काठमाडौं । नेपालले कोभ्याक्समार्फत पहिलो चरणमा २२ लाख ५६ हजार डोज कोरोना खोप आउने देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार सार्वजनिक गरेको अन्तरिम वितरण पूर्वानुमानमा नेपालले पहिलो चरणमा २२ लाख ५६ हजार जोड खोप पाउने उल्लेख छ। यो नेपालको जनसंख्याको करिब ३.३ प्रतिशत हो । यो खोप सन् २०२१ को पहिलो छ महिनामा […]
झापा । संवैधानिक निकायमा सरकारले प्रक्रिया मिचेर एकतर्फी रुपमा नियुक्ती गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले विरोधमा आज देशव्यापी आम हड्तालको घोषणा गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार पत्रकार सम्मेलन गरेर प्रचण्ड नेपाल समूहले यातायात, उद्योग कलकारखाना, शैक्षिक संस्थालगायत सबै क्षेत्र बन्द गर्ने घोषणा गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी […]
काठमाडौं । गृह मन्त्रालयले प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालप्रति ध्यानाकर्षण भएको बताएको छ । विवादका बीच संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले भोलि आमहड्ताल आह्वान गरेको छ । गृह मन्त्रालयले भने बुधबार साँझ विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च अदालतले सात दिनभित्र उपस्थित हुन आदेश दिएको छ । अदालतको अवहेलना मुद्दामा अदालतले लिखित जवाफसहित सात दिनभित्र आफैँ उपस्थित हुन आदेश दिएको हो । अध्यक्ष प्रचण्डलाई न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतमा आदेश दिएको निर्देशन दिएको हो । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरूलाई लक्षित […]
काठमाडौं । आउँदो वैशाखमा घोषणा भएको चुनावका लागि निर्वाचन आयोगले सरकारसँग सात अर्ब सात करोड ९४ लाख रुपैयाँ बजेट माग गरेको छ । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि २०७७ र निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने रकम सात अर्ब सात करोड ९४ लाख रुपैयाँ निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिएको जानकारी […]
हाम्रो समाजमा जब कुनै बच्चा पढाईमा कमजोर हुन्छन, बदमाश हुन्छन वा कुलतमा फस्छन् धेरैजसो आमाबुबाहरुले यसको दोष उनीहरुको साथी संगतलाई दिन्छन् ।तर, यो साथीसंगतको कारणले मात्रै कुनै पनि बच्चा बिग्रँदैनन् । धेरैजसो अवस्थामा आमाबुबाको खराब र कडा व्यवहार पनि बच्चा बिग्रने कारण बन्न सक्छ । जसरी ५ वर्ष सम्मको उमेरमा बच्चालाई आफ्नो आमाबुबाको भरपुर साथ […]
काठमाडौं । बुधबारसम्म देशभर ७७ जिल्लाको २०१ खोप केन्द्रबाट १ लाख ४५ हजार ८४४ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । प्रदेश १ मा २० हजार १५५, प्रदेश २ मा १९ हजार ६६३, बागमती प्रदेशमा ५० हजार ७५०, गण्डकी प्रदेशमा १६ हजार ४९५, लुम्बिनीमा २१ हजार ४५४, कर्णालीमा ७ हजार ३२६ र सुदूरपश्चिममा १० हजार […]
मेचीनगर । चारआलीस्थित शहीद दशरथ चन्द माध्यमिक विद्यालयमा इश्वर रिजालको सभापतित्वमा नेविसंघ इकाइ समिति गठन भएको छ । रिजालको नेतृत्वमा ५५ सदस्य नयाँ समिति चयन गरिएको हो । समितिको उप-सभापतिमा लक्ष्मी कटेल र अनुप भट्टराई, सचिवमा निकेश बि.क.र रविना प्रधान, सह-सचिवमा मिलन गौतम, मनिषा सापकोटा, सौरभी सिवा, समिर केसी, जीवन घिमिरे र जोरी खातुन सर्वसम्मत […]
एजेन्सी । चीनमा कोरोना भाइरसको नक्कली खोप बनाएको आरोपमा तीन वटा सहरबाट ८० जनाभन्दा धेरैलाई पक्राउ गरिएको छ । स्थानीय प्रहरीले जियाङ्सु, बेइजिङ र शानडोङबाट तीन हजारभन्दा धेरै नक्कली खोप पनि बरामद गरेको छ । न्युज एजेन्सी सिन्ह्वाका अनुसार यस्तो नक्कली काम गएको सेप्टेम्बरदेखि सुरु भएको प्रहरीले बताएको छ । नक्कली खोपमा पहिले नै भरिएको […]
काठमाडौं । संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस भएका पदाधिकारी तथा सदस्यहरुलाई संसदीय सुनुवाईविनै नियुक्त गर्ने तयारी सरकारले गरेको छ । यसअघि संवैधानिक परिषद्ले सिफारिस गरेका नामलाई राष्ट्रपति कार्यालयले आज नियुक्त गर्ने तयारी गरेको हो । आजै बिहान शपथ खुवाउने तयारी भैरहेको स्रोतको भनाइ छ । संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट […]