घाटामा १६.७१ प्रतिशतको सुधार देखिएको […]
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले विद्यार्थीको कोराना विमा गर्न माग गरेको छ । अनेरास्ववियूको केन्द्रीय टोलीले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले स्वास्थ्य बिमा बापत तिरेको रकमबाट सम्पूर्ण विद्यार्थीको कोराना बिमा गर्न माग गरेको छ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई परीक्षा नियन्त्रण कार्यालय परिसर बल्खुमा आइतबार ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूले सो माग गरेको […]
मेचीनगर । लोपोन्मुख जाति मेचे समुदायका बालबालिकालाई दिदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गरिएकोमा उक्त समुहले विरोध गरेका छन् । आज झापाका मेचे समुदायका अगुवाहरुले मेचीनगर नगरपालिकामा ज्ञापन पत्रसमेत बुझाएका हुन् । मेचे सिवायारी आफत नेपालका अध्यक्ष रञ्जित मेचेको नेतृत्वमा गएको टोलीले नगरप्रमुख विमल आचार्यलाई बालबालिकालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गरेकोमा ध्यानआकर्षणसहितको ज्ञापनपत्र […]
काठमाडौं । काठमाडौंको बाफलमा एसिड आक्रमणमा परेकी ओखलढुंगाकी पवित्रा कार्कीको उपचारमा सरकारले सघाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले घाइते युवतीको स्वास्थ्य अवस्थाबारे अस्पतालमै पुगेर जानकारी लिएपछि यस्तो उपचार खर्चको व्यहोर्ने आश्वासन दिएका हुन् । कीर्तिपुर अस्पतालमा पुगेर मन्त्री ढकालले भने ‘तपाईंको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ । घटनामा संलग्नलाई हदैसम्मको […]