Sajhamanch Archive

शनिबार थपिए ७० जना कोरोना संक्रमित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on शनिबार थपिए ७० जना कोरोना संक्रमित.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । प्रदेश १ मा १३ जना, प्रदेश २ मा ५ जना, बागमती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा १६ जना, प्रदेश ५ मा १० जना, कर्णाली प्रदेशमा ७ जना र सदूरपश्चिम प्रदेशमा ५ जना […]

म्याग्दी पहिरो : मृतकको संख्या २० पुग्यो, १२ जना अझै वेपत्ता

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on म्याग्दी पहिरो : मृतकको संख्या २० पुग्यो, १२ जना अझै वेपत्ता.

पोखरा । म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । बिहीबारदेखि लगातार परेको बर्षासँगै धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा खसेको पहिरोमा परेर २० जनाको मृत्यु भएको हो । पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव शुक्रबार भेटिएको थियो । बाँकीको शव शनिबार भेटिएको हो । धवलागिरि–६ मराङका ११, […]

चार्टर्ड फ्लाइटबाट २० हजार नेपाली स्वदेश फर्किए

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चार्टर्ड फ्लाइटबाट २० हजार नेपाली स्वदेश फर्किए.

काठमाडौं । अन्तर्राष्ट्रिय उडान बन्द भएका बेला विदेशबाट चाटर्ड विमानमार्फत २० हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । कोरोना भाइरस (कोभिड–१९) कारण विभिन्न मुलुकमा समस्यामा परेका नेपालीलाई फर्काउन सरकारले चार्टर्ड विमान सञ्चालन गर्दै आएको छ । कतिपयलाई भने सम्बन्धित देशले नै चार्टर्ड फ्लाइटमार्फत पठाएको छ । ती चार्टर्ड फ्लाइटहरुबाट २० हजार बढी नेपाली फर्किएको […]

बाढी-पहिरोबाट १८ जनाको मृत्यु, ४१ बेपत्ता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाढी-पहिरोबाट १८ जनाको मृत्यु, ४१ बेपत्ता.

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी आज देशका विभिन्न स्थानमा मृत्यु हुनेको संख्या १८ पुगेको छ। यस्तै, ४१ जना बेपत्ता रहेका छन्। राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी अवस्थीले कास्कीमा ७, म्याग्दी, लमजुङ र जाजरकोटमा  ३–३ जना र रुकुममा २ जनाको मृत्यु भएको जानकारी दिए। उनका अनुसार म्याग्दीमा ३१, जाजरकोटमा ९ […]

स्वार्थ र शर्तसहित जोडिने एक रहस्यमयी मित्रता

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on स्वार्थ र शर्तसहित जोडिने एक रहस्यमयी मित्रता.

मित्रता थरीथरीका हुन्छन् । कतिपय मित्रता निस्वार्थ हुन्छन् । स्वार्थ र अपेक्षा यस्तो तत्व हो, जसले मित्रतालाई दुई चिरा पार्छ । जबकी कतिपय मित्रता भने यही दुई तत्वको कारण जोडिन्छ । अर्थात आपसी स्वार्थ र अपेक्षाले दुई फरक व्यक्तिलाई एउटै अंगालोमा बाँधिदिन्छ । हामीकहाँ मित्रतालाई पवित्र एवं हार्दिकतापूर्ण सम्बन्ध मानिन्छ । एकअर्कासँग खुसी साट्न र […]

बर्षाको प्रवाह नगरी प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बर्षाको प्रवाह नगरी प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा शुक्रबार पनि माइतीघरमा प्रदर्शन भएको छ । पार्टीभित्रैबाट राजीनामा माग भएपछि प्रधानमन्त्रीका समर्थकहरुले केही दिनयता प्रदर्शन गरिरहेका छन् । उपत्यकामा दिनप्रतिदिन कोरोना संक्रमणको जोखिम बढिरहे पनि प्रदर्शन भइरहेको छ । प्रधानमन्त्री ओलीलाई पार्टी भित्रैबाट राजीनामा दिन दबाब आएपछि ओली समर्थक नेता कार्यकर्ताहरुले विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् । […]

प्रदेश १ का यी जिल्लामा उच्‍च जोखिम, हेलिकोप्टरदेखि डुंगासम्मको तयारी

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रदेश १ का यी जिल्लामा उच्‍च जोखिम, हेलिकोप्टरदेखि डुंगासम्मको तयारी.

विराटनगर । मुलुकभर विभिन्न ठाउँमा गएको बाढी-पहिरोले ठूलो धनजनको क्षति गरिसकेको छ। गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी प्रदेश १ को पहाडी र तराई दुवै जिल्लाहरू बाढी-पहिरोको उच्च जोखिममा रहेको बताएको थियो। सोहीअनुरूप प्रदेश सरकारले बाढी-पहिरोबाट हुन सक्ने क्षति न्यूनीकरणको लागि आवश्‍यक पूर्व-तयारीमा छ। पहाडका पाँच र तराईका तीन जिल्ला उच्‍च जोखिममा यसै सिलसिलामा […]

आत्महत्याका भिडियो फेसबुकमा सेयर गर्नुु भो ? कारवाहीमा परिएला

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on आत्महत्याका भिडियो फेसबुकमा सेयर गर्नुु भो ? कारवाहीमा परिएला.

काठमाडौं । आत्महत्या गरिएको भिडियो फेसबुकसहितका सामाजिक सञ्जालमा सेयर गर्नेलाई प्रहरीले कारवाही गर्ने भएको छ। आत्महत्याका भिडियोहरू फेसबुकसहितका सामाजिक सञ्‍जालमा अपलोड गर्ने क्रम बढेपछि प्रहरी प्रधान कार्यालय कारवाही थाल्ने जनाएको हो। प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गरी सार्वजनिक नैतिकता एवम् शिष्टाचारविरुद्ध, समाजमा घृणा फैलाउने तथा मानसिक पीडामा रहेका व्यक्तिलाई आत्महत्या दुरुत्साहन […]

व्यवसायीले तत्काल सार्वजनिक यातायात नचलाउने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on व्यवसायीले तत्काल सार्वजनिक यातायात नचलाउने.

काठमाडौं । यातायात व्यवसायीहरूले सार्वजनिक सवारी नचलाउने निर्णय गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले वातावरण तयार गर्न सरकार उदासीन भएको भन्दै तत्कालको अवस्थामा सार्वजनिक सवारी नखुलाउने निर्णय गरेको हो । सरकारले बिहीबार मात्रै जिल्लाभित्र र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीलाई खुला गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले […]

शुक्रबार थपिए ११८ जना कोरोना संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on शुक्रबार थपिए ११८ जना कोरोना संक्रमित.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ८ हजार ६०३ पुगेको छ ।  प्रदेश १ मा ४ जना, प्रदेश २ मा २० जना, बागमती प्रदेशमा ५१ जना, गण्डकी प्रदेशमा १३ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा १५ जना र सदूरपश्चिम प्रदेशमा ३ जना […]