Sajhamanch Archive

प्रहरीले रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलायो

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रहरीले रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलायो.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएको स्वीकार गरे । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।

विप्लव नेतृत्वको नेकपासहित चार पार्टीले संयुक्त मोर्चाको घोषणा गर्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विप्लव नेतृत्वको नेकपासहित चार पार्टीले संयुक्त मोर्चाको घोषणा गर्दै.

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसहित चार दलले आज संयुक्त मोर्चाबन्दी घोषणा गर्ने भएका छन्‌ । प्रतिबन्धित पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले रणनीतिक संयुक्त मोर्चाबन्दी घोषणा गर्न लागेका हुन् ‌। प्रतिबन्धित पार्टीको शीर्ष नेतृत्व समेतको […]

भाषण गर्दा गर्दै नारायणकाजीले ऋषि धमलालाई भने…..

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भाषण गर्दा गर्दै नारायणकाजीले ऋषि धमलालाई भने…...

काठमाडौं । नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई चुप लाग्न आग्रह गरेका छन् । बुधबार राजधानीमा गरेको शक्ति प्रदर्शन सभामा सम्बोधनका क्रममा श्रेष्ठले आफूहरूले सभा आयोजना गरेको भन्दै धमलालाई अर्को कार्यक्रम नगर्न आग्रह गरेका हुन् । ‘पत्रकार साथीहरू हामीले यहाँ सभा गरिरहेका छौं । त्यसैले तपाईंहरू चुप लाग्नुस । सुन्नुभो ? धमलाजी […]

राष्ट्रपति बाइडेनद्वारा म्यानमारका सैन्य नेतामाथि प्रतिबन्धको घोषणा

Published: in विश्व समाचार by . Leave a Comment on राष्ट्रपति बाइडेनद्वारा म्यानमारका सैन्य नेतामाथि प्रतिबन्धको घोषणा.

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारका सैन्य नेताहरुमाथि प्रतिबन्धको घोषणा गरेका छन् । म्यानमारको सैनिक कूको विरोध गर्दै बाइडनले सत्ता छाड्न सैन्य नेतृत्वलाई आग्रह गरे । अन्यथा अमेरिकाले कारबाही गर्ने उनले बताए । बाइडनले भनेका छन्, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु, जो कू गर्ने सैन्य नेतृत्वमाथि तुरुन्त प्रतिबन्ध लागू हुन्छ ।’ उनीहरुको […]

शौच गर्न निस्केकी बालिकालाई अपहरण गरी बलात्कार

Published: in समाज by . Leave a Comment on शौच गर्न निस्केकी बालिकालाई अपहरण गरी बलात्कार.

विराटनगर । राति शौच गर्न निस्केकी मोरङको जहजा गाउँपालिका वडा नं.१ की १४ वर्षीया बालिकालाई दुई युवकले अपहरण गरी बलात्कार गरेका छन् । आफन्तका अनुसार सोमबार राति साढे ९ बजेतिर पिसाब फेर्न घरबाहिर निस्केकी बालिकालाई दुई युवकले अपहरणको शैलीमा मोटरसाइकलमा राखी लगेका थिए । उनीहरुले दुई घण्टापछि बालिकालाई उनकै घरनजिक छाडेर भागेका थिए । युवकले […]

१३४ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १३४ जनामा कोरोना संक्रमण.

झापा । नेपालमा थप १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ३४९ पुगेको छ । पछिल्लो २४ घण्टामा ११८ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ५४९ पुगेको छ ।

जब विवाह अघि प्रियंकाले गरिन् निकको जासुसी

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on जब विवाह अघि प्रियंकाले गरिन् निकको जासुसी.

नायिका प्रियंका चोपडा र निक जोनसको जोडी संसारभरी रचाइन्छ । उनीहरु एक यस्ता जोडी हुन जो सधैं आफ्नो केमेस्ट्रीमार्फत् सबैको मन जित्न सफल हुन्छन् । उनीहरुले जे गर्छन्, त्यसले सबैको ध्यान खिचिरहेको हुन्छ । तर जुन जोडीलाई पूरा संसारले यति परफेक्ट मान्छ, विवाह अघि कहानी भिन्न थियो । प्रियंका आफैंले बताइसकेकी छिन् कि उनले एकपटक […]

४० वर्षमुनिका महिलाले विदेश भ्रमणमा जानुअघि वडाको सिफारिस लिनुपर्ने

Published: in परदेश (प्रवास), स्थानीय तह by . Leave a Comment on ४० वर्षमुनिका महिलाले विदेश भ्रमणमा जानुअघि वडाको सिफारिस लिनुपर्ने.

काठमाडौं । विदेश भ्रमण जाने ४० वर्ष मुनिका महिलाले अबदेखि वडा कार्यालयबाट सिफारिस लिनुपर्ने भएको छ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको हो । विभागले अध्यागमन कार्यविधि, २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको विभागका प्रवक्ता टेकनारायण पौडेलले जानकारी दिए । ‘मानव तस्करी बढेको, […]

सरस्वती पूजाका दिन युनिक स्कूलमा भर्ना निःशुल्क

Published: (Updated: ) in लोकप्रिय, शिक्षा by . Leave a Comment on सरस्वती पूजाका दिन युनिक स्कूलमा भर्ना निःशुल्क.

मेचीनगर । शैक्षिक क्रियाकलापमा अब्बल मेचीनगर-१२,सहरेडाँगीमा रहेको युनिक इङलिस बोर्डिङ स्कुलले सरस्वती पूजाका दिन निःशुल्क विद्यार्थी भर्ना अभियान चलाउने भएको छ । यो वर्ष सरस्वती पूजा यही फागुन ४ गते परेको छ । सो दिन विद्यार्थी भर्ना हुन आउनेलाई जुनै कक्षामा पनि निःशुल्क गरिएको प्रिन्सिपल विष्णुप्रसाद रिमालले बताए । कोरोना महामारीको असर परिरहेको यो बेला […]

सेनाद्वारा आङ सान सूकीको पार्टी कार्यालयमा छापा

Published: in विश्व समाचार by . Leave a Comment on सेनाद्वारा आङ सान सूकीको पार्टी कार्यालयमा छापा.

एजेन्सी । म्यानमारको सेनाले नेत्री आङ सान सूकीको नेतृत्वमा रहेको पार्टी नेशनल लिग फर डेमोक्रेसी पार्टीको मुख्य कार्यलयमा छापा मारेको छ । सेनाले रातको समयमा कर्फ्युको बेला छापा मारेको बीबीसीले जनाएको छ । अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म देशभर निशेधाज्ञा लागु गरिएको छ । म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका […]