Sajhamanch Archive

अमेरिकी राष्ट्रपति ट्रम्प भारतमा

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on अमेरिकी राष्ट्रपति ट्रम्प भारतमा.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गुजरातको राजधानी अहमदाबाद आइपुगेका छन् । राष्ट्रपति ट्रम्पलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहमदाबाद एअरपोर्ट पुगेका थिए । ट्रम्पसँगै अमेरिकाकी फस्र्ट लेडी मेलानिया ट्रम्प र छोरी इभान्का पनि भारत भ्रमणमा आएका हुन् । डोनाल्ड ट्रम्प राष्ट्रपति बनिसकेपछि पहिलो पटक भारत आइपुगेका हुन् । अमेरिकामा चुनावी वर्ष सुरु हुँदै […]

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो.

ललितपुर । ललितपुरको बालकुमारीमा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा३८प ८३५७ नम्बरको मोटरसाइकल आकाशेपुल नजिकैको रेलिङमा बिहान सवा ४ बजे ठोक्किएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक काठमाडौँको लाजिम्पाट बस्ने अन्दाजी ३० वर्षीय दिवश किशोर भट्टराई र पछाडी सवार अन्दाजी […]

मेचीनगर वडास्तरीय भलिबल जारी : फाइनलमा वडा नं.११ र १२ (ख)भिड्ने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on मेचीनगर वडास्तरीय भलिबल जारी : फाइनलमा वडा नं.११ र १२ (ख)भिड्ने.

मेचीनगर । मेचीनगर नगरपालिका वडास्तरीय भलिबल प्रतियोगिताको फाइनलमा वडा नं. ११ र १२ (ख) भिड्ने भएका छन् । मेचीनगर नगरपालिका वडा नं.१२ धाइजनमा जारी प्रतियोगितामा आज भएको पहिलो सेमिफाइनल खेलमा वडा नं.६ लाई सोजो सेटमा २५ -२१,२५ -१०,२५ -१८ ले पराजित गर्दै वडा नं. ११ फाइनलमा प्रवेश गरेको हो । त्यस्तै अन्तिम सेमिफाइनल खेलमा वडा […]

सुनको जलप लगाइएका विशेष भाडामा खाना

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on सुनको जलप लगाइएका विशेष भाडामा खाना.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २३–२४मा भारत भ्रमणमा आउदैछन् । उनको स्वागतको लागि भव्य दिल्ली र अहमदाबादमा तयारी हुँदैछ । अन्य स्वागत तयारीका अतिरिक्त डोनाल्ड ट्रम्प र उनको परिवारले खाना खाने विशेष भाडाको बनिसकेको छ । जयपुरको अरुण पाबुवालले ट्रम्प र उनको परिवारको लागि सुन र चाँदीको जलप लगाइएको भाडा (क्रोकरी) तयार गरेका […]

करेन्ट लागेर पैदलयात्रीको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on करेन्ट लागेर पैदलयात्रीको ज्यान गयो.

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा करेन्ट लागेर पैदलयात्री एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका वडा नं.४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको र बाह्रबिसे नगरपालिका वडा नं.१ घोर्थलीका पप्पु गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। शिरिसेस्थित चिनियाँ […]

बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग आयोगमा उजुरी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग आयोगमा उजुरी.

काठमाडौं । निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आज परेको उजुरीमा बाँस्कोटा भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारवाही गर्न माग गर्दै उजुरी परेको अख्तियार स्रोतले जानकारी दिएको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बाँस्कोटाविरुद्ध उजुरी परेको पुष्टि गर्दै उजुरी परेपछि अख्तियारको छानविन गर्ने दायित्त्व भएको बताए । […]

एमसीसीको विरोधमा संसद घेराउ गर्ने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमसीसीको विरोधमा संसद घेराउ गर्ने.

काठमाडौं । नेकपा मसाल र क्रान्तिकारी माओवादीसहितको १० दलीय मोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसी र कालापानीमा भारतीय सेना राखेको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । घोषित कार्यक्रमअनुसार एमसीसी सम्झौता संसदबाट स्वीकृत र पारित नगर्नका लागि सबै संघीय सांसदहरुलाई पत्राचार गर्ने, फागुन १५ गते सर्वपक्षीय अन्तर्क्रिया आयोजना गर्ने, फागुन १५ भित्र सबै स्थानीय तहमा मोर्चाको […]

डा. खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको जिम्मेवारी

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on डा. खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको जिम्मेवारी.

काठमाडौं । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार  तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले आज मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । ७० कुरोडको कमिसनको अडियो प्रकारणपछि सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले राजिनामा दिएपछि रिक्त रहेको यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले डा. खतिवडालाई तोकिदिएकी हुन् । पदभार ग्रहण […]

साहित्यिक परिवारले गर्यो मनकामनामा वक्तृत्वकला प्रतियोगिता

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on साहित्यिक परिवारले गर्यो मनकामनामा वक्तृत्वकला प्रतियोगिता.

बिर्तामोड । बिर्तामोडस्थित मनकामना कलेजमा वक्तृत्वकला प्रतियोगिता आज सम्पन्न भएको छ । मनकामना साहित्यिक परिवारको आयोजनामा भएको प्रतियोगितामा दिपक ढुङ्गानाले प्रथम स्थान हासिल गरेका छन् । त्यस्तै प्रतियोगितामा देवअर्जुन भण्डारी दोश्रो र कल्पना गुरुङ्गले तेश्रो स्थान हात परेकी छन् । विद्यार्थोहरुमा लुकेका प्रतिभालाई प्रस्फोटन गर्ने उद्देश्यले वि.सं.२०७२ सालमा स्थापन गरिएको उक्त परिवारले विभिन्न समय विविध […]

श्रीकृष्ण प्रणामी मन्दिरमा फाल्गुण २१ बाट महोत्सव

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्रीकृष्ण प्रणामी मन्दिरमा फाल्गुण २१ बाट महोत्सव.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं.२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा यही फाल्गुण २१ गतेदेखि २७ गतेसम्म स्वर्ण महोत्सव हुने भएको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरेर आयोजित महोत्सवमा श्रीमत्तारतम सागर पाठ पारायण,संगीतमह श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ,बाबा श्री १०८ गोपीदासजी महाराजको स्मृतिसभा एवं कलश अनावरणका साथै विविध धार्मिक एवं सांस्कृतिक लगायतका विभिन्न किसिमका कार्यक्रम […]