Sajhamanch Archive

नेकपा नेतामाथि बम प्रहार

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नेकपा नेतामाथि बम प्रहार.

जनकपुरधाम । सिरहाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवर्ण यादवमाथि बम प्रहार भएको छ। पूर्वगाविस अध्यक्षसमेत रहेका यादवमाथि शुक्रबार राति मध्यरातमा बम प्रहार भएको हो। औरही गाउँपालिका–५ स्थित घरमा सुतिरहेका बेला यादवमाथि अज्ञात समूहले बम प्रहार गरेको बताइएको छ। उनको शरीरको विभिन्न भागमा बमको छर्रा लागेको छ। बेहोस् भएका उनलाई उपचारका लागि सिरहा सदरमुकाम […]

कर्मचारीको एउटा गल्तीले भए मालामाल, जिते २४ करोडको चिट्ठा

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on कर्मचारीको एउटा गल्तीले भए मालामाल, जिते २४ करोडको चिट्ठा.

भाग्यमानीले मात्रै चिट्ठा जित्छ भन्ने गरिन्छ । तर यदि कोही व्यक्तिले गलत टिकटमा चिट्ठा जित्छ भने त्यसलाई के भन्ने  ? ‘भाग्यमानीको भूतै कमारो’ सायद यो भनाई यहाँ प्रयोग गर्न मिल्छ । एक व्यक्तिलाई कर्मचारीले गलत चिट्ठा दिनु नै उनको लागि वरदान साबित भएको छ । घटना अमेरिकाको मिशिगनको हो । मिशिगन लट्री कनेक्टका प्रकाशित समाचार […]

शनिबारको मौसम पूर्वानुमान

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शनिबारको मौसम पूर्वानुमान.

काठमाडौं । जल तथा मौसम विभागले आज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ । भारी वर्षाको सम्भावना रहेका स्थानमा बाढी तथा पहिरोबाट सतर्क रहन विभागले आग्रह गरेको छ । यस्तै […]

नेकपा विवाद : घुमीफिरी सचिवालय

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा विवाद : घुमीफिरी सचिवालय.

काठमाडौं । नेकपाले शुक्रबार स्थायी समिति बैठक दुईपटक तोक्यो। असार २६ मा एक साता बैठक रोक्ने निर्णय गर्दै नयाँ मिति शुक्रबार बिहान ११ बजेका लागि तय भएको थियो। तर, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल चलिरहेको भन्दै स्थायी समिति सदस्यलाई दिउँसो ३ बजे बैठक बस्ने सन्देश पठाइएको थियो। अध्यक्ष दाहाल बिहान साढे १० […]

मेचीनगरका थप आठ जनाले जिते कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरका थप आठ जनाले जिते कोरोना.

मेचीनगर । मेचीनगरका कोरोना संक्रमित ४८ मध्ये ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । शुक्रबार कोरोना संक्रमित मेचीनगरका आठ जना उपचारपछि निको भएर घर फर्किएका हुन् । ‘विहीबारसम्म मेचीनगरका १० जना कोरोना भाइरसका संक्रमित थिए । शुक्रबार आठ जना संक्रमित निको भएर अस्पतालबाट घर फर्किएसँगै अब दुई जना मात्र अस्पतालमा उपचारर्थ रहेका छन् […]

नेपालले भारतसँग वार्ता गर्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपालले भारतसँग वार्ता गर्ने.

काठमाडौं । सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेको बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा नेपालले भारतीय पक्षसँग वार्ता गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मन्त्रालयका उच्च अधिकारीलाई बोलाएर बाढी तथा डुबान व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त समितिको बैठक तत्काल डाक्नेबारे भारतीय पक्षसँग छलफल गर्न निर्देशन दिएका छन् । दुवै देशका सहसचिव रहने […]

घरेलु मैदानमा हारपछि मेस्सी भन्छन् : धेरै कुरामा चेन्ज गर्नुपर्नेछ

Published: in खेलकुद by . Leave a Comment on घरेलु मैदानमा हारपछि मेस्सी भन्छन् : धेरै कुरामा चेन्ज गर्नुपर्नेछ.

एजेन्सी । स्पेनका दुई जायन्ट क्लब हुन् रियल मड्रिड र बार्सिलोना । साविक विजेता बार्सिलोना यस पटक लिग उपाधि जोगाउने अभियानमा थियो । तर सकेन । एकातिर रियलले भियारियललाई २-१ ले पराजित गर्दै ३४औं पटक उपाधि जितेको खुशीयाली मनाइरहेको थियो । जसमा करिम बेन्जामाले दुई गोल गरेका थिए । अर्को तिर कप्तान लिओनल मेस्सीले गोल […]

झापाका १३ सहित प्रदेश १ बाट थप २४ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on झापाका १३ सहित प्रदेश १ बाट थप २४ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा शुक्रबार कोरोना रोग ठिक भई थप २४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत २१ जना, उद्योग वाणिज्य संघ, फुङलिङ ताप्लेजुङ अस्थायी केन्द्रमा उपचाररत २ जना र जिल्ला अस्पताल अस्थायी केन्द्र खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएकाको हुन् । सामाजिक विकास मन्त्रालयले […]

समुदायमा कोरोना फैलिएको छैन : स्वास्थ्य मन्त्रालय

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on समुदायमा कोरोना फैलिएको छैन : स्वास्थ्य मन्त्रालय.

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड १९) को आशंकामा समुदायमा गरिएको परीक्षणमा तीनजनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा चारहजार ८ सयको समुदायमा गरिएको परीक्षणमा तीनजनामा कोरोना देखिएको जानकारी दिए । उनका अनुसार तीनजनामध्ये कोरोना संक्रमित पनि दुईजना विदेशबाट आएका र एक जना ब्युटीपार्लर सञ्‍चालन गर्ने व्यक्ति […]

जबरजस्ती करणीमा फरार अभियुक्त पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on जबरजस्ती करणीमा फरार अभियुक्त पक्राउ.

उदयपुर । उदयपुरमा जबरजस्ती करणीमा सजाय पाएका फरार अभियुक्त पक्राउ परेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नंं.६ जलजले बस्ने ३३ वर्षिय देव राई रहेका छन् । उदयपुर जिल्ला अदालतले जबरजस्ती करणी गरेको ठहर गर्दै ५ वर्ष कैदको फैसला सुनाएका थिए । घटना स्थलबाटै फरार प्रतिवादीलाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका […]