Sajhamanch Archive

आज विपीको ३८औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आज विपीको ३८औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै.

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३८ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन्। कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो। विसं […]

युभेन्टसको जीतमा रोनाल्डोको नयाँ कीर्तिमान

Published: in खेलकुद by . Leave a Comment on युभेन्टसको जीतमा रोनाल्डोको नयाँ कीर्तिमान.

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ मा कीर्तिमानी गोल गरेपछि युभेन्टसले लाजियोलाई पराजित गरेको छ । टुरिनमा युभेन्टसले लाजियोलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदान टुरिनमा सोमबार राति भएको खेलमा ४७औं मिनेटमा युभेन्टसले पेनाल्टी प्राप्त गर्‍यो । रोनाल्डोको प्रहार लाजियोको डिफेन्डर बास्टोसले ह्यान्ड गरेपछि शुरुवातमा फ्रिकिक दिएपनि भिएआरको सहायतामा युभेन्टसले पेनाल्टी पाएको […]

भदौ १ गते देखि आन्तरिक र वाह्य उडानहरु सञ्चालन गर्ने सरकारको निर्णय

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भदौ १ गते देखि आन्तरिक र वाह्य उडानहरु सञ्चालन गर्ने सरकारको निर्णय.

काठमाडौं । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिए । सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको […]

रोकिएका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले तयार पार्‍यो यस्ता चार विकल्प

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on रोकिएका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले तयार पार्‍यो यस्ता चार विकल्प.

काठमाडौं  । कोभिड १९ को त्रासका कारण समयमै हुन नसकेका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले चार वटा विकल्प तयार गरेको छ। चैत ११ गतेदेखि गरिएको लकडाउनका कारण त्रिवि सहित अन्य विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहको थुपैं परीक्षा स्थगित छ। तर अवस्था सहज भइनसकेकोले परीक्षा र पढाई कहिलेदेखि सुचार गर्ने भन्नेबारे कुनै पनि विश्वविद्यालयले यकिन गर्न […]

गर्भवती नभएको समयमा पनि किन हुन्छ ‘निप्पल डिस्चार्ज’ ?

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on गर्भवती नभएको समयमा पनि किन हुन्छ ‘निप्पल डिस्चार्ज’ ?.

एजेन्सी । महिलाहरुमा कहिलेकाँही गर्भवती नभएको समयमा पनि स्तनबाट दूध आउने समस्या देखिन्छ । स्तनमा १५ देखि २० वटा दूध निस्कने छिद्रहरु हुन्छन् । कहिलेकाँही तनाव, हर्मोनमा आउने परिवर्तन साथै अन्य विविध कारणले स्तनको निप्पलबाट पानी वा दूध जस्तो तरल पदार्थ निस्कने गर्छ । तर, गर्भवती नभएको समयमा पनि किन यस्तो हुन्छ ? कारणहरुः –एन्ग्जाइटी, […]

संखुवासभा पहिरो : बेपत्ता ११ जना अझै भेटिएनन्

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on संखुवासभा पहिरो : बेपत्ता ११ जना अझै भेटिएनन्.

विराटनगर । संखुवासभाको पहिरोमा परी बेपत्ता भएका नागरिक अझैसम्म फेला परेका छैनन् । गत शनिबार राती गएको पहिरोमा सिलिचोङ गाउँपालिका ११ जना बेपत्ता भएका थिए। एक सातादेखि निरन्तर खोजी भइरहेको छ। पहिरोमा परेको आसपास खोजी गर्दा पनि नभेटिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जिवन आचार्यले बताए। उनका अनुसार ५० भन्दा बढी सुरक्षाकर्मी उद्दारमा खटिएका छन्। पहिरोले […]

लगातारको वर्षाका कारण सरुवा रोगको जोखिम बढ्यो : स्वास्थ्य मन्त्रालय

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on लगातारको वर्षाका कारण सरुवा रोगको जोखिम बढ्यो : स्वास्थ्य मन्त्रालय.

काठमाडौं । सरकारले वर्षातको समयमा पानीजन्य रोगहरु बढ्ने हुँदा सजग रहन सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण धेरै स्थानमा बाढी पहिरो जाँदा पानी अत्यधिक फोहोर हुन गई पानीजन्य रोग बढ्ने हुदाँ सजग र सचेत बन्न आग्रह गरे । उनका अनुसार वर्षातको समयमा […]

नाइजेरियामा डाकू समूहको आक्रमण, २३ सैनिकको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on नाइजेरियामा डाकू समूहको आक्रमण, २३ सैनिकको मृत्यु.

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिमस्थित दुर्गम स्थानमा डाकुहरुको समूहले बारुदी सुरुङ बिस्फोट गराएका कारण २३ जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ । नाइजेरियाको काट्सिना राज्यको जिबिया जिल्लामा पैदल गस्तीमा रहेको सैनिक टोलीमाथि डाकुहरुले घेरा हालेर आक्रमण गरेको सेनाले जनाएको छ । सैनिक स्रोतले अरु केही सैनिक हराइरहेको जनाएको छ । यस क्षेत्रमा डाकाहरुको समूहले […]

सरकारविरूद्ध प्रदर्शन गर्ने विदेशीलाई देश निकाला

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on सरकारविरूद्ध प्रदर्शन गर्ने विदेशीलाई देश निकाला.

काठमाडौं । सरकार विरोधी प्रदर्शनमा उत्रिएका पाँच जना विदेशीलाई देश निकाला गरिने भएको छ। गृह मन्त्रालयका सचिवस्तरको निर्णयले उनिहरुलाई निष्काशन गर्ने निर्णय भएको हो। जेठ ३१ गते माइतीघरमा भएको सरकार विरोधी प्रदर्शनमा प्रहरीले विदेशीलाई पक्राउ गरेको थियो। लगत्तै उनीहरुलाई अध्यागमन विभाग पठाइएको थियो। पक्राउ परेकामध्ये एकजना विदेशीले नेपालीसँग विवाह गरेर बसेकाले उसलाई २० हजार रुपैयाँ […]

कुन प्रदेशमा कति पुगे कोरोना संक्रमित

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on कुन प्रदेशमा कति पुगे कोरोना संक्रमित.

काठमाडौं । देशैभर कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सबैभन्दा बढी कोरोना संक्रमण प्रदेश २ मा देखिएको छ । जसमा चार हजार ६३६ जनामा देखिएको उनले जानकारी दिए । सबैभन्दा कम हालसम्म कोरोना संक्रमित देखिएको प्रदेश १ रहेको छ । जसमा […]