Sajhamanch Archive

भागरथीको बलात्कार र हत्याबारे बुझ्न कांग्रेसले नेता खटायो

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भागरथीको बलात्कार र हत्याबारे बुझ्न कांग्रेसले नेता खटायो.

काठमाडौं । नेपाली कांग्रेसले बैतडीकी भागरथी भट्टको बलात्कार र हत्याबारे अध्ययन गरी प्रतिवेदन बुझाउन पार्टीका नेतालाई खटाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेश गर्न र स्थानीय तथा परिवारसँग भेट गर्न केन्द्रीय सदस्य रमेश लेखकलाई पठाइएको हो । उनी शुक्रबार नै बैतडी पुग्दैछन् । घटना भएको दोस्रो साता प्रवेश गर्दासम्म […]

यौन स्वास्थ्य र यौन शिक्षा

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on यौन स्वास्थ्य र यौन शिक्षा.

यौन शिक्षाले यौनको सबै पहलहरूको बारेमा बताउँछ । यसमा यौनसँग जोडिएका भावनाहरु, जिम्मेवारीहरु मनुष्यको शरीरको रचना, यौन क्रियाकलाप, प्रजननता, यसको लागि सही उमेर, सुरक्षित यौन, जन्म नियन्त्रण वा यौनमा संयम जस्तो विषयहरुको बारेमा विस्तारसँग बताउने गरिन्छ । यसरी शिक्षाको लागि स्कुलमा चल्ने सार्वजनिक स्वास्थ्य कार्यक्रम वा परिवारको अभिभावकहरूद्वारा पनि कतिपय अवस्थामा सिकाउने गरिन्छ । पहिले […]

प्रतिगमनविरुद्ध महिला मार्च

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रतिगमनविरुद्ध महिला मार्च.

काठमाडौं । मुलुकका विभिन्न ठाउँमा भएको महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा काठमाडौंमा महिला मार्च गरिएको छ । विरोध र्‍यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै आक्रोश पोखेका छन् । ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नामको ब्यानरमा प्रदर्शनमा उत्रिएका उनीहरूले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न […]

१२७ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १२७ जनामा कोरोना संक्रमण.

झापा । नेपालमा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार चार हजारमा पिसिआर गर्दा १२७ जनामा कोरोना पुष्टि भएको हो । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ । पछिल्लो २४ घण्टामा १३६ जना निको भएर फर्किएका छन् […]

प्रतिनिधि सभा विघटनकाे विराेधमा नागरिक खबरदारी

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिनिधि सभा विघटनकाे विराेधमा नागरिक खबरदारी.

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक खबरदारी गरिएको छ । प्रजातान्त्रिक विचार समाजको आयोजनामा शुक्रवार माइतीघर मण्डलामा प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक खबरदारी गरिएको हो । विधिको शासन कायम गर, मानव अधिकारको रक्षा गर, हत्या, हिंसा बन्द गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, प्राज्ञिक स्वतन्त्रता कायम गरलगायतका नारा लेखिएको प्लेकार्डसहित उपस्थित नागरिक समूहका अगुवाहरूले प्रतिनिधि सभा विघटन […]

नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित

Published: in खेलकुद by . Leave a Comment on नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित.

काठमाडौं । विश्व क्रिकेट लिग-टू अन्तरगत नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित भएको छ । यो सिरिज मार्चमा ओमानमा हुने तय भएको थियो । नेपालले पनि खेलाडीहरूलाइ बन्द प्रशिक्षणमा राखेर तयारी थालेको थियो । तर, कोभिड-१९ को बढ्दो प्रभाव, क्वारेन्टिन तथा ट्राभल रेस्ट्रिक्सन लगायत कारण अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सिरिज स्थगित गर्ने निर्णय गरेको […]

एउटा घरमा आगो लगाइदिएर अर्को घरमा चोरी प्रयास

Published: in समाज by . Leave a Comment on एउटा घरमा आगो लगाइदिएर अर्को घरमा चोरी प्रयास.

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं.४ तेलियामा अज्ञात पक्षले एक घरमा आगो लगाइ अर्को घरमा चोरीको प्रयास गरेको छ । बिहीबार बेलुका ८ बजेतिर अज्ञात पक्षले स्थानीय बीरबहादुर विश्कर्माको घरमा आगो लगाई उनको छिमेकी कृष्ण विशङ्खेको घरमा चोरीको प्रयास गरेको हो । आगलागीबाट विश्वकर्माको दुई तले घर जलेर पूर्णरुपमा क्षति हुँदा करिब १ […]

बृहत् नागरिक आन्दोलनले महिलामाथि हुने हिंसाविरुद्ध मार्चपास गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बृहत् नागरिक आन्दोलनले महिलामाथि हुने हिंसाविरुद्ध मार्चपास गर्ने.

काठमाडौं । बृहत् नागरिक आन्दोलनले महिलामाथि हुने हिंसाविरुद्ध आज मार्चपास गर्ने भएको छ । बलात्कारका घटना बढिरहे पनि रोकथामको प्रयास नभएको भन्दै बृहत् नागरिक आन्दोलनले ‘सिंहदरबार महिला मार्चपास’ गर्न लागेको हो । बृहत् नागरिक आन्दोलनले मार्च पासमा सहभागी हुन सबैलाई आग्रह पनि गरेको छ । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको आठ दिन बितिसक्दा […]

भीआईपीले नियमविपरीत राखेका सुरक्षाकर्मी धमाधम फिर्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on भीआईपीले नियमविपरीत राखेका सुरक्षाकर्मी धमाधम फिर्ता.

काठमाडौं । सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित पूर्वविशिष्ट व्यक्ति (भीआईपी)ले कार्यविधि विपरीत राख्दै आएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेको छ । गृह मन्त्रालयले पूर्व विशिष्टको सुरक्षाका लागि खटाइने सुरक्षाकर्मीबारे नयाँ मापदण्ड बनाएपछि सरकारले मापदण्ड विपरीत पर्ने सुरक्षाकर्मी फिर्ता गर्न थालेको हो । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले केही समय अघि पूर्वविशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धी कार्यविधि २०७७ पारित गरेको […]

राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मले दिए सोनाम ल्होसारको शुभकामना

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मले दिए सोनाम ल्होसारको शुभकामना.

काठमाडौं । तामाङ समुदायको सोनाम ल्होसार पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन मगर, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले शुभकामना दिएका छन् । त्यस्तै, नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टीले पनि ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै बहुरंगी संस्कृतिको धनी नेपाल यिनै विभिन्न आस्था […]