Sajhamanch Archive

युवतीको तस्बिर पठाएर दर्जनौँ सैनिकको स्मार्टफोन ह्याक……

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on युवतीको तस्बिर पठाएर दर्जनौँ सैनिकको स्मार्टफोन ह्याक…….

एजेन्सी । युवतीको तस्बिर पठाएर आफ्ना दर्जनौँ सैनिकको स्मार्टफोन ह्याक गरिएको इजरायली सेनाले जनाएको छ । सेनाका एक प्रवत्ताका अनुसार सैनिकहरुलाई युवतीको तस्बिर पठाइएको थियो र उनीहरुलाई एउटा एप्लिकेशन डाउनलोड गर्नका लागि लोभ्याइएको थियो । तर सैनिकहरुले त्यो एप्लिकेशन डाउनलोड गर्दा फोन ह्याक हुनसक्छ भनेर थाहा पाएनन् । इजरायली सेनाले हमास सङ्गठनसँग जोडिएका मानिसहरुले आफ्ना […]

ललिता निवास जग्गा प्रकरण : गगन थापाले संसदमा सुनाए ‘स्वस्थानी कथा’

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ललिता निवास जग्गा प्रकरण : गगन थापाले संसदमा सुनाए ‘स्वस्थानी कथा’.

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आज प्रतिनिधिसभाको बैठकमा स्वस्थानी ब्रत कथाको शैलीमा बालुवाटारको ललिता निवास जग्गा प्रकरणमाथि ब्यंग्य गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाउने निर्णय गरेकामा ब्यंग्य गरे । थापाले भने ‘चोरीको सामान सकेसम्म लोकले थाहा नपाउने गरी किन्नू, थाहा पाए […]

संसदको चालु अधिवेशनमा आजदेखि मन्त्रीसँग प्रश्नोत्तर

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसदको चालु अधिवेशनमा आजदेखि मन्त्रीसँग प्रश्नोत्तर.

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले चालु अधिवेशनमा आजदेखि मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु गरेका छन् । प्रतिनिधिसभा बैठकमै सांसदले सोधेको प्रश्नमा मन्त्रीले जवाफ दिने र सांसदले पूरक प्रश्न पनि सोध्न पाउने गरी प्रश्नोत्तर कार्यक्रम सुरु भएको हो । आज ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनलगायत मन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम छ । अनलाइनखबर

विप्लवका पाँच कार्यकता पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लवका पाँच कार्यकता पक्राउ.

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका वडा नंं.१ गुफापोखरीबाट प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वका पाँचजना कार्यकता पक्राउ परेका छन्। प्रहरीले विप्लव कार्यकतालाई विष्फोटक पदार्थसहित पक्राउ गरेको प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए। प्रहरीको गस्ती टोलीले विप्लव कार्यकतालाई चैनपुर नगरपालिका वडा नं.१ गुफापोखरीबाट जोरपोखरी जाने सडक खण्डबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा विप्लव समूहका जिल्ला सदस्य चैनपुर […]

६० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ.

काठमाडौं । अमेरिका पठाउने भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं.२ पयुँपाटा घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेको देउराली गाउँपालिका चौउरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् । नुवाकोटको शिवपुरी […]

केजरीवाल तेस्रो पटक दिल्लीका मुख्यमन्त्री

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on केजरीवाल तेस्रो पटक दिल्लीका मुख्यमन्त्री.

एजेन्सी । आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आज तेस्रो पटक दिल्लीका मुख्यमन्त्रीका रुपमा सपथ लिएका छन् । दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उपराज्यपाल अनिल बैजलले केजरीवाललाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् । अरविन्द केजरीवालपछि मनीष सिसोदियाले मन्त्री पदको शपथ लिए । केजरीवालको शपथ ग्रहणमा कुनै पनि राज्यका मुख्यमन्त्रीलाई निम्ता पठाइएको थिएन । यसका […]

‘छक्का पञ्जा ४’ र ‘मह जोडी’ को फिल्मसँग ‘ए मेरो हजुर ४’ भिड्ने

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘छक्का पञ्जा ४’ र ‘मह जोडी’ को फिल्मसँग ‘ए मेरो हजुर ४’ भिड्ने.

हरेक वर्षको दशैंमा फिल्म प्रदर्शन गर्न नेपाली निर्माताबीच ठूलो रस्साकस्सी हुने गरेको छ । दशैं विदामा फिल्म ल्याउँदा हलबाट लगानी उठाउन सजिलो हुने सोचाइका कारण विशेषगरि ठूला ब्यानरले फिल्म प्रदर्शनका लागि दशैं रोज्ने गरेका छन् । अर्को वर्ष (२०७७) को दशैंका लागि पनि यस वर्षदेखि नै नेपाली निर्माताबीच फिल्मको प्रदर्शन मिति घोषणा गर्न हानाथाप सुरु […]

अनारमनी पब्लिक क्याम्पसमा आगलागी : ५ लाख मूल्य बराबरको क्षति

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अनारमनी पब्लिक क्याम्पसमा आगलागी : ५ लाख मूल्य बराबरको क्षति.

बिर्तामोड । बिर्तामोडको अनारमनी पब्लिक क्याम्पसमा आगलागी भएको छ । शुक्रबार बिद्युत् सर्ट भई क्याम्पसको कार्यालय कक्षमा आगलागी भएको हो । आगलागीबाट करिब ५ लाख मूल्य बराबरको धनमाल क्षति भएको क्याम्पस प्रमुख मोहन शिवाकोटीले बताए । उनका अनुसार आगलागीबाट कार्यालयमा भएका सरसामान र महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका छन् । कम्प्युटर ३ थान, प्रिन्टर १ […]

लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ.

कैलाली । कैलाली टीकापुरबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिका वडा नंं.९ स्थित खक्रौला सडकखण्डमा भारतबाट ल्याउँदै गरेको ३० ग्राम ९०० मिलीग्राम खैरो हिरोइनसहित प्रहरीले लम्कीचुहा नगरपालिका वडा नं. १ भुरुवाका २४ वर्षीय चन्दबहादुर बुढा र सोही ठाउँका २२ वर्षीय रमेश शाहीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय […]

वडाअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वडाअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा.

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नं. ६ का अध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। थापाले उपभोक्ता समितिको अध्यक्ष पनि आफैं बनेरे खानेपानी योजनामा कीर्ते गरेको खुलेको छ। जिल्ला खानेपानी योजनाको कागजपत्र नक्कली बनाएर बनाएर कामै नगरी ६ लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। अख्तियारले […]