Sajhamanch Archive

बजेट र जग्गा भएपनि बनेन बिर्तामोडमा वडा कार्यालय

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बजेट र जग्गा भएपनि बनेन बिर्तामोडमा वडा कार्यालय.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नंं.७ को वडा कार्यालय निर्माणका लागि आवश्यक जग्गा प्राप्त भएपनि हालसम्म निर्माण कार्य अघि बढ्न नसक्दा स्थानीय चिन्तत बनेका छन् । स्थानीय प्रदिप खरेल ,श्रीप्रसाद उप्रेती ,भीष्म उप्रेतीलगायतले कार्यालय निर्माण गर्न २०७५ मा १५ कठ्ठा १० घुर जग्गा उपलब्ध गराएका थिए । बिर्तामोड नगरपालिकाको कार्यपालिकाले दाताहरुले उपलब्ध गराउने जग्गा लिने […]

सातैवटा प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौंमा

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on सातैवटा प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौंमा.

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निमन्त्रणामा सातैवटा प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएका छन् । कोरोना भाइरसको प्रभाव फैलन नदिन प्रदेश सरकारसँग समन्वय गरी एकीकृत कार्ययोजना बनाउनको लागि मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाइएको हो। ‘कोरोनाको भाइरसको संक्रमण फैलिन कसरी सतर्कता अपनाउने भन्नेबारे छलफल गर्न मुख्यमन्त्रीज्यूहरू काठमाडौँ आउनुभएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘उहाँहरूले उपप्रधान तथा रक्षामन्त्री […]

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ.

काठमाण्डौ । ट्राफिक प्रहरीलाई चार हजार रुपैयाँ घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् । आवश्यक कागपत्र बिना मोटरसाइकल चलाइरहेका प्रेमनाथ सेढाईंले घुस दिन खोजेपछि पक्राउ गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । दरबारमार्गमा ड्युटीमा खटिएका प्रहरीले बा २८ प ४०४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सेढाईंले प्रहरीलाई घुस दिन खोजेका थिए । […]

दुलही लिन आएका जन्ती बाटोबाटै फर्किए

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on दुलही लिन आएका जन्ती बाटोबाटै फर्किए.

सल्यान । सल्यानमा दुलही लिन आएका जन्तीहरू बेहुलाको उमेर कम भएको जानकारी पाएपछि आधा बाटोबाटै फर्किएका छन्। रोल्पाको गंगादेव गाउँपालिकाबाट सल्यानको दार्मा गाउँपालिकामा दुलही लिन आएका जन्तीहरू बेहुलाको उमेर नपुगेका कारण आधा बाटोबाटै फिर्ता भएका हुन्। दुलही लिन करिब ४५ जना जन्तीसहित बस सल्यान प्रवेश गरेको थियो। ‘प्रहरीलाई दुलाहाको विवाह गर्ने उमेर नपुगेको खबर आयो,’ […]

पूर्व मिस नेपाल खड्गीले वैवाहिक सम्बन्ध तोड्ने 

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on पूर्व मिस नेपाल खड्गीले वैवाहिक सम्बन्ध तोड्ने .

काठमाडौं । पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएकी छन् । उनले एक टेलिभिजनसँगको कुराकानीमा वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएको बताएकी हुन् । खड्गीको १७ वर्षअघि जीपी तिमल्सेनासँग विवाह भएको थियो । विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले बताएकी छन् । वैवाहिक […]

चट्याङ लागेर दुई जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चट्याङ लागेर दुई जनाको मृत्यु.

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नंं.६ खिवाङमा शनिबार राति चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । २६ वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेद्वयलाई सो अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि […]

पाँच नाकाबाट भित्रिए ४८१ बुलेट ग्यास

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पाँच नाकाबाट भित्रिए ४८१ बुलेट ग्यास.

काठमाडौं । काठमाडौं लगायतका सहरमा ग्यासको हाहाकार देखिए पनि नेपालमा भित्रिने ग्यासको आयात भने अहिलेसम्मकै उच्च देखिएको छ । नेपाल आयल निगमले दिएको जानकारी अनुसार पछिल्लो चार दिन (शुक्रबारसम्म) मा मात्रै पाँच वटा नाकाबाट ४ सय ८१ बुलेट ग्यास नेपाल भित्रिएको छ । निगमकाअनुसार एक बुलेट ग्यासबाट करिब आठ हजार ५ सय वटा सिलिण्डर भर्न […]

भाउजुको हत्याको आरोपमा देवरहरु पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भाउजुको हत्याको आरोपमा देवरहरु पक्राउ.

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका वडा नं.४, ईवा तीनसल्ले बस्ने बिन्दा पुरीको हत्या गरेको आशंकामा दुई जना युवालाई प्रहरीले ईटहरीको सुनसरीबाट पक्राउ गरेको छ। बिन्दाको हत्याराको पहिचानका लागि खटेको प्रहरी टोलीले मृतकका आफ्नै देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीलाई आज ईटहरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डिएसपी नबिन किसोर प्रधानले बताए। उनले पक्राउ परेका युवाहरुले […]

निर्माणाधिन घर भत्कदा दुई बालिकाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निर्माणाधिन घर भत्कदा दुई बालिकाको ज्यान गयो.

डोल्पा । अविरल वर्षाले निर्माणाधिन घर भत्कदा दुई बालिकाको मृत्यु भएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं.४ रंग गाउँका १२ वर्षिया मन्जु बुढा र २ वर्षिया लक्ष्मी बुढाको घरले थिचिएर मृत्यु भएको हो । गएराति करिब २ बजे परेको अविल वर्षाका कारण घर भत्केको स्थानीय बिरबहादुर बुढाले बताए। घर भत्कदासँगै सुतिरहेकी बालिकाका आमा ३५ वर्षिया […]

सिनेमा हलमा नजान सरकारको आग्रह

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on सिनेमा हलमा नजान सरकारको आग्रह.

कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै नेपाल सरकारले बिहीवार साँझ १९ वटा निर्णय गरेको छ । जसमध्ये १९औं नम्बरको निर्णयले नेपाली फिल्म क्षेत्रमा संकट उत्पन्न हुने खतरा सृजना भएको छ । सरकारले ठूलो संख्यामा मानिसहरुको भेला हुने सिनेमा हलमा नजान आव्हान गरेको छ । सिनेमा हलमा कोरोनाको जोखिम उच्च हुने भएकाले सरकारले यो आव्हान गरेको हो […]