Sajhamanch Archive

कोशी अस्पतालको आइसोलेसनमा महिलाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on कोशी अस्पतालको आइसोलेसनमा महिलाको मृत्यु.

विराटनगर । बिहीबार विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएर आइसोलेसनमा भर्ना भएकी सुनसरी इनरुवा नगरपालिका वडा नं.३ कि ४० वर्षकी महिलाको शुक्रबार मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । महिलाको मृत्यु भइसकेपछि मात्र स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । […]

कांग्रेसले भन्यो : लकडाउन खोल्दा सरकारले अनुत्तरदायी व्यवहार प्रदर्शन गर्‍यो

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसले भन्यो : लकडाउन खोल्दा सरकारले अनुत्तरदायी व्यवहार प्रदर्शन गर्‍यो.

काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीको संक्रमण रोकथाम नियन्त्रणका लागि लागु गरेको लकडाउन खोल्दा सरकारले अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको टिप्पणी गरेको छ । कांग्रेसले गठन गरेको कोभिड–१९ अनुगमन समितिले लकडाउन खोल्दा सरकारले तदर्थवादी र अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको टिप्पणी गरेको हो । आमजनजीवनले राहत महसुस गरे पनि बढ्दो संक्रमणकाबीच खोलिएको लकडाउनले संक्रमणको विस्तार हुन सक्ने […]

सहकारीले ऋण तिर्ने भाखा सार्न सक्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सहकारीले ऋण तिर्ने भाखा सार्न सक्ने.

काठमाडौं । सहकारी विभागले २०७७ असार मसान्तसम्म असुल हुन नसकेको कर्जाको किस्ता तिर्ने समय ६ महिनासम्म सार्न सहकारीहरुलाई निर्देशन दिएको छ । विभागले शुक्रबार सहकारी संस्थाहरुलाई १० बुँदे मार्गदर्शन पठाउँदै ऋणीको आवश्यकता र व्यवसाय सञ्चालन हुन लाग्ने समय र जोखिमको मुल्याङ्कन गरी सञ्चालक समितिको निर्णयानुसार बढीमा ६ महिनासम्म भाखा सार्न आग्रह गरेको हो । तर […]

थप १३३ जनामा कोरोना संक्रमण, १०७ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १३३ जनामा कोरोना संक्रमण, १०७ जना डिस्चार्ज.

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप १०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त रहनेको संख्या १२ हजार ९४७ पुगेको छ । विगत २४ घण्टामा २८ वटा प्रयोगशालाबाट ३ […]

११ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on ११ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ.

कैलाली । कञ्चनपुरमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले जनाएको छ । जबरजस्ती करणीमा मुद्दा दर्तासमेत भइसकेको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । स्रोत : अनलाइनखबर

प्रदेश १ मा डिजिटल माध्यमबाट अनुगमन

Published: in प्रदेश तह, समाज by . Leave a Comment on प्रदेश १ मा डिजिटल माध्यमबाट अनुगमन.

विराटनगर । प्रदेश १ सरकार मातहत रहेका कार्यालय र मन्त्रालयको कामको अनुगमनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ‘चिफ मिनिस्टर ड्यास बोर्ड’ सञ्चालनमा ल्याएको छ । शुक्रबार ड्यास बोर्डको सुभारम्भ गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अनुगमनका लागि डिजिटल माध्ययम तयार भएको बताए । स्वीस सरकारको सहयोगमा निर्माण गरेको ड्यासबोर्डबाट प्रदेश सरकार मातहतका मन्त्रालय र […]

प्रदेश सांसदको प्रश्‍न– न्यायको तराजु समाउने न्यायमूर्तिज्यू ! महिला मारिँदा न्याय खोज्‍न कहाँ जानु ?

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रदेश सांसदको प्रश्‍न– न्यायको तराजु समाउने न्यायमूर्तिज्यू ! महिला मारिँदा न्याय खोज्‍न कहाँ जानु ?.

विराटनगर । सर्वोच्च अदालतले पत्नी हत्यामा सजाय पाई जेलमा रहेका पूर्वडीआईजीलाई रिहा गरेको विषयमा प्रदेश १ को संसदमा गम्भीर प्रश्न उठाइएको छ । संसदको आजको बैठकमा सहभागी सांसदले पत्नी हत्या गरेकालाई सर्वस्वसहित जन्मकैद गर्नू भन्ने तल्लो अदालतको निर्णयलाई उल्ट्याएर छुट्कारा दिलाउने सर्वोच्च निर्णयले जनमानसमा अदालतप्रतिको विश्वसनीयतामाथि प्रश्न उठेको बताए । नेकपाकी सांसद अम्बिका थापाले भनिन्, […]

खराब जीवनशैलीले यौन जीवन प्रभावित

Published: in टिप्स/जानकारी by . Leave a Comment on खराब जीवनशैलीले यौन जीवन प्रभावित.

एकातिर दौडधुप, तनाव, धपेडी, अनेक आकंक्षा अर्कोतिर ऐश–आरम, सुविधा, मदिरापान, फास्टफुड सेवन । आधुनिकताको नाममा अपनाइएको यस्तै जीवनशैलीले अहिले धेरै कुरालाई अस्तव्यस्त बनाएको छ । त्यसमध्ये एक हो, दम्पतीबीचको यौन जीवन पनि । राती अबेरसम्म बस्ने प्रवृत्ति, मोबाइल जस्ता ग्याजेट्सको बढ्दो प्रयोगले पनि दम्पतीको रात्री जीवन विथोल्दैछ । आधुनिक सुख–सुविधा र उपकरणहरुको प्रयोग जति तिब्रताको […]

प्रहरीमा बढ्दै जोखिम, ६ इन्स्पेक्टरसहित ११६ संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रहरीमा बढ्दै जोखिम, ६ इन्स्पेक्टरसहित ११६ संक्रमित.

काठमाडौं । मुलुकका विभिन्‍न जिल्लाका ११६ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमा ६ इन्स्पेक्टर, ८ सई, ७ असई, ३६ हवल्दार, ५८ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् । जसमध्ये दुई महिला र ११४ पुरुष छन् । संक्रमित प्रहरीमा काठमाडौंका ९, भक्तपुरका १, धनकुटाका २, मोरङका ५ , बाराका ७, धनुषाका १२ , सर्लाहीका […]

बालिका बलात्कार गर्ने वृद्ध प्रहरी नियन्त्रणमा

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बालिका बलात्कार गर्ने वृद्ध प्रहरी नियन्त्रणमा.

विराटनगर । अपांगात भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको केराबारी गाउँपालिका–५ का एक वृद्धलाई बिहीबारराति पक्राउ गरेको छ । प्रहरीले कारबाही अघि बढाउन आवश्यक अनुसन्धानका लागि ६३ वर्षीय रामकुमार लिम्बूलाई राति १० बजे नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा ल्याइएको हो । बलात्कार गर्दै गरेको देख्ने प्रत्यदर्शीले घटनाका बारेमा प्रहरीलाई जानकारी दिएपछि […]