Sajhamanch Archive

आर्थिक वृद्धिदर ‘पर्ख र हेर’कै अवस्थामा : अर्थमन्त्री खतिवडा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आर्थिक वृद्धिदर ‘पर्ख र हेर’कै अवस्थामा : अर्थमन्त्री खतिवडा.

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आगामी आर्थिक वर्षका लागि बजेटमा राखेको आर्थिक वृद्धिदरको लक्ष्य ‘पर्ख र हेर’कै अवस्थामा रहेको बताएका छन् । आज राष्ट्रिय सभाको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकमाथि विचार गरियो भन्ने प्रस्ताव’को छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भाग लिदै अर्थमन्त्रीले आर्थिक वृद्धिदरको लक्ष्यमा थप बहसको आवश्यकता नरहेको उल्लेख गरे । […]

सीसीएमसी र स्वास्थ्य मन्त्रालयबीच टकराव

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सीसीएमसी र स्वास्थ्य मन्त्रालयबीच टकराव.

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण एवं प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रायलबीच मतभेद बढेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले सीसीएमसीले आफ्नो अधिकार क्षेत्र मिचेको दाबी गर्दै आएका छन् भने सीसीएमसीले पनि मन्त्रालयका निर्णयहरूमा निरन्तर असहमति जनाउँदै आएको छ । पछिल्लोपटक स्वास्थ्यले ‘जनस्वास्थ्य संकटकाल’ घोषणा गर्न […]

छिटो ऋण नतिरे धितो लिलाम गर्ने निजी बैंक तथा वित्तीय संस्थाको धम्की

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on छिटो ऋण नतिरे धितो लिलाम गर्ने निजी बैंक तथा वित्तीय संस्थाको धम्की.

भद्रपुर । निजी बैंक तथा वित्तीय संस्थाहरूले सरकारको निर्देशन विपरीत ऋण कारोबारी सदस्यहरूलाई छिटोभन्दा छिटो ऋण नतिरे धितो लिलाम गर्ने धम्की दिन थालेको गुनासो बढेको छ । झापा सदरमुकाम भद्रपुर—चन्द्रगढीमा सञ्चालित अधिकांश निजी बैंक तथा बित्तीय संस्थाहरूले ऋण कारोवार गर्ने सदस्यहरूलाई तिर्नु पर्ने मासिक व्याज, किस्ता नतिरे धितो लिलामी प्रकृयामा जाने धम्की दिन थालेको स्थानीय […]

करोडौं दर्शकको मन जितेका यी बलिउड अभिनेत्री अझै अविवाहित

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on करोडौं दर्शकको मन जितेका यी बलिउड अभिनेत्री अझै अविवाहित.

एजेन्सी । दर्शक र प्रशंसकका लागि बलिउड अभिनेत्रीहरु सधैं चर्चामा रहने गर्छन् । व्यक्तिगत जीवन होस् वा कामको सिलसिलामा होस् उनीहरुको बारेमा चर्चा परिचर्चा भइ नै रहन्छ । त्यसमा बलिउड अभिनेत्रीहरु निकै अगाडि छन् । फिल्ममा गरेको अभिनयका कारण करोडौं दर्शकको मनमा बस्न सफल भएका बलिउड अभिनेत्रीहरु बारेमा धेरैलाई चासो पनि हुनेगर्छ । आज हामी […]

सहकारीको संख्या ६७ हजार पुग्दैछ !

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, सहकारी by . Leave a Comment on सहकारीको संख्या ६७ हजार पुग्दैछ !.

काठमाडौं । सहकारी संघ-संस्थाहरूको संख्या ह्वात्तै बढ्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८को बजेट वक्तव्यमा समावेश भएअनुसार सामुदायिक संस्थाहरूलाई सहकारीमा रुपान्तरण गरिने भएपछि सहकारीको संख्या बढ्ने भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै गरिबी निवारण कोषद्वारा प्रवर्द्धित सामुदायिक संस्थाहरूलाई सहकारीमा रुपान्तरता गर्ने उद्घोष गरेका थिए । बजेटमा उद्घोष भएअनुसार सरकारले यी […]

बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन.

काठमाडौं । सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ । प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो । ११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको […]

लकडाउन खुकुलो हुँदै : आजदेखि के गर्न पाउने के नपाउने ?

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लकडाउन खुकुलो हुँदै : आजदेखि के गर्न पाउने के नपाउने ?.

बिर्तामोड ।  सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। सरकारले समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ। यसअनुसार पहिलो चरण आजबाट २१ दिन लागू हुनेछ। त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ। त्यसपछि तेस्रो चरण पनि थप […]

मौसम परिवर्तनले कोरोना भाइरसलाई असर गर्छ भन्नु गलत : डब्ल्यूएचओ

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on मौसम परिवर्तनले कोरोना भाइरसलाई असर गर्छ भन्नु गलत : डब्ल्यूएचओ.

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मौसम परिवर्तनले कोरोना भाइरस संक्रमणको फैलावटमा असर गर्छ भन्ने प्रमाण नभएको बताएको छ । डब्ल्यूएचओको आपतकालीन कार्यक्रम प्रमुख माइक रयानले भनेका छन्, ‘मौसम परिवर्तन वा तापक्रम वृद्धि यस भाइरसको जवाफ हो भन्ने कुरामा विश्वास गरेर हामी बस्न सक्दैनौं ।’ उनले थपे, ‘मौसम परिवर्तनबाट यो भाइरस खतरनाक हुने वा तीव्र […]

संक्रमितको उपचारमा प्रतिदिन ३८ हजारसम्म खर्च हुने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on संक्रमितको उपचारमा प्रतिदिन ३८ हजारसम्म खर्च हुने.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रतिव्यक्ति प्रतिदिन ३८ हजार रुपैयाँभन्दा बढी लाग्ने अनुमानित लागत तयार पारेको छ। मन्त्रालयले संक्रमित बिरामीको अवस्था र आवश्यकताका आधारमा प्रतिसंक्रमित प्रतिदिन ६ हजारदेखि ३८ हजारसम्म खर्च लाग्ने अनुमानसहितको योजना तयार पारेको हो। मन्त्रालयले तयार पारेको ‘कोभिड–१९ हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा सामान्यदेखि गम्भीर […]

नाइजेरियामा जिहादी आक्रमण, ६९ जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on नाइजेरियामा जिहादी आक्रमण, ६९ जनाको मृत्यु.

एजेन्सी । नाइजेरियाको उत्तरपूर्वी गाउँमा आतंकवादी समूह इस्लामिक स्टेट्ससँग आबद्ध लडाकूहरुको आक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको नाइजेरियाली सेनाले बुधबार जनाएको छ । हातहतियार र सवारी साधनसहित ठूलो संख्यामा आएका लडाकूहरुले मंगलबार फेलो नामको गाउँमा अन्धाधुन्ध आक्रमण गरेका थिए । एक जना वरिष्ट सैनिक अधिकारीले पशुपालन गर्ने स्थानीय बासिन्दाका शव खुला स्थानमा यत्रतत्र छरिएको जानकारी […]