Sajhamanch Archive

बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३३१ पुग्यो

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३३१ पुग्यो.

एजेन्सी । बहराइनमा थप ८६ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ । योसँगै त्यहाँ सङ्क्रमित नेपालीको संख्या ३३१ पुगेको त्यहाँ रहेको नेपाली दूतवासले जनाएको छ । यसअघि बहराइनमा २४५ जना नेपालीमा कोरानो सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले नै उपचार गरिरहेको छ । बहराइनमा अहिलेसम्म ६ हजार ७ सय ४७ जनाको कोरोना सङ्क्रमण […]

‘सीमारक्षा दौरासुरुवाल, टोपी लगाउने केपी ओलीले गर्ने कि धोती लगाउने राजेन्द्र महतोले गर्ने ?’

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘सीमारक्षा दौरासुरुवाल, टोपी लगाउने केपी ओलीले गर्ने कि धोती लगाउने राजेन्द्र महतोले गर्ने ?’.

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले आठ वर्षदेखि भारतले कालापानी क्षेत्रमा बाटो खन्दा सरकारले कुनै कदम नचालेको टिप्पणी गरेका छन्‌। सरकारका नीति तथा कार्यक्रममाथि संसदमा आफ्ना धारणा राख्दै महतोले ‘सीमारक्षा दौरासुरुवाल, टोपी लगाउने केपी ओलीले गर्ने कि धोती लगाउने राजेन्द्र महतोले गर्ने ?’ भनि प्रश्न गरे। ‘सीमा रक्षाको कुरा धेरै आएको छ, कसले […]

ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढ्न आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढ्न आग्रह.

काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । मुस्लिम आयोगको आज बसेको बैठकपछि आयोगका अध्यक्ष समिम मिया अन्सारीले ईदु–उल–फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न आग्रह गरे । रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन मस्जिद र मदरासामा गई सामुहिक नमाज पढ्ने गरिन्छ । यस वर्ष कोरोना […]

एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता.

पोखरा । मुस्ताङदेखि सुत्केरी लिन पोखरातर्फ आउँदै गरेको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ । एम्बुलेन्सको अवशेष कालीगण्डकीमा देखिए पनि चालक भने बेपत्ता छन् । मुस्ताङको थासाङ गाउँपालिकाबाट पोखरातर्फ आएको १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं.२ रिठाबोट भन्ने ठाउँमा बेनी जोमसोम सडकबाट एक सय मिटर तल कालीगण्डकीमा खसेको हो । एम्बुलेन्स चालक […]

सांसद तुलाचनले दिए प्रधानमन्त्रीलाई मह

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सांसद तुलाचनले दिए प्रधानमन्त्रीलाई मह.

काठमाडौं । मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले कोरोना संक्रमितको उपचारका लागि उपयोगी हुन सक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिमाली क्षेत्रमा पाइने मह दिएका छन् । हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने मह कोरोना संक्रमितको उपचारका लागि प्रभावकारी हुन सक्ने भन्दै मह परीक्षणका लागि प्रधानमन्त्रीलाई दिएका हुन् । आफूलाई मुस्ताङका धर्मगुरुले पठाएको मह परीक्षणका लागि प्रधानमन्त्रीलाई […]

सर्वेन्द्र खनाल र महेश बस्नेतलाई ‘क्लीन चिट’ !

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सर्वेन्द्र खनाल र महेश बस्नेतलाई ‘क्लीन चिट’ !.

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरको किटानी जाहेरीमा सत्तारुद्ध नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई सरकारले ‘क्लीन चिट’ दिने तयारी थालेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले पूर्वप्रहरी प्रमुख खनालविरुद्ध उजुरी लिन नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले […]

कोरोनाबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन सुरु,स्थानीयमा त्रास

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन सुरु,स्थानीयमा त्रास.

सिन्धुपाल्चोक । काभ्रेको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी एक महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएपछि जिल्लावासी त्रसित भएका छन् । थप जोखिम बढ्न नदिन मृतक महिलाको घर र माइती दुवै क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले सिल गरिसकेको छ । उनको सम्पर्कमा आएकाहरुको पहिचान गरि स्वाब नमुना संकलन गर्न सुरु गरिएको छ । मृतक महिलाको सम्पर्कमा आएका करिब ५५ […]

निरोगी जीवनका लागि अपनाउनुपर्ने ८ विधी

Published: (Updated: ) in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on निरोगी जीवनका लागि अपनाउनुपर्ने ८ विधी.

कहिले ज्वरो आउँछ, कहिले रुँघा–खोकीले सताउँछ, कहिले टाउको दुख्छ, कहिले कमजोरी महसुष हुन्छ, कहिले चक्कर लाग्छ । जब हाम्रो प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, यस किसिमको समस्यालाई सताइरहन्छ । अतः यस्तो समस्याकै कारण हाम्रो दैनिक कार्य तालिका बिग्रन्छ । सोचेजस्तो ढंगले काम गर्न सक्दैनौ । यावत् समस्याको उपचार गरेर पनि साध्य हुँदैन । त्यसमाथि औषधी सेवन […]

पौडी खेल्न गएका दुई युवा बेपत्ता

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पौडी खेल्न गएका दुई युवा बेपत्ता.

सिन्धुली ।  पौडी खेल्ने क्रममा सुनकोशी नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन्। आइतबार साढे ११ बजे सिन्धुली फिक्कल गाउँपालिका वडा नं.४ कुईभिरस्थित नदीमा पौडी खेल्नेक्रममा दुई युवा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सुर्खेत पंचकोटी नगरपालिका वडा नंं.७ घर भई हाल फिक्कल गाउँपालिका खाङसाङमा काठको मिस्त्री काम गर्ने १९ वर्षीय दिनेश बुढा क्षेत्री र […]

सरकार कोरोना नियन्त्रणमा असफल : सभापति देउवा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकार कोरोना नियन्त्रणमा असफल : सभापति देउवा.

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कोरा कागज जस्तै भएको भन्दै यसले वर्तमान जटिलतालाई सम्बोधन गर्न नसक्ने बताएका छन् । आज सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै देउवाले सरकारले ल्याउने नीतिले वर्तमान जटिल अवस्थाको सम्बोधन गर्ने अपेक्षा गरिएपनि त्यसअनुकुल नभएको बताए । सरकारमा कोरोनाले गर्नसक्ने क्षतिबारे ज्ञान नभएको, जनताको […]