Sajhamanch Archive

आदर्श माविमा दाहालको नेतृत्वमा नेविसंघ गठन

Published: (Updated: ) in राजनीति, शिक्षा by . Leave a Comment on आदर्श माविमा दाहालको नेतृत्वमा नेविसंघ गठन.

मेचीनगर । इट्टाभट्टास्थित आदर्श माध्यमिक विद्यालयमा योगेश दाहालको सभापतित्वमा नेविसंघ इकाइ समिति गठन भएको छ । दाहालको नेतृत्वमा ५१ सदस्य समिति चयन गरिएको हो । समितिको उप-सभापतिमा अजित राजवंशी, डोल्मा शेर्मा, जमुना राजवंशी र स्मीति गौतम तथा सचिवमा नविन फुयाल र सुनिता राजवंशी सर्वसम्मत चयन भएका छन् । त्यस्तै सह-सचिवमा प्रतिमा घिमिरे, उमा अधिकारी, झर्ना […]

अनलाइन मिडिया ‘नियन्त्रण’ गर्न निर्देशिका आउँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on अनलाइन मिडिया ‘नियन्त्रण’ गर्न निर्देशिका आउँदै.

काठमाडौं । सरकारले आफ्नो आलोचना गर्ने सञ्चार माध्यमलाई नियमन र नियन्त्रण गर्न निर्देशिका ल्याउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खासगरी अनलाइन माध्यमहरूलाई नियन्त्रण गर्ने गरी निर्देशिका ल्याउन लागेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार माध्यम र सञ्चारकर्मीलाई अमर्यादित तथा गैरजिम्मेवार हुन नदिने यस्तो निर्देशिका ल्याउन लागिएको जानकारी […]

प्रदेश स्तरबाट नभइ राष्ट्रिय स्तरमै एसईई सञ्चालन गर्ने

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on प्रदेश स्तरबाट नभइ राष्ट्रिय स्तरमै एसईई सञ्चालन गर्ने.

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय स्तरमै माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई सञ्चालन गर्ने भएको छ । सरकारले एसईईलाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको हो । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी मन्त्रीपरिषदले विगत झैं राष्ट्रिय परीक्षा बोर्डले एसईई सञ्चालन गर्ने निर्णय गरेको छ । एसईईको परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यसमा राज्यले […]

पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुने

Published: (Updated: ) in समाज by . Leave a Comment on पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुने.

झापा । आज देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताए । यस्तै उच्च पहाडी तथा हिमाली जिल्लामा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको मौसमविद् सापकोटाले जानकारी दिए । उनका अनुसार अहिले […]

जय देश ! जय युवा !!

Published: in राजनीति, विचार/ब्लग, by . Leave a Comment on जय देश ! जय युवा !!.

अहिलेको आमसभामा भेला हुने भिड देख्दा लाग्छ नेपालमा जनता भन्दा कार्यकर्ता बढी छन् । खबर आउँछ जनताले सबै दलका शिर्ष नेताहरुको विरोध गर्छन् भनेर अनि फेरी उहि नेताले आह्वान गरेको भेलामा थामी नसक्नुको भिड जम्मा पनि हुन्छन् । जनतामा पनि चेतना जाग्न जरुरी छ । जबसम्म हामी सचेत र जागरुक हुँदैनौ तबसम्म यी जुकाहरुले हाम्रो […]

प्रचण्ड-माधव समूहले शक्ति प्रदर्शन गर्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्ड-माधव समूहले शक्ति प्रदर्शन गर्दै.

काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव समूह) ले आज काठमाडौंमा विरोधसभा गर्दैछ । भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् । विरोधसभामा सहभागी गराउन विभिन्न जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा ओसारिएको छ । […]

ओली नेतृत्वको नेकपा नै आधिकारिक हो : मन्त्री गुरुङ

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओली नेतृत्वको नेकपा नै आधिकारिक हो : मन्त्री गुरुङ.

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिक भएको बताएका छन् । मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले ओलीले नेतृत्व गरेका नेकपा नै आधिकारीक भएको दाबी गरे । प्रचण्ड–माधव पक्षले दाबी गर्ने हदम्याद सकिइसकेपछि निर्वाचन अयोगको कानुन, नीति, नियमलाई […]

करिश्मा मानन्धरलाई ‘महानायिका’ उपाधि

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on करिश्मा मानन्धरलाई ‘महानायिका’ उपाधि.

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई ‘महानायिका’ उपाधिले सम्मान गरिएको छ । आरके इन्टरटेनमेन्टले आफ्नो २० औं वार्षिकोत्सव अवसरमा अभिनेत्री मानन्धरलाई यो सम्मान प्रदान गरेको हो । चलचित्र क्षेत्रमा लामो समय अभिनय गरेर योगदान दिएकी मानन्धरलाई महानायक राजेश हमाल र सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङले क्राउन तथा माला पहिराएर महानायिका घोषणा गरेका हुन् ।

अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई दियो ७ अर्बको सुनिश्चितता

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई दियो ७ अर्बको सुनिश्चितता.

काठमाडौं । अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार निर्वाचन खर्चको आकार अझै तय भएको छैन । यद्यपि आयोगले हालसम्म माग गरेको ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको उनले बताए । मन्त्री पौडेलका अनुसार सरकारले खर्च नहुने आयोजनाको रकम काटेर निर्वाचन खर्च […]

शिक्षकलाई काेराेनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न आग्रह

Published: in शिक्षा, स्वास्थ्य by . Leave a Comment on शिक्षकलाई काेराेनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न आग्रह.

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप शिक्षकलाई पनि लगाउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेको छ । सरकारको नीतिअनुसार प्राथमिकताका आधारमा अग्रपङ्क्तिमा खटिने शिक्षक/कर्मचारीलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गरेको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोधपत्र समेत पठाएको छ […]