Sajhamanch Archive

भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गयो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गयो.

विराटनगर । भरुवा बन्दुक पड्किएर उदयपुरमा एकजनाको ज्यान गएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नं.५ जातेमा भरुवा बन्दुक पड्किएर स्थानीय विद्याराज राईको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख भीमबहादुर दाहालका अनुसार आफ्नै घरमा भरेर राखेको बन्दुक पड्किँदा राईको घटनास्थलमै ज्यान गएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको दाहालले बताए । […]

निर्मला हत्याको दुई वर्ष : न दोषी पहिचान, न परिवारले पाए न्याय

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निर्मला हत्याको दुई वर्ष : न दोषी पहिचान, न परिवारले पाए न्याय.

कैलाली । साथी कहाँ गृहकार्य गर्न गएकी कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्त अवेरसम्म घर आइनन् । परिवार र छिमेकीले खोज्दा पनि नभेटिएकी उनको शव भोलिपल्ट अर्थात ११ साउन २०७५ मा भीमदत्त नगरपालिका-२ र १८ को सिमाना पर्ने निम्बुखेडा खोलानजिक उखु बारीमा भेटियो । पन्तको बलात्कारपछि हत्या भएको प्रहरीले ठहर छ । तर घटनाको दुई बर्ष […]

थप १०९ जनामा कोरोना संक्रमण, १०६ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १०९ जनामा कोरोना संक्रमण, १०६ जना डिस्चार्ज.

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ०९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप १०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त रहनेको संख्या १३ हजार ५३ पुगेको छ । विगत २४ घण्टामा २८ वटा प्रयोगशालाबाट ४ […]

नेपाल भारत सीमामा झडप

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपाल भारत सीमामा झडप.

रौतहट । परोहा नगरपालिका वडा नं.८ नरकटियाको नेपाल भारत सीमा क्षेत्रमा झडप भएको छ । सीमा क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुमाथि भारतीय पक्षले हातपात गरेपछि झडप भएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन १० चैत, २०७६ देखि सीमा नाका बन्द छ । तर भारतीय महिलाहरु घाँस काट्न नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र […]

नाबालिकालाई बन्धकपछि करणी गरेको आरोपमा देवर–भाउजू पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on नाबालिकालाई बन्धकपछि करणी गरेको आरोपमा देवर–भाउजू पक्राउ.

ताप्लेजुङ । नाबालिकालाई अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले देवर–भाउजूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं.४ का ३५ वर्षीय शंकर लुईंटेल र ३८ वर्षीया गोमा कार्की लुईटेल रहेका छन्। परिवारको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले बताए। जाहेरीमा २०७५ मंसिर १० गते […]

अनियमित महिनावारीको भय

Published: in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on अनियमित महिनावारीको भय.

अनियमित महिनावारीकै कारण महिलाहरुमा बाझोपना, ओभरीयन सिष्ट लगायतका गम्भीर समस्या देखिने गर्छ । अनियमित महिनावारीका कारण धेरैलाई  महिनावारीको बीचको समयमा रक्तश्राव हुने समस्या हुन्छ । आकस्मिक रुपमा प्रयोग गरिने गर्भनिरोधक चक्कीको प्रयोगले पनि यो समस्या हुन्छ । त्यसबाहेक, अण्डकोषमा सिस्ट भएमा वा गर्भाशयमा क्यान्सर भएमा पनि यो समस्या निम्तने गर्छ । कम रक्तश्राव धेरै रक्तश्राव […]

खुकुरी प्रहार गरी भृकुटीबजारका आचार्यको हत्या

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on खुकुरी प्रहार गरी भृकुटीबजारका आचार्यको हत्या.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीबजारमा बाम्फोक (खुकुरी) प्रहार गरी आज एक ब्यक्तिको हत्या भएको छ । स्थानीय ५० वर्षीय नारायण आचार्यले सञ्चालन गरेको कपडा पसलमा नै आएर गर्धनमा बाम्फोक (खुकुरी) प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थावपाले जनाएका छन् । घाइते आचार्यको उपचारका लागि बिर्तामोड ल्याउँदै […]

प्रदेश १ मा ३३ जना कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३३ जना कोरोना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा शुक्रबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार झापामा २५, सुनसरीमा ६, मोरङ र धनकुटामा एक- एक जनामा संक्रमण देखिएको छ । झापाको मेचीनगरमा १७ पुरुष र एक महिला,त्यस्तै झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाकामा तीन-तीन जना पुरुष तथा बिर्तामोड नगरपालिकामा एक जना पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ […]

समुदायमा फैलियो कोरोना : मुख्यमन्त्री राई

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on समुदायमा फैलियो कोरोना : मुख्यमन्त्री राई.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समुदायमा कोरोना संक्रमण फैलिएको बताएका छन् । शुक्रबार जारी अधिवेशनको अन्तिम बैठकमा सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले प्रदेश १ मा समुदायस्तरमै कोरोना फैलिएको बताएका हुन । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि निरन्तर काम गरिरहेको बताउँदै उनले भने, ‘संक्रमण जनस्तरमा पुग्यो भन्नेमा हामी पुगेका छौं ।’ कोरोना संक्रमण […]

त्रिविमा व्यवस्थापन संकायको परीक्षा भदौ दोस्रो सातादेखि

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on त्रिविमा व्यवस्थापन संकायको परीक्षा भदौ दोस्रो सातादेखि.

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायले यसअघि स्थगित भएको स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने भएको छ । व्यवस्थापन संकायको डीन कार्यालयले शुक्रबार सूचना जारी गरी स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो हप्तादेखि र स्नातक प्रथम, दोस्रो, पाँचौं तथा सातौं तहका सत्रान्त परीक्षा भदौ तेस्रो साता सञ्चालन गर्ने बताएको छ । नयाँ परीक्षा तालिका […]