Sajhamanch Archive

थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि.

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाल थप १५६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५८ जना डिस्चार्ज भएका छन् । योसँगै कूल ११ हजार ६९५ जना डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर परीक्षण […]

सार्वजनिक यातायातका समस्या समाधानमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री ओली

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सार्वजनिक यातायातका समस्या समाधानमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले कोभिड-१९ को महामारीपछि दैनिक जीवन, अर्थतन्त्र, सेवा र रोजगारीसम्बन्धी सबै क्षेत्र प्रभावित भएको बताउँदै सार्वजनिक यातायात चलाउन र यस क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने बताएका छन्। कोभिड-१९ को महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र […]

सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा

Published: in खेलकुद by . Leave a Comment on सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा.

एजेन्सी । पिएरे एमरिक औबामेयाङको दुई गोलको मद्दतमा आर्सनलले एफए कप सेमिफाइनलमा म्यानचेष्टर सिटीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । वेम्बली मैदानमा भएको खेलमा आर्सनलले सिटीलाई २-० ले पराजित गरेको हो । खेलको १९ मिनेटमा निकोलस पेपेको पासमा औबामेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ७१औं मिनेट किरण टर्नेको पासमा औबामयाङले व्यक्तिगत दोस्रो गोल […]

एक प्रतिशत नेपालीको पिसिआरबाट कोरोना परीक्षण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on एक प्रतिशत नेपालीको पिसिआरबाट कोरोना परीक्षण.

काठमाडौं । नेपालको कुल जनसंख्याको १ प्रतिशत व्यक्तिमा कोरोनाभाइरसको पिसिआर विधिबाट परीक्षण भएको छ। सरकारले यसअघि कुल जनसंख्याको २ प्रतिशतमा परीक्षण गर्ने जनाएको थियो। तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या ३ करोड ६ सय ३४ छ। जसमध्ये ३ लाख ११ हजार ८ सय २९ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ। यो भनेको कुल जनसंख्याको १.०३ […]

कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २०० पुग्यो

Published: in परदेश (प्रवास), समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २०० पुग्यो.

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८, कुवेतमा ३, यूएईमा ५ जनाको निधन भएको हो । कतारमा निधन भएका ८ जना मध्ये २ जनाको निधन हुनु भन्दा पहिला कोरोना पुष्टि […]

रहेनन् एनएमसी गौरीगञ्ज शाखा प्रमुख लम्साल

Published: (Updated: ) in समाज, सहकारी by . Leave a Comment on रहेनन् एनएमसी गौरीगञ्ज शाखा प्रमुख लम्साल.

झापा । शनिवार मध्यराति केर्खामा राँगासँग मोटरसाइकल ठोक्किएर भएको दुुर्घटनामा नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का गौरीगञ्ज शाखाका प्रमुख प्रदीप लम्सालको निधन भएको छ । २७ वर्षीय लम्साल झापा गाउँपालिका वडा नं.६ का बासिन्दा हुन् । दुर्घटनामा उनीसँगै मोटरसाइकलको पछाडि सवार एनएमसी शिवगञ्ज शाखाका प्रमुख धर्मेन्द्र सुबेदी गम्भीर घाइते भएका छन् । घाइते सुबेदीलाई उपचारका लागि विराटनगरको […]

नारी सौन्दर्य र सोह्र श्रृंगार

Published: in टिप्स/जानकारी by . Leave a Comment on नारी सौन्दर्य र सोह्र श्रृंगार.

साउन महिनामा श्रृंगारलाई पनि महत्व दिइन्छ । साउनको पहिलो दिन अर्थात साउने संक्रान्तिमा तिउरी लगाउने गरिन्छ, जो श्रृंगारसँग सम्बन्धित छ । खासगरी नङ, हातलाई रंगीन बनाउने प्रचलन हो यो । श्रृंगारलाई महिलाकै सौन्दर्यको एउटा हिस्सा मानिन्छ । सदियौंदेखि श्रृंगारको खास ढाँचा र महत्व रहँदै आएको छ । श्रृंगार शब्दको प्रयोग सामन्यतः ब्रस्त्रभूषण आदिले शरीरलाई सु–सज्जित […]

देशभर भारी वर्षाको सम्भवना, उच्च सावधानी अपनाउन अनुरोध

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देशभर भारी वर्षाको सम्भवना, उच्च सावधानी अपनाउन अनुरोध.

काठमाडौं । सरकारले आजबाट पाँच दिनसम्म लगातार भारी वर्षा हुने जनाएको छ । लगातारको भारी वर्षाका कारण चुरे तथा पहाडी भूभूभाग गलिसकेकाले सतर्क रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढी, पहिरोको उच्च सम्भावना भएकाले सर्तक रहन आग्रह गरेको प्राधिकरणले तराईका नदी तथा आसपासका क्षेत्र र सीमावर्ती क्षेत्रमा डुबानको सम्भावना भएकाले […]

साउन दोस्रो सातासम्म विद्यालयमा अनिवार्य हाजिर हुन शिक्षकलाई सरकारको निर्देशन

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on साउन दोस्रो सातासम्म विद्यालयमा अनिवार्य हाजिर हुन शिक्षकलाई सरकारको निर्देशन.

काठमाडौँ । राज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षक साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने भएको छ ।तत्काल विद्यालय खुल्ने र शिक्षक विद्यार्थीको उपस्थितिमा प्रत्यक्ष साक्षात्कार हुनेगरी पठनपाठन हुने वातावरण नरहे पनि सबै शिक्षक आफू कार्यरत विद्यालयमा हाजिर हुनैपर्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले स्थानीय तह तथा […]

कुन प्रदेशमा कति पुगे कोरोना संक्रमित ?

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on कुन प्रदेशमा कति पुगे कोरोना संक्रमित ?.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने ११ हजार ६३७ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ८२८ जना पुगेको छ भने ७४९ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा २ हजार ३९२ जना […]