Sajhamanch Archive

प्राकृतिक विपद्‍मा मृत्यु हुनेका परिवारलाई सरकारले दुई लाख दिने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्राकृतिक विपद्‍मा मृत्यु हुनेका परिवारलाई सरकारले दुई लाख दिने.

काठमाडौं । बाढी–पहिरो जस्ता विपद्मा परेर ज्यान गुमाउनेका परिवारलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले २ लाख दिने निर्णय सरकारले गरेको छ । साउन ५ मा बसेको मन्त्रिपरिषद्को बैठकले ‘राहत सम्बन्धी मापदण्ड ०६४’लाई संशोधन गरी ‘विपद् पीडित उद्धार र राहत मापदण्ड ०७७’ स्वीकृत गर्दै सो अधिकार दिएको हो । विपद्मा परेर परिवारमा १ जनाको मृत्यु भएमाा […]

अलास्कामा शक्तिशाली भूकम्प

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अलास्कामा शक्तिशाली भूकम्प.

एजेन्सी ।अमेरिकाको अलास्का प्रायद्वीपमा शक्तिशाली भूकम्प गएको छ । करिब ६ः१२ जीएमटीमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पनको केन्द्रविन्दु एंकोरेजभन्दा ५ सय माइल दक्षिणपश्चिम र पेरीभिलभन्दा ६० माइल दक्षिण पूर्व रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । भूकम्पपछि केन्द्रविन्दुको २ सय माइल क्षेत्रफलमा सुनामीको चेतावनी जारी गरिएको छ । यो चेतावनी दक्षिण अलास्का र […]

बिहीबारदेखि अनलाइन कक्षा पुनः सञ्चालन हुने

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on बिहीबारदेखि अनलाइन कक्षा पुनः सञ्चालन हुने.

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विभिन्न माग राखेर अवरुद्ध गरेको अनलाइन कक्षा पुनः सञ्चालन गर्ने भएका छन् । निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत विद्यालय शिक्षक युनियनले ८ साउनदेखि अनलाइन कक्षा चलाउने निर्णय गरेको हो । १ भदौबाट मात्रै विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाइने […]

क्रिएटिभ नेप्लिज युथद्वारा आत्महत्या न्युनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम

Published: in लोकप्रिय, समाज by . Leave a Comment on क्रिएटिभ नेप्लिज युथद्वारा आत्महत्या न्युनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम.

बिर्तामोड । क्रिएटिभ नेप्लिज युथको आयोजनामा बिर्तामोडमा आज आत्महत्या न्युनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मनतरङ्ग परियोजना अन्तर्गत नाटक हेडलाइन मञ्चन गरिएको थियो । आयुस प्याकुरेलले निर्देशन गरेको नाटकमा रोहित घटराज, कल्याण थापा, रिया प्रसाई, सिमरन बुढाथोकी, ओसिन श्रेष्ठ, नेहा भण्डारी, सुचित पाण्डे लगायतले अभिनय गरेका छन् । आत्महत्या न्युनिकरण गर्न सञ्चारमाध्यम […]

कोरोनाबाट चिनियाँ नागरिकसहित दुई जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट चिनियाँ नागरिकसहित दुई जनाको मृत्यु.

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट चिनियाँ नागरिकसहित थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका ६० वर्षीय पुरुषको साउन ६ गते निधन भएको हो । खोकी, उच्च […]

विदेशबाट ५७० जना नेपाल फर्किए

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on विदेशबाट ५७० जना नेपाल फर्किए.

काठमाडौं । बुधबार अन्तर्राष्ट्रिय उडानबाट कुल ५ सय ७० जना नेपाल आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले क्वालालाम्पुरबाट २६४ जना यात्रु लिएर नेपाल आएको छ । हिमालयले समेत क्वालालाम्पुरबाट दुई उडानबाट क्रमशः १४८ र १४५ जना यात्रु लिएर नेपाल आएको छ । बुधबार रोयल एयरफोर्सको जहाजले दुबईबाट १३ जनालाई काठमाडौं ल्याएको […]

‘कोरोनाभाइरस खासमा ट्रम्प भाइरस हो’

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ‘कोरोनाभाइरस खासमा ट्रम्प भाइरस हो’.

एजेन्सी । अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रेप्रिजेन्टेटिभ्स) की प्रवक्ता तथा वरिष्ठ डेमोक्रेट नेता न्यान्सी पलोसीले कोरोनाभाइरसलाई ‘ट्रम्प भाइरस’ बताएकी छिन् । उनले यो कुरा महामारी संकटलाई राम्रो तरिकाले सम्हाल्न नसकेका कारण राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना गर्दै भनेकी हुन् । न्यान्सी पलोसीको यो बयान ट्रम्पको त्यो बयान पछि सार्वजनिक भएको हो जसमा उनले मानिसहरुलाई […]

क्‍वारेन्टाइन बनाइएका विद्यालय कसरी होलान् सञ्‍चालन ?

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on क्‍वारेन्टाइन बनाइएका विद्यालय कसरी होलान् सञ्‍चालन ?.

काठमाडौं ।  कोरोना संक्रमण रोकथाम र उपचारका लागि सरकारले देशभरका कतिपय स्कुलहरु क्वारेन्टिनको रुपमा प्रयोग गरेको छ। अझै पनि ती स्कुल खाली हुन सकेका छैनन्। यता, सरकारले भदौ १ गतेबाट स्कुल भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। त्यसो त क्वारेन्टिनमा रुपान्तरण गरिएको स्कुलमा अब कसरी भर्ना र परीक्षा गराउने भन्ने प्रश्नहरु उठ्न थालेका […]

‘सहकारीमा त्रास हट्यो, तरलता अभाव हुँदैन’

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, सहकारी by . Leave a Comment on ‘सहकारीमा त्रास हट्यो, तरलता अभाव हुँदैन’.

काठमाडौं । लकडाउन थपिँदै जादा सहकारी क्षेत्रमा (लगानी योग्य पुँजी) तरलता अभाव हुने एक किसिमको डर थियो । सहकारी क्षेत्रका अगुवाहरु पनि कलडाउनका बेला सहकारी क्षेत्रमा तरलता अभाव हुन सक्ने बताउँदै आएका थिए । तर अब भने तरलता अभावको डर हटेको सहकारी क्षेत्रका अगुवाहरुले बताउन थालेका छन् । सहकारीमा निक्षेपकर्ताकोहरुको आकर्षण पुन बढेपछि यो डर […]

विराटनगरका कोरोना संक्रमित सम्पर्कविहीन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on विराटनगरका कोरोना संक्रमित सम्पर्कविहीन.

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका पुरुष सम्पर्कविहीन भएका छन् । बुधबार संक्रमण पुष्टि भएका विराटनगरका ५० वर्षीय पुरुष सम्पर्कबिहीन भएका हुन् । उनको मंगलबार विराट नर्सिङहोममा स्वाब संकलन गरी परीक्षणका लागि कोशी अस्पताल पठाइएको थियो । कोशी अस्पताल, विराटनगरले बुधबार दिउँसो १ बजेमात्र विराटनगर महानगरपालिकालाई ती पुरुषमा सं‌क्रमण भएको जानकारीसहितको रिपोर्ट […]