Sajhamanch Archive

अर्जुनधारामा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारामा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.१० मंगल चोकमा २१ दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । जनसचेत युवा समाज अर्जुनधारा नगरपालिका वडा नं.१० को आयोजनामा सुरु भएको तालिम आज सम्पन्न भएको हो । उक्त तालिमको सहजीकरण सञ्चारकर्मी हरिकृष्ण भण्डारी र विचार चौतारी युवा क्लबका कोषाध्यक्ष उत्सव भट्टराईले गरेका थिए । सो […]

यस्ताे छ वामदेवको एकता अभियानकाे सङ्गठनात्मक संरचना

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on यस्ताे छ वामदेवको एकता अभियानकाे सङ्गठनात्मक संरचना.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई खेमामा विभाजन भएपछि उपाध्यक्ष गौतमले पार्टी एकताको अभियान चलाएका हुन् । उपाध्यक्ष गौतमले घोषणा गरेको एकता अभियानमा देशव्यापी रुपमा तल्लो तहसम्म सङ्गठनात्मक संरचना निर्माण गर्ने अवधारणा सार्वजनिक गरेका […]

१० करोड नाघे कोरोना संक्रमित

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on १० करोड नाघे कोरोना संक्रमित.

एजेन्सी । कोरोना भाइरस संक्रमणबाट विश्वभर संक्रमित हुनेको संख्या विश्वभर १० करोड नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोनाबाट १० करोड दुई लाख ४८ हजारभन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन् । कोरोना भाइरसको उत्पत्ति भएको एक वर्षमा संक्रमितको संख्या पनि १० करोड नाघेको हो । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या पनि २१ […]

बोल्ड लुक्सका कारण चर्चामा प्रियंका

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on बोल्ड लुक्सका कारण चर्चामा प्रियंका.

अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय फोटोसुटको कारण चर्चामा छिन् । तस्बिर मार्फत अहिले उनका एकपछि अर्को आकर्षक लुक्स बाहिर आइरहेका छन् । उनले हालै एक फेमस म्यागजिनका लागि फोटो सुट गराएकी छन् । उक्त तस्बिरमा उनको बोल्ड अन्दाज समेत समेटिएको छ । केही फरकफरक तस्बिरमा प्रियंका निकै सुन्दर देखिएकी छन् । फ्यानले उनका तस्बिरहरु निकै […]

प्रदेश–१ मा २८ हजार ६०५ जनालाई खोप लगाइने

Published: (Updated: ) in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश–१ मा २८ हजार ६०५ जनालाई खोप लगाइने.

विराटनगर । प्रदेश नम्बर–१ मा कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप लगाउन सुरु गरिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप आजबाट लगाउन सुरु गरिएको हो । सामाजिक विकासमन्त्री हिक्मत कार्कीले प्रदेशमा खोप अभियान सुरु गरेका हुन् । विराटनगरको कोसी कोभिड–१९ अस्पतालमा कोसी अस्पतालका मेसु चुमनलाल दास र डा. दीपक सिग्देलले पहिलो खोप लगाएर अभियान सुरु […]

कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् । बुधबार बालुवाटारबाट प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट देशभर खोप अभियान शुभारम्भ गरेका हुन् । भारत सरकारबाट अनुदानमा प्राप्त खोप सरकारले प्राथमिकताका आधारमा लगाउन सुरु गरेको छ ।

नेपालमा कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका डा.राजभण्डारीले लगाउने

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on नेपालमा कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका डा.राजभण्डारीले लगाउने.

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारीले लगाउने भएका छन् । बुधबार बिहान १० बजे सुरु हुने खोप अभियानअन्तर्गत आफूले पहिलो खोप लगाउने डा.राजभण्डारीले बताए । उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकै केन्द्रमा खोप लगाउने छन् । खोपप्रति धेरैमा आशङ्कासमेत रहेकोले […]

‘माउण्ट केटू म पनि जान पाएको भए…’

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on ‘माउण्ट केटू म पनि जान पाएको भए…’.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठट्यौली पारामा हिमाल आरोहण जोखिमपूर्ण भएको र जो कोहीले आरोहण गर्न नसक्ने जनाउँदै सहज भएको भए आफू पनि आरोहणमा जान सक्ने बताएका छन्। विश्वको दोस्रो अग्लो हिमाल माउण्ट ‘केटू’ को कीर्तिमानी आरोहण गरेर स्वदेश फिर्ता भएका निर्मल पूर्जालगायतका दश नेपाली आरोहीलाई मङ्गलबार बधाई व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका […]

जब बालबच्चाले घरको खानेकुरा खाँदैनन्

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on जब बालबच्चाले घरको खानेकुरा खाँदैनन्.

बच्चाहरु खानाप्रति उस्तो रुची देखाउँदैनन् । यहि कुरा नै अभिभावकको लागि टाउको दुखाईको विषय बन्ने गर्छ । त्यसैले कतिले त बच्चालाई जबरजस्ती खानेकुरा कोचिरहेका पनि हुन्छन् । आखिर बच्चालाई किन खानेकुरामा अरुची भएको हो ? किन उनीहरुलाई भोक नलागेको होला ? यसमा बच्चाको गल्ती छैन, स्वंम अभिभावककै कमजोरीको नतिजा हो यो । अर्थात अभिभावककै कारण […]

कांग्रेसले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम.

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो । यही माघ १९ गते कांग्रेसको भातृसंगठनले विरोध प्रदर्शन गर्ने, २४ गते कांग्रेसको शुभेच्छुक संस्थाले प्रदर्शन गर्ने र फाल्गुण ३ गते जिल्ला कार्यसमितिहरुको नेतृत्वमा जिल्ला […]