Sajhamanch Archive

निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छाड्दैनौँ : प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छाड्दैनौँ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैतडीकी भागरथी भट्टको हत्यारालाई कार्बाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार बुटवलमा आयोजित सभामा उनले भट्टको हत्यारालाई पानीमुनि गए पनि नछोड्ने बताए । “निर्मला हत्याकाण्ड होस् या भागरथी हत्याकाण्ड । यस्ता हत्याकाण्डका अपराधिलाई पानीमुनि गए पनि छोडिने छैन । विश्वका कुनै भागमा पुगे पनि छोडिने छैन । […]

५७ जनामा कोरोना सङ्क्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ५७ जनामा कोरोना सङ्क्रमण.

झापा । पछिल्लो २४ घण्टामा देशभर थप ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । एक हजार नौ सय जनाको पीसीआर परीक्षण भएकोमा ५७ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ६ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा […]

भारतद्वारा विश्व समुदायलाई दुई करोड २२ लाख खोप हस्तान्तरण

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतद्वारा विश्व समुदायलाई दुई करोड २२ लाख खोप हस्तान्तरण.

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप विकास गरेको भारतले विश्व समुदायलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको छ । भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको हो । विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने, ‘भारतले आजको मितिसम्म दुई करोड २९ लाखभन्दा बढी खोप विश्व समुदायलाई […]

बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन.

काठमाडौं । बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा शनिबार पनि युवायुवतीले प्रदर्शन गरेका छन् । आँखामा कालोपट्टी बाँधेर विरोध प्रदर्शनमा उत्रिएका युवतीहरुले बलात्कारी हत्याराहरुलाई सार्वजनिक गर्न र पीडितलाई न्याय दिन माग गर्दै नाराबाजी गरेका हुन् । उनीहरुले केही समय धर्ना समेत दिएका थिए । उनीहरुको पछाडि मुखमा कालो टेप लगाएका युवतीहरु थिए । […]

‘इन्गेजमेन्ट’ गरेपछि टुटेको थियो अक्षयसँग यी अभिनेत्रीको सम्बन्ध

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ‘इन्गेजमेन्ट’ गरेपछि टुटेको थियो अक्षयसँग यी अभिनेत्रीको सम्बन्ध.

एजेन्सी । बलिउड सेलिब्रेटीका प्रेमसम्बन्ध, ब्रेकअपका किस्साहरु धेरै सुन्ने गरिन्छ । जसमध्ये अभिनेता अक्षय कुमारको प्रेमसम्बन्ध पनि चर्चामा आउने गर्छ । अक्षयको अभिनेत्री रविना टंडनसँग प्रेमसम्बन्ध गाँसेका थिए । उनीहरुको भेट मोहरा फिल्मको सेटमा भएको थियो । उनीहरुले गोप्य रुपमा नै सम्बन्धलाई प्रगाढ बनाए । प्रेमसम्बन्ध गाढा भएपछि उनीहरुले मन्दिरमा गएर गोप्य रुपमा इन्गेजमेन्ट गरे […]

उपलब्धिलाई गुम्‍न दिँदैनौँ, आवश्यक परे फेरि बलिदान दिन तयार छौँ : प्रचण्ड

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपलब्धिलाई गुम्‍न दिँदैनौँ, आवश्यक परे फेरि बलिदान दिन तयार छौँ : प्रचण्ड.

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दशक लामो उपलब्धिलाई गुम्न नदिने बताएका छन् । पेरिसडाँडामा आयोजित शहीद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘उपलब्धिलाई गुम्‍न दिँदैनौँ, फेरि पनि बलिदान दिन तयार छौँ भनेर संकल्प गर्ने दिन आवश्यक छ ।’ केपी ओलीहरूले हजारौँ शहीदहरूले बगाएको रगतबाट बनेको संविधान र […]

सामाजिक सञ्जालमा कडाइ गर्दै सरकार

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सामाजिक सञ्जालमा कडाइ गर्दै सरकार.

काठमाडौं । सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्नेगरी सामाजिक सञ्जाल तथा अनलाइनमा कडाइ गर्ने तयारी गरेको छ । सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने ध्येयसहित सरकारले सामाजिक सञ्जाल तथा अनलाइनलाई नियन्त्रण गर्न ‘सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी निर्देशिका २०७७’ ल्याउन लागेको हो । निर्देशिकाको मस्यौदासमेत तयार भएको छ । सरकारले निर्देशिकालाई मन्त्रिपरिषद्बाट पारित गरेर चाँडो कार्यान्वयनमा ल्याउने तयारी गरिएको जनाएको छ […]

कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या आठ करोड नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या आठ करोड नाघ्यो.

एजेन्सी । विश्वमा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ करोड नाघेको छ । १४ महिनाअघि सुरु भएको कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि औषधि तयार भइनसके पनि उपचार विनै तथा लक्षणअनुसारको उपचारबाट आठ करोडभन्दा धेरै सङ्क्रमित निको भएका हुन् । विश्वका सबैजसो ठाउँमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म १० करोड ८३ लाख ३५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि […]

आज जनयुद्ध दिवस मनाइँदै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आज जनयुद्ध दिवस मनाइँदै.

काठमाडौं । तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६औं वर्षगाँठ मनाइँदैछ । वि.सं.२०५२ साल फागुन १ गतेदेखि शुरू भएको सशस्त्र विद्रोह २०६२/६३ सालको जनआन्दोलनसँगै अन्त्य भएको थियो । संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको […]

इटहरीका एक दर्जन मेनपावरमा छापा, बन्द गराइयो दुई मेनपावर

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on इटहरीका एक दर्जन मेनपावरमा छापा, बन्द गराइयो दुई मेनपावर.

सुनसरी । वैदेशिक रोजगार विभागले इटहरीमा सञ्चालित एक दर्जन मेनपावर कम्पनीमा शुक्रबार छापा मारेको छ । यसक्रममा दुईवटा मेनपावर कम्पनी बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । अवैध रुपमा शाखा सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा विभागले मेनपावर कम्पनीहरूमा छापा मारेको हो । विभागका अनुसार इटहरीको एचआर मेनपावर कम्पनी र मेमोरियल मेनपावर कम्पनीमा शिलबन्दी […]