Sajhamanch Archive

अख्तियारमा करिब २५ हजार उजुरी,

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अख्तियारमा करिब २५ हजार उजुरी,.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६/०७७ मा विशेष अदालतमा ४४१ वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । अघिल्लो आर्थिक वर्षमा आयोगले ३५१ मुद्दा दायर गरेको थियो । आयोगका अनुसार आब २०७६/०७७ मा २४ हजार ८९० उजुरी दर्ता भएको थियो । १६ हजार ५८६ वटा उजुरी फर्च्छ्यौट भएको र एक हजार ११४ को […]

कुन प्रदेशमा कति पुगे कोरोना संक्रमित ?

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on कुन प्रदेशमा कति पुगे कोरोना संक्रमित ?.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने ११ हजार ५३४ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ८१५ जना पुगेको छ भने ७४४ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा २ हजार ७२७ जना […]

थप १०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, २८५ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, २८५ जना डिस्चार्ज.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । पछिल्लो २४ घण्टामा २८५ जना डिस्चार्ज भएका छन् । योसँगै कूल ११ हजार ५३४ जना डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ४ हजार ६८८ जनाको पीसीआर परीक्षण भएका […]

गाउँपालिका अध्यक्ष कार्कीमाथि कार्यालयमै छुरा प्रहार

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह by . Leave a Comment on गाउँपालिका अध्यक्ष कार्कीमाथि कार्यालयमै छुरा प्रहार.

विराटनगर। मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि छुरा प्रहार भएको छ। शुक्रबार कार्यालयमै पटके कर ठेक्का लिएका स्थानीय भवन मल्ल ठकुरीले खुकुरी प्रहार गरेका हुन् । गम्भीर घाइते कार्कीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको छ । कार्कीको गर्धन र हातमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्न ठकुरीलाई पक्राउ गरिएको जनाएको […]

कोरोनाले विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ९२ हजार नाघ्यो

Published: in विश्व समाचार by . Leave a Comment on कोरोनाले विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ९२ हजार नाघ्यो.

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ९२ हजार नाघेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ९२ हजार ७९१ जना पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल रहेको छ । चीनबाट […]

पाँच इन्स्पेक्टरसहित १०३ प्रहरीमा कोरोना, ८१ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पाँच इन्स्पेक्टरसहित १०३ प्रहरीमा कोरोना, ८१ जना डिस्चार्ज.

काठमाडौं । मुलुकका विभिन्‍न जिल्लाका १०३ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमा पाँच इन्स्पेक्टर, सात सई, सात असई, ३० हवल्दार, ५३ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् । जसमा दुई महिला र १०१ पुरुष छन् । तीमध्ये ८१ जना डिस्चार्ज भइसकेका छन् । संक्रमित प्रहरीमा काठमाडौंका ८, भक्तपुरका १, धनकुटाका २, बाराका ७, […]

नेकपा स्थायी समिति बैठक ३ बजेसम्मका लागि स्थगित

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा स्थायी समिति बैठक ३ बजेसम्मका लागि स्थगित.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आजै ३ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य सुर्य थापाले केहीबेर अघिमात्रै जानकारी गराएका छन् । ११ बजेको स्थायी समितिका लागि अधिकांश स्थायी कमिटी सदस्यहरु बालुवाटार […]

त्रिविको स्थगित परीक्षा असोजभित्र, यस्तो छ परीक्षा विधि

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on त्रिविको स्थगित परीक्षा असोजभित्र, यस्तो छ परीक्षा विधि.

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने बाटो खोल्ने भएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत चैत ७ गतेदेखि विश्वविद्यालयले स्थगित गरेको सबै […]

प्रदेश १ सहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: (Updated: ) in प्रदेश तह, समाज by . Leave a Comment on प्रदेश १ सहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्क रहन विभागले आग्रह गरेको छ […]

कांग्रेसमा गुटगत विवाद देखिन थाल्यो

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसमा गुटगत विवाद देखिन थाल्यो.

काठमाडौं । महाधिवेशन प्रक्रिया सुरु भएसँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रका असन्तुष्टि सार्वजनिक हुन थालेका हुन्। फागुन पहिलो साता पार्टीको १४औं महाधिवेशन गर्ने गरी केन्द्रीय समितिले कार्यतालिका संशोधन गरेको हप्ता दिनमै कांग्रेसमा गुटगत विवाद देखिन थालेको हो। पार्टी संस्थापन पक्षले महाधिवेशनलाई प्रभावित पार्ने गरी आचारसंहिता विपरीत निर्णय गर्न थालेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आरोप छ। […]