Sajhamanch Archive

ग्लोबल आइएमइ बैंकद्वारा १०० परिवारलाई न्यानो कपडा वितरण

Published: (Updated: ) in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on ग्लोबल आइएमइ बैंकद्वारा १०० परिवारलाई न्यानो कपडा वितरण.

मेचीनगर । ग्लोबल आइएमइ बैंकले आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सवको अवसर पारेर असाहाय तथा न्यून आर्थिक अवस्था भएका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमइ बैंक चारआली शाखाको आयोजनामा आज मेचिनगर नगरपालिका वडा नं.१२,१३ र १४ का १०० परिवारलाई ब्ल्यान्केट वितरण गरेको हो । बैंकका चारआली शाखा प्रबन्धक […]

किशोरवयको संवेदनशिलता र स्वास्थ्यको ख्याल

Published: in टिप्स/जानकारी by . Leave a Comment on किशोरवयको संवेदनशिलता र स्वास्थ्यको ख्याल.

वाल्यकाल पार गरेपछि जब हामी किशोरवयमा प्रवेश गर्छौं, हाम्रा शारीरिक अंगहरु थप परिस्कृत हुन थाल्छ । यही चरणमा पुगेपछि हामीमा भावनात्मक परिवर्तन पनि हुनेगर्छ । एकातिर जीवनकै उत्साह, उमंग, उर्जाले भरिएको मन, अर्कोतिर परिवर्तनको संघारमा पुगेको शरीर । यी दुई कुरासँगै करियर, पढाई जस्ता कुराले पनि घेरा हालिरहेको हुन्छ । त्यसैले किशोरवय एउटा विशेष र […]

प्रधानमन्त्री रोजगार कार्यक्रम : ११ हजार ७ सयले पाए औसत ६ दिनको काम

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्री रोजगार कार्यक्रम : ११ हजार ७ सयले पाए औसत ६ दिनको काम.

काठमाडौ । चालु आर्थिक वर्षको पहिलो ७ महिना बित्नै लाग्दा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ११ हजार ७ सय ६५ जनाले औसत ६ दिनको काम पाएका छन् । कार्यक्रमका अनुसार अहिलेसम्म ६९ हजार ९०६ दिन बराबरको रोजगारी दिइएको छ । यो वर्ष कार्यक्रमका लागि ११ अर्ब ६० करोड विनियोजन भएको छ । कार्यक्रमले औसत ५ सय […]

सुरु भयो नेकपा ओली समूहको र्‍याली

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सुरु भयो नेकपा ओली समूहको र्‍याली.

काठमाडौं । काठमाडौंमा बृहत जनसभा आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी केपी शर्मा ओली समूहले विभिन्न ठाउँबाट र्‍याली सुरु गरेको छ । शुक्रबार नारायणहिटी दरबार संग्रहालयबाहिर सभा आयोजना गरेको ओली समूहका नेता कार्यकर्ताले काठमाडौंका विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शन गरेका छन् । उपत्यकाका विभिन्न १६ ठाउँबाट र्‍याली सुरु हुने र सबै ¥यालीहरु सभास्थलसम्म आउने ओली समूहले जनाएको […]

संवैधानिक निकायहरुमा भएका नियुक्तिविरुद्ध सभामुखको रिट

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संवैधानिक निकायहरुमा भएका नियुक्तिविरुद्ध सभामुखको रिट.

काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तिविरुद्ध सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शुक्रबार दायर गरेको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री लगायत नियुक्ति लिएकाहरुलाई विपक्षी बनाइएको छ । रिटको पेसी आइतबारलाई तोकिएको छ । कानूनी र राजनीतिक विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन् […]

अनन्याको बोल्ड तस्बिर भाइरल

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on अनन्याको बोल्ड तस्बिर भाइरल.

फिल्म ‘स्टुडेन्ट अफ दि इयर २’बाट बलिउड डेब्यु गरेकी हुन् अभिनेत्री अनन्या पाण्डे । पछिल्लो समय उनी हमेशा लुक्सको कारणले चर्चा छिन् । थोरै समयमा बलिउडमा राम्रो पहिचान बनाउन सफल उनको सामाजिक संजालमा पनि फ्यान फ्लोइङ राम्रो रहेको छ । हालै उनले इस्टाग्राममा केही नयाँ तस्बिर सार्वजनिक गरेकी छन् । जुन तस्बिर इन्टरनेटमा भाइरल समेत […]

संवैधानिक आयोगका सिफारिस पदाधिकारीविरुद्ध रिटमा सुनुवाइ हुँदै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संवैधानिक आयोगका सिफारिस पदाधिकारीविरुद्ध रिटमा सुनुवाइ हुँदै.

काठमाडौं । सरकारले संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायमा गरेको सिफारिस विरुद्ध दर्ता भएको रिटमा आज सुनुवाइ हुँदैछ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा निवेदनको पेसी तोकिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसदीय सुनुवाइ समेत नभई नियुक्त भएका पदाधिकारीलाई काम कारबाही रोक्न माग गर्दै रिट दायर गरेका थिए । मंसिर ३० गते बसेको संवैधानिक परिषदको […]

ओली समूहले आज शक्ति प्रदर्शन गर्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओली समूहले आज शक्ति प्रदर्शन गर्दै.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले आज शक्ति प्रदर्शन गर्दैछ । यसअघि प्रचण्ड-माधव समूहले शक्ति प्रदर्शन गरेपछि ओली समूहले आज प्रदर्शनसहित नारायणहिटी अगाडि आमसभा गर्न लागेको हो । यो समूहले शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौं उतार्दै छ । सभालाई कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्री र नेताहरुले सम्बोधन […]

नेपालमा ६ लाख भारतीय नागरिक

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेपालमा ६ लाख भारतीय नागरिक.

काठमाडौं । नेपालमा ६ लाख भारतीय नागरिक रहेको एक तथ्यांकले देखाएको छ । भारतीय विदेश मन्त्रालयले त्यहाँको माथिल्लो सभा राज्य सभामा पेस गरेको विवरणमा सो तथ्यांक उल्लेख छ । सो तथ्यांक अनुसार विश्वका २०० सयभन्दा बढी मुलुकहरुमा भारतीय नागरिकहरु गैरआवासीयको हैसियतमा बसिरहेका छन् । पछिल्लो समयमा कोभिड–१९ का कारण भारतले विभिन्न देशहरुबाट आफ्ना नागरिकहरु उद्धार […]

१ लाख ५८ हजारभन्दा बढीले लगाए कोरोना खोप

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १ लाख ५८ हजारभन्दा बढीले लगाए कोरोना खोप.

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियान अन्तर्गत बिहीबारसम्म देशभर १ लाख ५८ हजारभन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख ५८ हजार ४८७ जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका हुन् । प्रदेश […]