Sajhamanch Archive

सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दै

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दै.

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ । बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि प्रदेशसभाको बैठक सुरु हुन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको हो । नेकपा विभाजनपछि पहिलो पटक बस्न लागेको प्रदेशसभा बैठकलाई चासोका साथ हेरिएको छ ।

प्रणय-सप्ताह : प्रेम उत्सव

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी by . Leave a Comment on प्रणय-सप्ताह : प्रेम उत्सव.

फेब्रुअरी ७ देखि १४ तारिकसम्मको अवधीलाई प्रेम सप्ताहको रुपमा मनाइन्छ । अर्थात यसरी बुझौं, फेब्रुअरी १४ को उत्कर्षमा पुग्नका लागि गरिने ‘वार्मअप’ सात दिनअघि नै सुरु हुन्छ । अतः सुरुको दिनदेखि हरेक दिन कुनै न कुनै दिवस मनाइन्छ । फेब्रुअरी ७ यो दिनलाई रोज डे भनिन्छ । अर्थात उपहार स्वरुप गुलाबको फूल दिने दिन । […]

८२ दिन बाँकी : वैशाख १७ मा निर्वाचन अनिश्चित

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ८२ दिन बाँकी : वैशाख १७ मा निर्वाचन अनिश्चित.

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचारधीन मुद्दा र नेकपाको आधिकारिकतासम्बन्धी विवाद टुंगो नलाग्दा वैशाखमा गर्ने भनिएको निर्वाचनको तयारी तथा कार्यक्रम प्रभावित हुन थालेका छन् । निर्वाचन हुने–नहुने विषय सर्वोच्चको आदेशमा निर्भर हुन्छ । सर्वोच्चले निर्वाचनको आवश्यक तयारी रोक्न कुनै आदेश गरेको छैन । ठूलो धनराशि खर्चिएर तयारी गर्दा भोलि अदालतले निर्वाचन नहुने आदेश गरिदिए […]

नेविसंघ धुलाबारी माविको सभापतिमा न्यौपाने

Published: (Updated: ) in राजनीति, शिक्षा by . Leave a Comment on नेविसंघ धुलाबारी माविको सभापतिमा न्यौपाने.

मेचीनगर । मेचीनगरस्थित धुलाबारी माध्यमिक विद्यालयमा विवश न्यौपानेको सभापतित्वमा नेविसंघ इकाइ समिति गठन भएको छ । न्यौपानको नेतृत्वमा ७५ सदस्य समिति चयन गरिएको हो । समितिको उप-सभापतिमा पूजा संग्रौला, दिया कुवँर, विनिता थापा र सौगात उप्रेती तथा सचिवमा सन्देश निरौला र रिया ढुङ्गाना सर्वसम्मत चयन भएका छन् । त्यस्तै सह-सचिवमा संकेत शिवाकोटी, विविका श्रेष्ठ, दिक्षा […]

संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश.

काठमाडौं । संवैधानिक निकायमा भएका नियुक्ति बदरको माग गर्दै दायर रिटमा कारण देखाउ आदेश जारी भएको छ । वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठीले संवैधानिक आयोगमा गरिएका नियुक्ति बदरको माग गर्दै दायर गरेको रिटमा सुनुवाइ गर्दै आज न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । शपथसमेत रोक्न माग गरिएको रिटमा शपथ भइसकेकाले सोबारे फैसलामा […]

शान्तिपूर्ण आन्दोलन गर्न कांग्रेसको अपिल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on शान्तिपूर्ण आन्दोलन गर्न कांग्रेसको अपिल.

काठमाडौं । नेपाली कांग्रेसले शान्तिपूर्ण आन्दोलन गर्न सबै दल र संस्थाहरूलाई अपिल गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति निकालेर जनतालाई दुस्ख नदिने गरी शान्तिपूर्ण आन्दोलन गर्न अपिल गरेका छन् । प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसले शनिबार प्रदर्शन गर्दैछ । प्रदर्शनको पूर्वसन्ध्यामा विज्ञप्ति निकालेर प्रवक्ता शर्माले सडकबाट सालिन ढंगले विरोध गर्न आग्रह गरेका छन् । […]

१ लाख ७१ हजारभन्दा बढीले लगाए कोरोना खोप

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १ लाख ७१ हजारभन्दा बढीले लगाए कोरोना खोप.

झापा । कोरोना खोप अभियान अन्तर्गत नेपालमा शुक्रबारसम्म एक लाख ७१ हजारभन्दा धेरैले खोप लगाएका छन् । शुक्रवार बेलुकीसम्म ७७ जिल्लाका दुई सय एक खोप केन्द्रबाट एक लाख ७१ हजार चार सय ८६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म प्रदेश नम्बर एकमा २३ हजार ८२, प्रदेश नम्बर २ […]

संयुक्त राष्ट्र सङ्घकाे सुरक्षा परिषद्ले भन्यो, ‘सू चीलाई रिहा गर’

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on संयुक्त राष्ट्र सङ्घकाे सुरक्षा परिषद्ले भन्यो, ‘सू चीलाई रिहा गर’.

एजेन्सी । संयुक्त राष्ट्र सङ्घ (यूएन) को सुरक्षा परिषद्ले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू चीलगायत पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न भनेको छ । परिषद्ले विज्ञप्ति निकालेर सबै सदस्य राष्ट्रहरूले म्यानमारमा घोषणा गरिएको सङ्कटकाल र सू चीलगायत नेताहरूलाई पक्राउ गरिएको घटनामा गहिरो चासो व्यक्त गरेको भन्दै तत्काल रिहा गर्न भनेको हो । परिषद्की अध्यक्ष […]

मांसाहारी आन्दोलन गर्नेहरूलाई ‘जु’मा लगेर राखिन्छ : गृहमन्त्री थापा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मांसाहारी आन्दोलन गर्नेहरूलाई ‘जु’मा लगेर राखिन्छ : गृहमन्त्री थापा.

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जुमा (चिडियाखाना) लगेर बन्द गरिने बताएका छन् । शुक्रबार नेकपा ओली पक्षले काठमाडौँमा आयोजना गरेको जन सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापा बादलले प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै यस्तो बताएका हुन्। ‘उनले मांसाहारी आन्दोलन गरेर मांसाहारी तरीकाद्वारा नेतृत्वलाई अपदस्थ गरिनेछ । मांसाहारी आन्दोलन […]

बेपत्ता र सत्य निरुपण आयोगको म्याद थप

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बेपत्ता र सत्य निरुपण आयोगको म्याद थप.

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको म्याद थपेको छ । यही माघ २६ गतेसम्म रहेको दुबै आयोगका पदाधिकारीको म्याद आगामी असारसम्मका लागि थप गरिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश जारी गरेर […]